कारागार भवन निर्माण अन्तिम चरणमा
नेपालबहस संवाददाता
असार १६, २०७९ बिहिबार १९:२०:३०
१६ असार, नेपालगञ्ज । बाँकेको बैजनाथ गाउँपालिका–२ स्थित नौवास्तामा क्षेत्रीय कारागारको भवन निर्माण अन्तिम चरणमा पुगेको छ । अत्याधुनिक सुविधासम्पन्न सो कारागारको विद्युत्, सिसीटिभि जडानलगायतका केही काम बाँकी रहेको र केही महिनापछि कारागार सञ्चालनमा आउने जिल्ला कारागार बाँकेका जेलर रामकुमार सोनकरले जानकारी दिए। चार युनिट रहेको कारागारमा दुई भवनमा २८ कोठा छन् ।
चिया, खाजा र पसल सञ्चालन गर्न एउटा वर्कसप हलसमेत निर्माण भएको छ । तीन हजार क्षमताका कारागारमा जिल्ला कारागारमा रहेका अधिकांश थुनुवा र धेरै थुनुवा रहेका कारागारबाट समेत उनीहरुलाई स्थानान्तरण गरिने जेलर उनले बताए ।
खासगरी रोल्पा, दैलेख, कास्की, रुपन्देही, अछामलगायतका जिल्लाबाट समेत बन्दी जीवन बिताएका उक्त कारागारमा स्थानान्तरण हुनेछन् । प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले कारागार छिट्टै सञ्चालन हुने जानकारी दिँदै नयाँ अत्याधुनिक कारागार बनेपछि बन्दीहरूलाई राहत हुने विश्वास व्यक्त गए ।
दश बिघा क्षेत्रफलमा रु। ४१ करोडको लागमा निर्माण भइरहेको सो कारागार निर्माण भएपछि जिल्ला कारागारमा रहेका ७५६ मध्ये बिरामी थुनुवाबाहेक करिब ५०० थुनुवालाई क्षेत्रीय कारागारमा स्थानान्तरण गरिने जेलर सोनकरले जानकारी दिए ।
आर्थिक वर्ष २०७२/७३ बाट निर्माण सुरु हुने भनिएकामा निर्माण कम्पनीले काम नगर्दा क्षेत्रीय कारागारको निर्माणकार्य ढिलो भएको बताइएको छ । अब धेरै काम सम्पन्न भइसकेको छ, त्यसैले दशैँलगत्तै कारागार सञ्चालनमा आउँछ जिल्ला कारागारका जेलर सोनकरले भने । तीन सय ५० जनाको क्षमता भएको जिल्ला कारागार अहिले दोब्बरभन्दा वढी बन्दी हुँदा उनीहरुले सास्ती खपेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलुम्बिनीका ७ जना मन्त्रीले पाए जिम्मेवारी
बैशाख १२, २०८१ बुधबार
लुम्बिनी विकास कोषले देखायो हदैसम्मको लापरवाही, अहिलेसम्म फेरिएन च्यातिएको झण्डा
बैशाख १२, २०८१ बुधबार
बाँकेका विभिन्न सामुदायिक वनमा डढेलो
बैशाख ९, २०८१ आइतबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार
न्युरोडबाट १ किलो ८ सय ग्राम सुन र १ करोड ४३ लाख रकमसहित ७ पक्राउ
बैशाख १४, २०८१ शुक्रबार
पूर्वमन्त्री अफताव आलमलाई जन्मकैदको सजाय
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्री लामिछानेविरुद्ध दिएको रिट सर्वोच्चले दर्ता गरेन
बैशाख १४, २०८१ शुक्रबार
भोलिदेखि जिल्ला लिग फुटबलको तेस्रो संस्करण हुँदै
बैशाख १४, २०८१ शुक्रबार
पुलिस क्लब राष्ट्रिय भलिबल प्रतियोगिताको फाइनलमा
बैशाख १४, २०८१ शुक्रबार
चितुवाको आक्रमणमा परी युवक घाइते
बैशाख १४, २०८१ शुक्रबार
मर्स्याङ्दी जलाशयमा मोटरबोट चढ्ने आकर्षण
बैशाख १४, २०८१ शुक्रबार
धनुषामा नौ सयभन्दा बढीमा हात्तीपाइले रोग
बैशाख १४, २०८१ शुक्रबार