स्याङ्जामा ‘पढ्दै कमाउँदै’ कार्यक्रम प्रभावकारी बन्दै
नेपालबहस संवाददाता
माघ १९, २०७९ बिहिबार २०:३६:३७
१९ माघ, वालिङ । स्याङ्जाको बज्रे भञ्ज्याङ माध्यमिक विद्यालयले सञ्चालनमा ल्याएको ‘पढ्दै कमाउँदै’ कार्यक्रम प्रभावकारी बन्दै गएको छ । गल्याङ नगरपालिका–११ बज्रेस्थित उक्त विद्यालयले अध्ययनसँगै श्रम र सीप विस्तार गर्नेगरी सञ्चालन गरेको उक्त कार्यक्रमअन्र्तगत कक्षा ६ देखि १० सम्मका विद्यार्थीको सक्रियतामा मौसमी तथा बेमौसमी तरकारी उत्पादन गर्दै आएको छ ।
‘एक शैक्षिक संस्था एक उद्यम कार्यक्रम’अन्तर्गत ६७ विद्यार्थी प्रयोगात्मक सिकाइका लागि तरकारी बारीमा खटिने गरेका कक्षा १० मा अध्ययनरत अङ्कित नेपालीले बताए । विद्यालयमा पढाई हुने विषयमा सैद्धान्तिक ज्ञान लिने गरिन्छ तर कृषि विषय यस विद्यालयमा नभए पनि प्रयोगात्मक ज्ञान लिने अवसर मिलेकामा निकै खुसी भएको उनले बताए ।
“साथीहरुसँग समूहमा रहेर प्रयोगात्मकरूपमा तरकारी उत्पादन गर्दा नभुलिने गरी शिक्षा प्राप्त भएको छ”, अङ्कितले भने, “विद्यालयका गुरु तथा कृषि प्राविधिकको प्रत्यक्ष निगरानीमा हामी आफैँ काम गर्छौं, उत्पादन गर्छौं र त्यसको बजारीकरण पनि गर्छौं ।”
यहाँ उत्पादन भएको विभिन्न तरकारीका बेर्ना र उत्पादित तरकारी बिक्री गरेर आम्दानी भएको रकम विद्यार्थीकै कोषमा आउने गरेकाले काम गर्न थप ऊर्जा र उत्साह मिलेको उनको भनाइ थियो ।
उक्त कार्यक्रम सञ्चालनका लागि गत वर्ष नेपाल सरकारबाट प्राप्त हुने अनुदानका लागि विद्यालयले प्रस्ताव पेस गरेकामा छनोटमा परेपछि गत साउनदेखि यो कार्यक्रम सञ्चालनमा आएको विद्यालयका प्रधानाध्यापक नेत्रप्रसाद गैरेले बताए ।
उक्त कार्यक्रमका लागि रु १० लाख बजेट प्राप्त भएको थियो । विद्यालय नजिकै जग्गा भाडामा लिएर सात वटा प्लाष्टिकका टनेल निर्माण गरी विभिन्न जातका तरकारी उत्पादन हुँदै आएको छ । “विद्यार्थीको सामूहिक सक्रियतामा सञ्चालनमा रहेको यो कार्यक्रम उदाहरणीय बन्न पुगेको छ”, उनले भने, “विद्यार्थी उत्साहित भएर बेर्ना राख्ने, उमार्ने, लगाउने र बजारीकरणसम्मका काम गर्छन् ।”
उत्पादित बेर्ना तथा तरकारी बजारसम्म पु¥याउन विद्यालयले स्थानीय तरकारी व्यापारीसँग समन्वय गरिदिएकाले पनि सहज भएको छ । उत्पादित तरकारीको मूल्य विद्यालयले निर्धारण गर्ने र बिक्री भई आएको मूल्य ती विद्यार्थीको कोषमा जम्मा गरिन्छ । “बेर्ना तथा तरकारी बिक्रीबाट आएको रकमलाई आम्दानी बाँधेर विद्यार्थीको कोषमा जम्मा गरिदिन्छौँ”, प्रधानाध्यापक गैरेले भन्नुभयो, “कोषमा जम्मा भएको रकम विद्यार्थीको हाजिरीका आधारमा भुक्तानी गर्दै आएका छौँ ।”
विद्यालयमा हुने नियमित अध्ययनसँगै अतिरिक्त समय बारीमा गई कृषिसम्बन्धी प्रयोगात्मक ज्ञान लिने र उत्पादित तरकारी बिक्रीबाट आम्दानीसमेत लिँदै आइएकाले पनि यो कार्यक्रम प्रभावकारी बन्दै गएको उनको जिकिर थियो । विद्यार्थीले काँक्रा, घिरौँला, चिचिण्डो, फर्सी, करेला, लौका, बोडी, सिमी, साग, काउली, बन्दा, मूला, गाजरलगायत तरकारीका बेर्ना तथा तरकारी नै बिक्री गरी आम्दानी लिँदै आएका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबडिगाड गाउँपालिकाले ग्रिन हाइड्रोजन उत्पादन गर्ने
बैशाख २६, २०८१ बुधबार
गण्डकीमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीले लिए सपथ
बैशाख २४, २०८१ सोमबार
गण्डकीका मुख्यमन्त्री अधिकारीको विश्वासको मतविरुद्ध कांग्रेस आज सर्वोच्चमा
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
केदार भट्टराई (काका)
बैशाख २४, २०८१ सोमबार
संसद अधिवेशन अघि कांग्रेसका दुई बैठक, कस्तो आउँछ निर्णय ?
बैशाख २६, २०८१ बुधबार
२२ वर्षीया युवती एक सातादेखि सम्पर्कविहीन
बैशाख २५, २०८१ मंगलबार
ज्यान मार्ने मुद्दामा फरार रेष्टुरेण्ट संचालक पक्राउ
बैशाख २६, २०८१ बुधबार
प्रधानमन्त्री प्रचण्डले गराए वीर अस्पतालमा दाँतको उपचार
बैशाख २६, २०८१ बुधबार
नेपालमा पनि मनाइयो विश्व रेडक्रस दिवस
बैशाख २६, २०८१ बुधबार
काभ्रेमा ‘आगो’को वितण्डा, बस्ती जोखिम !
बैशाख २६, २०८१ बुधबार
सुरक्षित कारोबार विधेयक संसदीय समितिबाट पारित
बैशाख २६, २०८१ बुधबार