१८ मंसिर २०७९, आईतवार

चुनावमा घर जानेयात्रुलाई बससेवाको अफर, मतदाता मात्र नभएर उमेद्धारले समेत आकर्षक उपहार पाउने

प्रकाशित मिति :  २९ कार्तिक २०७९, मंगलवार १९:१७


२९ कात्तिक, काठमाडौं । नेपालमा अनलाइनमार्फत बस टिकटिङ सेवाप्रदान गर्दै आएको बससेवा डटकमले आगामी आइतबार हुन लागेको प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा घर जान लागेका मतदातालाई लक्षित गर्दै विशेष अफर सार्बजनिक गरेको छ । अफर अन्तरगत निर्बाचनमा भाग लिन जाने मतदाता मध्ये भाग्यशाली तीनजनाले बससेवाको तर्फबाट आकर्षक उपहार प्राप्त गर्ने छन् । साथै ती मतदाताले भोट दिएका तीनजना उमेद्धारले समेत आकर्षक उपहार प्राप्त गर्नेछन् ।

मतदाताले भोट दिएका उमेद्धारले निर्बाचनमा विजयी वा हार बेहोरे पनि उपहार प्राप्त हुनेछ । अफरबाट विजयी मतदाताले आफुले मत दिएको उमेद्वारको विषयमा बससेवालाई जानकारी दिएपछि उमेद्धारलाई उक्त उपहार प्राप्त हुनेछ । मतदाताले सिफारिस गरेको उमेद्धारको विवरण भने गोप्य राखिने छ । विजेताको चयन बससेवाको अािधकारिक फेशबुक पेजमालाई भमार्फत गोलाप्रथाबाट गरिने छ ।

मतदाता लक्षित् उपहार योजनाबारे बससेवाका प्रमुखकार्यकारी अधिकृत पि.आर. खनालले भने,‘ देशको भविष्यसँग जोडिएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा मतदाताको बढि भन्दा बढि सहभागीताहोस् भन्ने उदेश्यले हामीले यस्तो अफर सार्बजनिक गरेका हौँ । अर्कोतर्फ मतदाता मत हाल्न जाने तर उमेद्धारले मतदाता नचिन्ने अवस्था पनि छ, त्यसैले मत दिएका उमेद्धारलाई पनि मतदाताको सिफारिसको आधारमा उपहार दिने योजना बनाएका हौँ ’ ।

यो योजना कार्तिक ३० गतेदेखि मंसिर ५ गतेसम्म लागु हुनेछ । मतदाता तथा यात्रुले बसपार्क अलावाहालै मात्र बससेवाले कलंकीस्थित् ढुंगेअड्डामा सञ्चालनमा ल्याएको प्यासेञ्जर लाउञ्जबाट बस चढि सहजै यात्रागर्न सक्नेछन् । बससेवा नेपालको एकमात्र अनलाइन बस टिकट विक्री गर्ने माध्यम हो । बससेवामा अधिकांश यातायात समिति तथा कम्पनी आबद्ध रहेका छन् ।

बससेवाबाट नेपालका अधिकांश रूटहरूका टिकट काट्न सकिन्छ । यात्रुहरूले बससेवा डटकम, तथा बससेवाको मोबाईल एप्लिकेशनबाट टिकट काट्न सक्नेछन् । यात्रुहरुले बससेवाको मोबाईल मार्फत टिकट काटी इसेवा, खल्ती,आइएमईपे लगायतका वालेटका साथै हरेक बैंकका मोबाईल र्बैकिङ्ग मार्फत समेत टिकट काट्न सकिने छ ।


65
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा