सवारी दुर्घटना बढेपछि प्रहरी बिट थपिँदै
नेपालबहस संवाददाता
मंसिर १९, २०७९ सोमबार २२:२२:३४
१९ मंसिर, मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को पहाडी सडक खण्डमा सावरी दुर्घटना बढ्न थालेपछि पाँच स्थानमा प्रहरी बिट थप गरिने भएको छ ।
जिल्ला प्रहरी कार्यालयको समन्वयमा सुरक्षाकर्मी, पालिका प्रतिनिधि, यातायात व्यवसायी, नागरिक समाजसहितको संयुक्त बैठकले जिल्लाको पहाडी क्षेत्रमा प्रहरी र ट्राफिकसहित चेकिङ पोष्ट स्थापना गर्ने निर्णय गरिएको हो ।
एक महिनाको अन्तरालमा पहाडी सडक खण्डमा दुई ठूला सवारी दुर्घटनामा नौ जनाको मृत्यु भएपछि आकस्मिकरुपमा बसेको बैठकले सो खण्डको सुरक्षाको विषयमा विभिन्न निर्णय गरेको प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले जनकारी दिए ।
“बौदीकाली, बुलिङटार र हुप्सेकोट गाउँपालिकातर्फ एउटै रुट हुँदै चल्ने सवारी साधनलाई बिहानदेखि बेलुकासम्मको अवधिमा जाँच गर्न मुण्डे, कुमसोत, बोझा पोखरी, कोखे र देवीथानमा चेकपोष्ट स्थापना गरिएको छ”, उनले भने, “कालिगण्डकी करिडोरअन्तर्गत पाल्पाको सिमाना रकुवा, थामबेँसी र ढोडेनीमा अस्थायी प्रहरी चौकी स्थापनाका लागि स्थलगत अनुगमन गरिएको छ ।”
पहाडी सडकमा चल्ने सवारी साधनलाई यातायात व्यवस्था कार्यालय, यातायात समिति, ट्राफिक प्रहरी, नेपाल प्रहरी र जिल्ला प्रशासन कार्यालयले संयुक्त अनुगमन तथा नियमित जाँच गर्ने निर्णय गरिएको छ । त्यसैगरी नगरपालिका तथा गाउँपालिकाभित्र रहेका सडकको स्थानीय पालिका र सडक डिभिजन कार्यालयले नियमति सडक मर्मत सम्भारको व्यवस्था मिलाउने निर्णय गरिएको बौदीकाली गाउँपालिका अध्यक्ष प्रकाश ओझाले बताए ।
ग्रामीण सडकमा चल्ने सवारी साधनको भाडा मनपर्दो रहेको गुनासो आएकाले जिल्ला यातायात व्यवस्था कार्यालयले उपसमिति बनाइ भाडा निर्धारण, बाटो इजाजतपत्र लगायतका विषयमा नियमन गर्ने भएको छ । ग्रामीण क्षेत्रको सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापनका लागि स्थलगत अनुगमन, चेकपोष्ट स्थापनाका साथै स्थानीय प्रतिनिधिसँग अन्तक्र्रिया गरी तयारी थालिएको प्रहरी उपरीक्षक तिवारीले बताए ।
कालीगण्डकी करिडोरअन्तर्गत बुलिङटारमा गत कात्तिक १५ गते भएको सवारी दुर्घटनामा परी पाँच जनाको घटनास्थलमै मृत्यु भएको थियो । सो दुर्घटनाको एक महिनापछि धौवादीमा गत मंसिर १५ गते सवारी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपन्युरोडबाट १ किलो ८ सय ग्राम सुन र १ करोड ४३ लाख रकमसहित ७ पक्राउ
बैशाख १४, २०८१ शुक्रबार
गृह मन्त्रालयद्वारा ६ जना एसएसपीको सरुवा, काठमाडौंमा रजौरे र अपराध महाशाखामा भट्टराई
बैशाख १४, २०८१ शुक्रबार
उपनिर्वाचनलाई जातीय र धार्मिक दृष्टिले हेरिए सुरक्षामा चुनौती बढ्ने प्रहरीको विश्लेषण
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार
न्युरोडबाट १ किलो ८ सय ग्राम सुन र १ करोड ४३ लाख रकमसहित ७ पक्राउ
बैशाख १४, २०८१ शुक्रबार
पूर्वमन्त्री अफताव आलमलाई जन्मकैदको सजाय
बैशाख १३, २०८१ बिहिबार
आगलागी पीडितलाई तत्काल राहतको व्यवस्था गर्न कांग्रेसको माग
बैशाख १४, २०८१ शुक्रबार
आफूलाई चोख्याउने गरी गृहमन्त्री रविको ठाडो प्रस्तावमा प्रधानमन्त्री र मूख्यसचिव किन भए चुप ?
बैशाख १४, २०८१ शुक्रबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
बैशाख १४, २०८१ शुक्रबार
अमेरिकी रिपोर्टः नेपालमा सबै प्रकारका यौन तस्करीमा छुट, घुस बिना चल्दैनन् नेपालका अदालत
बैशाख १४, २०८१ शुक्रबार
गृहमन्त्री लामिछानेविरुद्ध दिएको रिट सर्वोच्चले दर्ता गरेन
बैशाख १४, २०८१ शुक्रबार
भोलिदेखि जिल्ला लिग फुटबलको तेस्रो संस्करण हुँदै
बैशाख १४, २०८१ शुक्रबार