त्रिभुवन पौडेलको स्मृतिमा अक्षयकोष स्थापना गरिने

नेपालबहस संवाददाता
माघ ९, २०७९ सोमबार १८:४३:३६

९ माघ, गण्डकी । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिका संस्थापक अध्यक्ष स्व. त्रिभुवन पौडेलको स्मृतिमा अक्षयकोष स्थापना गरिने भएको छ ।
संघका कावा अध्यक्ष सोनी शर्माको अध्यक्षतामा आज यहाँ बसेको बैठकले समितिका संस्थापक अध्यक्ष स्व. पौडेलको स्मृतिमा रू १० लाखको अक्षयकोष स्थापना गर्ने निर्णय गरेको पत्रकार महासंघ गण्डकीका महासचिव गोविन्द सुवेदीले जानकारी दिए ।
पत्रकार महासंघ गण्डकीले पाँच लाख रुपैयाँ तत्काल कोषमा राख्ने र बाँकी पाँच लाख प्रदेश अन्तर्गतका जिल्ला शाखा र शुभचिन्तकसँग समन्वय गरेर जुटाउने उनले बताए ।
हरेक वर्ष स्वर्गीय पौडेलको स्मृतिमा ‘संस्थापक अध्यक्ष त्रिभुवन पौडेल स्मृति पत्रकारिता पुरस्कार’ प्रदान गरिनेछ । पुरस्कारका लागि आवश्यक थप कार्यविधि पनि बनाइने जनाइएको छ ।
यसैबीच पत्रकार महासंघ गण्डकीले आजै स्वर्गीय पौडेलको निवासमा पुगेर श्रद्धाञ्जलिसभा गरेको छ । श्रद्धाञ्जलि सभामा कावा अध्यक्ष शर्माले गण्डकी प्रदेश मात्र नभइ सिङ्गो पत्रकारिताको क्षेत्रमा उनको महत्वपूर्ण भूमिका रहेको बताए ।
पौडेलेको माघ १ गते पोखराको सेती नदीको खोंचमा भएको यति एयरलायन्सको जहाज दुर्घटनामा परी निधन भएको थियो ।
स्व पौडेल नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य र पत्रकार महासंघ गण्डकीको सल्लाहकार समेत थिए। उनी दुई दशकदेखि पत्रकारिता क्षेत्रमा आवद्ध थिए । उनले पोखरा हटलाइन दैनिक, रेडियो अन्नपूर्ण र नेपाल टेलिभिजनलगायतका मिडियामा काम गरिसकेका थिए । हाल उनी पोखरा हटलाइन दैनिकको प्रकाशक÷सम्पादक थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्याङ्जा अस्पतालमा झण्डै ४० हजारको उपचार
असोज १६, २०८० मंगलबार
कार्यसम्पादन मूल्याङ्कन : स्वास्थ्य कार्यालय कास्की प्रदेशकै उत्कृष्ट
असोज १६, २०८० मंगलबार
यस वर्ष आठ नाउर, चार झारल र आठ बँदेलको सिकार गर्न अनुमति
असोज १६, २०८० मंगलबार
आजदेखि चट्याङसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन, ४४ जनाले शोधपत्र प्रस्तुत गर्ने
असोज १७, २०८० बुधबार
सिटिजन्स बैंकको ऋणपत्रमा आजदेखि आवेदन दिन सकिने
असोज १७, २०८० बुधबार
एसियाली खेलकुद : नेपाल महिला कबड्डीतर्फ सेमिफाइनलमा प्रवेश
असोज १७, २०८० बुधबार
महिला भलिबल : नेपाल भारतसँग पराजित
असोज १७, २०८० बुधबार