बिहेको सिजनमा तोलाकै १ लाख नजिक पुग्यो सुनको भाउ
नेपालबहस संवाददाता
मंसिर १६, २०७९ शुक्रबार १६:४०:२९
१६ मंसिर, काठमाडौं । बिहेको सिजनमा सुन महँगिएको छ । नेपालमा सुनको अत्यधिक खपत हुने महिना मंसिरमा सुनको भाउ निरन्तर उकालो लागिरहेको छ । शुक्रबार सुन झन्डै तोलाको एक लाख रुपैयाँ नजिक पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेर ९९ हजार एक सय रुपैयाँ कायम भएको छ । बिहीबार सुन ९८ हजार एक सय रुपैयाँ प्रति तोलामा कारोबार भएको थियो । बुधबारकै तुलनामा बिहीबार सुन पाँच सय रुपैयाँले महँगिएको थियो ।
मंगलबारयताको ट्रेन्ड हेर्ने हो भने सुन तीन दिनमै एक हजार सात सय रुपैयाँले बढेको छ । एक सातामा सुनको मूल्य एक हजार ३ सय रुपैयाँले महँगिंएको महासंघको तथ्यांकले देखाएको छ । मंसिर लागेदेखि यताको ट्रेन्डलाई पछ्याउने हो भने सुनको मूल्य तोलामा ११ सय रुपैयाँले महँगिसकेको छ ।
अन्तर्राष्ट्रिय बजारमा डलर कमजोर बन्दै जाँदा र अमेरिकी केन्द्रीय बैंकले ब्याजदर वृद्धिदरलाई घटाउने संकेत दिएपछि सुनको भाउ बढेको जनाएको छ ।
बिहेको सिजन भए पनि सरकारले सुन आयातमा भने कडाइ गरिरहेको छ । विगतमा बिहेको सिजनमा दैनिक २०-२५ किलो सम्मको आयात अनुमति दिने गरेको राष्ट्र बैंकले यसपाली १० किलोभन्दा बढी सुन आयात गर्न दिएको छैन । शोधनान्तर चाप बढ्दै गएपछि सरकारले सुन आयातमा कडाइ गर्दै आएको छ । बिहेको सिजनमा बजारमा दैनिक ५० किलोसम्म सुनको माग रहेको व्यवसायीको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुधबार बैंकिङ प्रणालीबाट ३० अर्ब उठाउँदै राष्ट्र बैंक
माघ २, २०८० मंगलबार
बर्खास्त गर्ने चेतावनी दिएपछि एमालेका मन्त्रीहरूले दिए राजीनामा
चैत २१, २०७९ मंगलबार
प्रहरीबाट नेता कुटिएपछि राजविराज तनावग्रस्त
चैत २१, २०७९ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
यज्ञप्रसाद भट्टराई
बैशाख १२, २०८१ बुधबार
आफूलाई चोख्याउने गरी गृहमन्त्री रविको ठाडो प्रस्तावमा प्रधानमन्त्री र मुख्यसचिव किन भए चुप ?
बैशाख १४, २०८१ शुक्रबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
बैशाख १४, २०८१ शुक्रबार
न्युरोडबाट १ किलो ८ सय ग्राम सुन र १ करोड ४३ लाख रकमसहित ७ पक्राउ
बैशाख १४, २०८१ शुक्रबार
टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज 'ए' टिम
बैशाख १४, २०८१ शुक्रबार
रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन सर्वाेच्च अदालतको आदेश
बैशाख १४, २०८१ शुक्रबार
भोलिदेखि नेपाल र वेस्ट इन्डिज ‘ए’बीच क्रिकेट प्रतियोगिता हुने
बैशाख १४, २०८१ शुक्रबार
पूर्वपश्चिम राजमार्गअन्तर्गत बागमती पुल जीर्ण बनेपछि दुर्घटनाको जोखिम
बैशाख १४, २०८१ शुक्रबार
बागलुङमा डढेलो निभाउने क्रममा जलेर एक जनाको मृत्यु, दुई घाइते
बैशाख १४, २०८१ शुक्रबार
अमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता
बैशाख १४, २०८१ शुक्रबार