सूचना वर्गीकरण तत्कालका लागि स्थगित
नेपालबहस संवाददाता
माघ १६, २०७९ सोमबार २३:१६:३४
१५ माघ, काठमाडौं । मुख्यसचिव नेतृत्वको सूचना वर्गीकरण समितिले गरेको सरकारी सूचनाको वर्गीकरण स्थगित गरिएको छ । सरकारी सूचनालाई ८७ बुँदामा वर्गीकरण गरेको र कतिपय नीतिगत विषय पनि गोप्य सूचनाको सूचीमा राखेपछि सर्वत्र विरोध भएको थियो ।
विरोध बढ्दै गएपछि सोमबार मुख्य सचिव शंकरदास वैरागीले सरोकारवाला पक्षसँग छलफल गरेका छन् । छलफलमा सरकारका प्रतिनिधि र सञ्चार क्षेत्रका प्रतिनिधि बसेका थिए ।
छलफलमा हाल गरिएको सूचनाको वर्गीकरणलाई फिर्ता गरी सरोकारवाला पक्षसँगको समझदारीमा नयाँ वर्गीकरण गर्ने सहमति भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ ।
छलफलका क्रममा सरकारले सूचना वर्गीकरण एकलौटी रुपमा गरेको भन्दै सरोकारवालाले संविधान र सूचनाको हकसम्बन्धी प्रचलित कानुनको प्रतिकूल नहुने र वास्तविक सूचना प्रवाहित हुने गरी गर्नुपर्ने धारणा राखेका थिए ।
नेपाल पत्रकार महासंघका अध्यक्ष बिपुल पोखरेलले लोकतान्त्रिक प्रणालीमा जनतालाई शक्तिशाली बनाउन सूचनाको हकको व्यवस्था गरिएकाले वर्गीकरणको प्रस्ताव फिर्ता लिएर नयाँ ढंगले छलफल गर्न सरकारलाई आग्रह गरेका थिए ।
सूचना वर्गीकरणमा सरकारले लिएको कदमको प्रेस जगतबाट तीव्र विरोध भएपछि प्रधानमन्त्री प्रचण्डले सरोकारवालाहरुसँग छलफल गर्न निर्देशन दिएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमातातीर्थ मेला आजदेखि सुरु
बैशाख २५, २०८१ मंगलबार
ललितपुर आगलागीमा घाइते भएका दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर
बैशाख २४, २०८१ सोमबार
अनसनरत व्यक्तिहरुको स्वास्थ्य अवस्थाप्रति संवेदनशील बन्न आग्रह
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
बैशाख २४, २०८१ सोमबार
कांग्रेसको माग र सदन सुचारु गर्ने विषयमा सभामुख र शीर्ष नेताबीच आज छलफल
बैशाख २५, २०८१ मंगलबार
आज यी ठाउँहरुमा मेघगर्जनसहित वर्षाको सम्भावना
बैशाख २५, २०८१ मंगलबार
तपाईको आजको राशीफल कस्तो छ ?
बैशाख २५, २०८१ मंगलबार
मातातीर्थ मेला आजदेखि सुरु
बैशाख २५, २०८१ मंगलबार
कम्युनिष्टहरूले अरूको अस्तित्व समाप्त पारेर कस्तो लोकतन्त्र स्थापना गर्न चाहेका होलान् ?
बैशाख २५, २०८१ मंगलबार
तामाङ र नेपाल भाषा दिवस र्याली
बैशाख २४, २०८१ सोमबार