आयो दशैं गीत चर्के पिङ्ग बजारमा
नेपालबहस संवाददाता
असोज ७, २०७९ शुक्रबार २२:५६:३०
७ असोज, काठमाडौं । नेपालीहरुको महान चाड बिजया दशमी तथा दिपावली नजिक आइरहंदा अहिले यस चाड संग सम्बन्धित गीतहरु थुप्रै सार्बजनिक भैरहेका छन् । यसै भिडमा मान कुमारी लामाले पनि आफ्नो पहिलो सांगीतिक प्रस्तुतिको रुपमा ‘चर्के पिङ्ग’ बोलको गीतलाई सार्बजनिक गरेकी छिन् ।
उनको यो पहिलो गीत भएता पनि नेपाली लोक तथा दोहोरी गीत संगीतका हस्तीहरु संग सहकार्य भएको हुनाले गीत निकै उत्कृष्ट बनेको छ । गीतलाई लय नारायण दंगालले भरेका छन् भने शब्द शारदा रसाइलीको रहेको छ ।
‘चर्के पिङ्ग’ बोलको गीतमा राम स्याङ्गतान, सागर स्याङ्गतान र शारदा रसाइलीको सुमधुर स्वर सुन्न सकिन्छ । बिशेष कुरा त के छ भने यस गीतमा स्वर भर्नुहुने गायक तथा सर्जक राम स्याङ्गतान केहि समय अगाडी सम्म प्रबासमा रहेका थिए ।
उनि अहिले नेपाल आएको करिब १ हप्ता भन्दा बढी भैसकेको छ । जुनसुकै प्रबासीहरुलाई पनि स्वदेश फर्कीसके पछी आफ्नो घर परिवार साथीभाई भेट्न हतार हुने गर्दछ । तर राम यसै गीतको तयारीका लागि आफ्नो जन्म ठाउँ नुवाकोट नपुगी हाल सम्म पनि काठमाण्डौमा नै रहेका छन् । भन्नुको तात्पर्य नेपाली गीत संगीत कै लागि कलाकारहरु यति ठुलो त्याग समेत गर्न सक्ने रहेछन् ।
ूचर्के पिङ्गू बोलको गीत, दशैँ दुख मात्र होइन, आफ्नो गक्ष्य अनुसार हर्सउल्लासका साथमा पनि मनाउनु पर्दछ संदेशको पेरिफेरीमा रहेको छ । अमोन रानाको कोरिग्राफीले सजिएको यस गीतको म्युजिक भिडियोमा सुक्र लामा, प्रकाश तामाङ्ग राज, जुना कार्की र गणेश श्रेष्ठको आकर्षक अभिनय देख्न सकिन्छ । प्रस्तुत गीतको म्युजिक भिडियोलाई निर्देशन मिलन श्रेष्ठले गरेका हुन् भने छायांकन सन्तोष तिमल्सिना र सम्पादन सुजन कोइरालाले गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुष्मा विसी र प्रमोद भुसालको रोइला भजन सार्वजनिक
बैशाख २९, २०८१ शनिबार
प्रकाश सपुत: गायक र अभिनेतादेखि चलचित्र निर्देशनसम्म
बैशाख २४, २०८१ सोमबार
जीवन कालमा धेरै मेहनत गरेर यहाँसम्म आएकी गायिका बिसी
बैशाख २४, २०८१ सोमबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
दिल्लीमाथि रोयल च्यालेन्जर्स बैंगलुरु ४७ रनले विजयी
बैशाख ३१, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
बैशाख ३१, २०८१ सोमबार
चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना
बैशाख ३१, २०८१ सोमबार
मधेशमा नयाँ सरकार गठनका लागि आज ४ दलले एमालेको नेतृत्वमा दाबी पेश गर्दै
बैशाख ३१, २०८१ सोमबार
सरकारलाई दिएको समर्थन फिर्ता लिने जसपा नेपालको निर्णय
बैशाख ३०, २०८१ आइतबार
धुलिखेल र जापानको सरोमा नगरबीच सीप–प्रविधि आदानप्रदान सम्झौता
बैशाख ३०, २०८१ आइतबार