१४ असार, काठमाडौं । तत्कालीन नेकपा एमाले र नेकपा माओवादीलाई एक बनाउन ठूलो भूमिका निभाएका बामदेव गौतमले नयाँ पार्टी घोषण गर्ने भएका छन् ।
एमाले र माओवादी मिलेर बनेको नेकपा विभाजन भई एमाले समेत विभाजन भएको अवस्थामा बाम एकता गराउने भन्दै लामो समयदेखि प्रयास गरिरहेका गौतम यसमा असफल भएपछि नयाँ पार्टी दर्ता गराउन लागेका हुन् ।
उनी नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक पनि हुन् । गौतमले मंगलबार नयाँ पार्टीका रुपमा यसैलाई घोषणा गर्दैछन् । काठमाडौंमा मंगलबार कार्यक्रम आयोजना गरेर गौतमले औपचारिक रुपमा नयाँ पार्टीको घोषणा गर्न लागेका हुन् ।
नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियान चलाएका उनी अन्ततः नयाँ राजनीतिक दलबाट सक्रिय हुन खोजेका हुन् । तत्काललाई ६९ जनाको केन्द्रीय समिति बनाउने गरी गौतमले घोषणा गर्न लागेको नयाँ पार्टीको नाम नेकपा (एकता राष्ट्रिय अभियान) हुनेछ ।
यी हुन् केन्द्रीय सदस्यहरू