उपरथी शाही जंगीअड्डामा २४ दिनदेखि थुनामा
नेपालबहस संवाददाता
माघ १३, २०७९ शुक्रबार २०:१९:२४
१३ माघ, काठमाडौं । प्रेम शाही उपरथीमा बढुवा भएपछि दर्ज्यान्ही चिह्न लगाइदिँदै तत्कालीन प्रधान सेनापति पूर्णचन्द्र थापा । फाइल तस्वीर
नेपाली सेनाका उपरथी प्रेम शाही झण्डै एक महिनादेखि नेपाली सेनाको मुख्यालय जंगीअड्डाभित्रै सैनिक हिरासतमा थुनामा छन् । उनलाई आफन्तहरुसँग सहज भेट दिइएको छैन । उनको कसुरबारे वहालवाला र पूर्वसैनिक अधिकारीहरुले बोलेका छैनन् ।
सैनिक प्रवक्ता कृष्णप्रसाद भण्डारीले शाहीविरुद्ध ‘आर्थिक सुशासन उल्लंघन’बारे छानबिन भइरहेको कुरा मात्र बाहिर ल्याइरहेका छन् । शाही सेवाबाट अवकाश दिने संगठनको निर्णय गलत भएको जनाउँदै सर्वोच्च अदालतबाट निर्णय रोक लगाउने आदेश लिएर जंगी अड्डामा पुनः हाजिरीका दागि जाने क्रममा सैनिक प्रहरीले हिरासतमा लिएका थिए ।
सैनिक अदालत नियमावली, २०६४ अनुसार ‘कोर्ट अफ इन्क्वायरी’ले यथाशिघ्र अनुसन्धान गरेर सबूत प्रमाण संकलन गरेर रायसहितको प्रतिवेदन प्राड विवाकको कार्यालयलाई दिनुपर्ने व्यवस्था छ ।
जंगी अड्डा र रक्षा मन्त्रालयले आफ्नो सेवाको उमेरहद एक वर्ष छोट्याएको आरोपमा सर्वोच्च पुगेका थिए । सर्वोच्चले उनको रिट निवेदनको पक्षमा फैसला गरेपछि उनी पुनः सेवा फर्किन जंगी अड्डा पुगेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाली सेनाले माग्यो ३१९ जना कर्मचारी
बैशाख १४, २०८१ शुक्रबार
सेनाको हिमाल सफाइ टोली आज नाम्चेबाट सगरमाथा तर्फ प्रस्थान
बैशाख ५, २०८१ बुधबार
सेन्ट्रल अफ्रिकन रिपब्लिकमा तैनाथ नेपाली शान्ति सैनिकहरुको अदलीबदली
बैशाख ३, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
केदार भट्टराई (काका)
बैशाख २४, २०८१ सोमबार
२२ वर्षीया युवती एक सातादेखि सम्पर्कविहीन
बैशाख २५, २०८१ मंगलबार
संसद अधिवेशन अघि कांग्रेसका दुई बैठक, कस्तो आउँछ निर्णय ?
बैशाख २६, २०८१ बुधबार
ज्यान मार्ने मुद्दामा फरार रेष्टुरेण्ट संचालक पक्राउ
बैशाख २६, २०८१ बुधबार
प्रधानमन्त्री प्रचण्डले गराए वीर अस्पतालमा दाँतको उपचार
बैशाख २६, २०८१ बुधबार
नेपालमा पनि मनाइयो विश्व रेडक्रस दिवस
बैशाख २६, २०८१ बुधबार
काभ्रेमा ‘आगो’को वितण्डा, बस्ती जोखिम !
बैशाख २६, २०८१ बुधबार
सुरक्षित कारोबार विधेयक संसदीय समितिबाट पारित
बैशाख २६, २०८१ बुधबार