१९ चैत्र २०७९, आईतवार

बिजुलीमा निराजनसँग उपासना

प्रकाशित मिति :  १३ माघ २०७९, शुक्रबार १६:१७


१३ माघ, काठमाडौं । “बिजुली” बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । गायक जनक ताम्राकारको स्वरमा सार्वजनिक भएको यो गीतमा महेश ताम्राकारको शब्द र संगीत रहेको छ । सिन्धुलीका रमणीय स्थानमा छायांकन गरिएको भिडियोमा पछिल्लो समयका चर्चित मोडल तथा नायक निराजन प्रधान र नायिका उपासना सिंह ठकुरीको अभिनय देख्न सकिन्छ ।

गीतको भिडियोमा निराजन र उपासनाको रोमान्टिक अवतार हेर्न सकिन्छ । भिडियोले काम गर्दै गरेको बखत विज्ञापनमा देखिएकी मोडललाई गरेको प्रेम कथालाई देखाएको छ ।

उपासनाको यो पहिलो म्युजिक भिडियो हो । उनले फिल्ममा मात्रै अभिनय गदै आएकी थिइन् । निराज भने पछिल्लो समयका व्यस्त मोडल हुन् । एकपछि अर्को सफल म्युजिक भिडियोमा अभिनय दिइरहेका निराजनले उपासनासँग भिडियोमै जोडी बाध्न सफल भएका छन् ।

सार्वजनिक गीतको भिडियोलाई हरि हुमागाईँले निर्देशन गरेका हुन् । थुप्रै म्युजिक भिडियो निर्देशन गरेका हुमागाईँले यस पटक पनि भिडियोमा एउटा फरक कथा बुनेका छन् ।

भिडियोमा उत्तम हुमागाँइको छायांकन रहेको छ भने, प्रविन मानन्धरको वीएफएक्स, कलरिङ र सम्पादन रहेको छ । यस्तै, भिडियोमा मौसम हिमालीको कोरियोग्राफी रहेको छ भने, उदयराज पौडेलको एरेन्ज, शैलेन्द्र एम प्रधान ९बाबु०को मिक्सिङ मास्टरिङ रहेको छ ।


78
Shares
roadshow real state
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा








सभामुखको तजबिजी कायमै
नेपालबहस संवाददाता