१७ चैत्र २०७९, शुक्रबार

एनआरएनले सरकारसँग मिलेर इन्भेष्टमेन्ट कम्पनी खोल्न पाउने

प्रकाशित मिति :  १९ फाल्गुन २०७९, शुक्रबार १६:५५


१९ फागुन, काठमाडौं । गैरआवासीय नेपाली (एनआरएन)ले नेपाल सरकारसँग मिलेर देशभित्र संयुक्त रूपमा इन्भेष्टमेन्ट कम्पनी खोल्न पाउने भएकाे छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गरेको कम्पनी स्थापनासम्बन्धी सर्त संशोधन गर्दै एनआरएनले नेपाल सरकारसँग मिलेर नेपालमा उद्योगको रुपमा इन्भेष्टमेन्ट कम्पनी स्थापना गर्न पाउने व्यवस्था बनाएकाे हाे । यसअघि नेपालमा प्रत्यक्ष वैदेशिक लगानीमा मात्रै इन्भेष्टमेन्ट कम्पनी उद्योगको रुपमा दर्ता गर्न पाइन्थ्यो ।

एनआरएनलाई नेपालमा लगानी भित्र्याउन प्रोत्साहन गर्नेगरी कम्पनी स्थापनाको शर्त संशोधन गरिएको उद्योग विभागका महानिर्देशक रामचन्द्र तिवारीले बताए । संशोधित सर्तले अब गैरआवासीय नेपालीले सरकारसँग संयुक्त लगानीमा १० करोड रुपैयाँसम्म लगानीको कम्पनी खोल्न पाउने बाटो खोलेको उनले बताए ।

त्यस्ता कम्पनीले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐनले तोकेको क्षेत्रमा लगानी गर्न पाउनेछ ।


104
Shares
roadshow real state
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा