१७ चैत्र २०७९, शुक्रबार
बीमा रकम
वाणिज्य बैंक

एनआईसी एशिया बैंकद्वारा रुपन्देहीका अर्जुन खरालको परिवारलाई दुर्घटना बीमा वापत १० लाख प्रदान

प्रकाशित मिति :  २३ फाल्गुन २०७९, मंगलवार १६:४३


२३ फागुन, काठमाडौं । एनआईसी एशिया बैंकले दुर्घटनामा परी ज्यान गुमाएका अर्जुन खरालको परिवारलाई दुर्घटना बीमा वापतको रु. १० लाख उपलब्ध गराएको छ । रुपन्देही जिल्लाको शुद्धोधन गाउँपालिकामा स्थायी घर भएका मृतक खरालले बैंकमा सर्वश्रेष्ठ बचत खाता खोलेका थिए । सो खाता खोलेवापत दुर्घटना बीमावापतको रकम उहाँकी श्रीमती लक्ष्मी बस्याललाई बैंकका लुम्बिनी प्रदेश प्रमुख तिलक सुन्दर कार्कीले रु. १० लाख रुपैयाँको चेक हस्तान्तरण गरेका छन् ।

बैंकले हालसम्म २०७९ जना ग्राहकहरुलाई बीमा दाबी गरेवापतको रु. ७ करोड ८८ लाखभन्दा बढी रकम प्रदान गरिसकेको जनाएको छ । जसमध्ये घातक रोग बीमा वापत २७ जनाले रु. २ करोड ९० लाख, दुर्घटना बीमा वापत १३ जनाले रु. १ करोड ३० लाख र मेडिकल बीमा वापत २ हजार ३९ जनाले रु.३ करोड ६७ लाख बीमा रकम प्राप्त गरिसकेका छन् ।

बैंकले सर्वश्रेष्ठ बचत खाता खोल्ने ग्राहकहरुलाई ८४ लाख रुपैयाँ बराबरको बीमा सुविधा उपलब्ध गराउने प्रोडक्ट सार्वजनिक गरेको थियो । जस अन्तर्गत रु. ४० लाखको दुर्घटना बीमा, रु. ४० लाखको घातक रोग बीमा र रु. ४ लाखसम्मको औषधि उपचार बीमा रहेको छ । औषधि उपचार बीमामध्ये अस्पताल भर्ना हुने बिरामीले रु। ३ लाख २० हजारसम्म र ओपीडी उपचारको लागि रु. ८० हजारसम्म प्राप्त गर्न सक्छन् । ।

एनआईसी एशिया बैंक मुलुकमा सबैभन्दा धेरै बैंकिङ्ग सञ्जालहरू भएको बैंकहरू मध्येको बैंक हो । यस बैंकले मुलुकभर ३५९ शाखा कार्यालयहरू, ४७३ एटीएम, १०६ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखारहित शाखा सञ्जाल विस्तार गरेको नायव प्रमुख कार्यकारी अधिकृत (प्रमुख सूचना अधिकारी) सुधिर नाथ पाण्डेले जानकारी दिएका छन् ।

देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई सेवा दिन बैंक सफल भएकोदावी पाण्डेको छ । देशको अर्थतन्त्रको सवलीकरण तथा उच्च आर्थिक वृद्धिमा टेवा पुर्याउन उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै स्थापनाकालदेखि हालसम्ममा प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल रू. १९ अर्ब ९२ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरेको र गत आर्थिक वर्षमा रू.३ अर्ब ४१ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई बुझाई समग्र वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी कर दाखिला गर्ने बैंकको रुपमा स्थापित हुन बैंक सफल भएको छ । जुन समग्र देशको अन्य कम्पनीहरूको तुलनामा छैठौं ठूलो योगदान रहेको कम्पनीहरू मध्येको एक रहेको पाण्डेको भनाई छ ।

वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ । देशको कुल जनसंख्याको ८०५ भन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना शहरी क्षेत्रमा बैंकले आफ्ना ७२५ शाखा कार्यालयहरू स्थापना गरेकोपाण्डेले बताए ।


169
Shares
roadshow real state
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा