स्ववियु निर्वाचन गराउन अन्तरिम आदेश
नेपालबहस संवाददाता
चैत १४, २०७९ बुधबार ०:२३:५३
१४ चैत, काठमाडौं । उच्च अदालत पाटनले रत्नराज्य लक्ष्मी क्याम्पस ‘आरआर’, नेपाल कमर्श क्याम्पस र पाटन संयुक्त क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन ‘स्ववियु’ निर्वाचन गराउन अन्तरिम आदेश जारी गरेको छ ।
आज उच्च अदालत पाटनका न्यायाधीश जगदीश घिमिरेको एकल इजलासले तीनवटै रिटमाथि सुनुवाइ गर्दै विद्यार्थी हकहितको लागि स्थापित स्ववियु निर्वाचन यथाशीघ्र गराउन तीनवटै क्याम्पसलाई आदेश दिएको हो । “विद्यार्थी हकहितलाई दृष्टिगत गर्दा सुविधा सन्तुलनको दृष्टिले यथासक्य चाँडै सबै पक्षलाई समावेश गराई समन्वय गरी निर्वाचन हुने मिति तोकी स्ववियु निर्वाचनसम्बन्धी बाँकी कारबाही गर्नु गराउनु भनी विपक्षका नाममा अन्तरिम आदेश जारी गरिएको”, आदेशमा भनिएको छ ।
आदेशमा विद्यार्थी हकहितको लागि स्थापित स्ववियुको निर्वाचनलाई अनिश्चितकालसम्म स्थगन गर्न मनासिव नदेखिएको समेत उल्लेख गरिएको छ । आरआरका विद्यार्थी मदन भण्डारी, कमर्श क्याम्पसका दिवस सापकोटा र पाटन क्याम्पसमा सुरेश जिसीले निर्वाचन गर्न माग राख्दै रिट निवेदन दर्ता गराएका थिए ।
ती तीनवटै क्याम्पससहित उपत्यकामा अमृत साइन्स क्याम्पस, त्रिचन्द्र क्याम्पस, विश्वभाषा क्याम्पस, आयुर्वेद क्याम्पसमा स्ववियु निर्वाचन हुन सकेको छैन । त्रिभुवन विश्वविद्यालयले यही चैत ५ गते देशभरिका आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसमा निर्वाचन गराएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपडिभोर्स गर्न अदालत पुगेका श्रीमानद्वारा श्रीमती कुटिए
बैशाख २४, २०८१ सोमबार
सन्दीप लामिछानेको मुद्दा आज पनि हेर्न नमिल्नेमा
बैशाख २३, २०८१ आइतबार
सन्दीपको रिट मुख्य न्यायाधीश निरौला र ढुंगेलको इजलासमा
बैशाख २३, २०८१ आइतबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
बैशाख २४, २०८१ सोमबार
तामाङ र नेपाल भाषा दिवस र्याली
बैशाख २४, २०८१ सोमबार
एनआईसी एशिया बैंकद्वारा राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान
बैशाख २४, २०८१ सोमबार
डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी : विज्ञ
बैशाख २४, २०८१ सोमबार
ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबीच कर्जा सहजीकरण सम्झौता
बैशाख २४, २०८१ सोमबार
ललितपुर आगलागीमा घाइते भएका दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर
बैशाख २४, २०८१ सोमबार
डिभोर्स गर्न अदालत पुगेका श्रीमानद्वारा श्रीमती कुटिए
बैशाख २४, २०८१ सोमबार