८ माघ, काठमाडौं । नेपालमा घरेलु तथा विभिन्न विद्युतीय उपकरणहरु बिक्रीवितरण गर्दै आएको डीएचआईले स्यान्डमार्टिन इन्टरनेशनल होल्डिङ लिमिटेडलाई प्रविधि साझेदार बनाएको छ।
स्यान्डमार्टिन ताइवानको कम्पनी हो। दुई कम्पनीबीच साझेदारी सम्झौता भएसँगै डीएचआई टेक्नोलोजी र नेपालमा विद्युतीय उपकरण निर्माणको गतिलाई अर्को स्तरमा लैजान मद्दत गर्ने विश्वास कम्पनीले लिएको छ ।
छोटो समयमा नै नेपाली ग्राहकहरुमाझ डीएचआईले आफ्नो छुटै पहिचान बनाउन सफल भएको छ। नेपाली बजारमा लामो समयदेखि सेटटप बक्स मात्र निर्माण गरिरहेको यो कम्पनीले नेपाली बजारमा गुणस्तरीय ग्राहकलाई आवश्यक सम्पूर्ण विद्युतीय उपकरणहरु उत्पादन तथा बिक्रीवितरण गर्न थालेको हो।