२९ फागुन, काठमाडौं । विदेशी शिक्षा अध्ययनका लागि विदेश गएका नेपाली विद्यार्थीहरुले ४४ अर्ब रुपैयाँ देशबाहिर लगेका छन् । यो रकम चालु आर्थिक वर्षको ७ महिनाको रेकर्डमा देखिएको हो ।
नेपाल राष्ट्र बैंकका अनुसार साउनदेखि माघ महिनासम्ममा वैदेशिक शिक्षा (एब्रोड स्टडी) का नाममा मात्र पौने ४४ अर्ब रुपैयाँ बराबरको नगद बाहिरिएको तथ्यांक राष्ट्रले दिएको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय ३९ अर्ब ९६ करोड रहेकोमा शिक्षा बाहिरिएको थियो ।
अष्ट्रेलिया, जापान, बेलायत, अमेरिका, क्यानडा, जर्मनी, फ्रान्स, न्यूजिल्याण्ड, फिनल्याण्ड लगायत मुलुकमा नेपाली विद्यार्थीहरु प्लस टू गरेपछि अधिक संख्यामा गइरहेका छन् ।