एआई प्रविधिबाट बन्यो नेपाली चलचित्रको पोस्टर

नेपालबहस संवाददाता
चैत १९, २०७९ सोमबार ०:६:१५

१९ चैत, काठमाडौं । विश्व सूचना प्रविधि क्षेत्रमा कृत्रिम बौद्धिकता ‘आर्टिफेसिएल इन्टिलिजेन्ट–एआई’ को छुट्टै स्थान छ । केही समययता लोकप्रिय भइरहेको एआई मानव निर्मित प्रविधि हो, जसमा मानिस सरह सोच्ने, बोल्ने र व्यवहार गर्ने क्षमता हुन्छ । गुगल, माइक्रोसफ्ट, लेनोभो जस्ता सूचना प्रविधिसँग प्रत्यक्ष सरोकार राख्ने हार्डवेयर तथा सफ्टवेयर उत्पादकहरू एआईमा काम गरिरहेका छन् । इन्टरनेट प्लेटफर्ममा एआई प्रविधिको च्याटजिपिटी निकै चर्चित छ ।
च्याटजिपिटीले सूचना सङ्कलन गरेर नयाँ ढङ्गले सूचना प्रस्तुत गर्नका लागि जेनेरेटिभ एआई प्रविधिको प्रयोग गर्छ, अर्थात ओपन सोर्समार्फत सूचनाहरू निर्माण गर्ने काम गर्छ । यसै प्रविधिमार्फत नेपाली चलचित्रको पोस्टरसमेत तयार गरिएको छ ।
प्रिक्सा टेक्नोलोजीले डेभलप गरेको रिरी ‘एआई’ बाट चलचित्र ‘बहाव’ को पोस्टर तयार गरिएको छ । मुख्य पात्र सुरक्षा पन्तको तस्बिर र कथावस्तुको जानकारी राखिएपछि रिरीले तयार गरेको पोस्टर निर्माण पक्षले सार्वजनिक गरेको छ । परीक्षणमै रहेको रिरीमार्फत तयार भएको पोस्टर कथावस्तुको भावअनुसार नै रहेको निर्माता श्रीधर पौडेलले जानकारी दिए ।
“केही नयाँ गरौँ भन्ने भावले एआईको सहायताले पोस्टर तयार गर्यौ । परीक्षणमै रहेको आएको नतिजाले हामी उत्साहित छौँ”, निर्माता पौडेलले भने, “यसले आगामी दिनमा आत्मनिर्भर चलचित्रकर्मीलाई सहायता पुग्नेमा विश्वस्त छु । प्रविधिसँगै अगाडि बढ्ने क्रममा गरिएको परीक्षण सफल भएको छ ।” उनले रिरी अहिले परीक्षणमै रहेकाले सार्वजनिक सेवाका निमित उपलब्ध नभएको जानकारी दिए । निर्माता पौडेलले यस अगाडि नेपाल सरकारबाट प्रदान गरिने ‘राष्ट्रिय पुरस्कार’ प्राप्त चलचित्र ‘गोपी’ निर्माण गरेका थिए ।
परीक्षण सफल भएमा आगामी दिनमा प्रिक्साले निःशुल्क वा शुल्क निर्धारण गरेर सेवा दिने तयारी गरिरहेको जानकारी दिएको छ । चैत २४ देखि प्रदर्शन हुने ‘बहाव’ को प्रचारशैली भौतिकको तुलनामा डिजिटल प्रविधिमा बढी केन्द्रीत देखिएको छ । प्रमोद कँडेल निर्देशित ‘जिज्ञासा, विचार अनि यथार्थको कथा’ मा आधारित चलचित्रमा सुरक्षासँगै कमलमणि नेपाल, अफरान अली, सूर्य शर्मा भट्ट, ईश्वरी सिंह, हीरालाल कँडेल र पवन श्रेष्ठले अभिनय गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबर्खास्त गर्ने चेतावनी दिएपछि एमालेका मन्त्रीहरूले दिए राजीनामा
चैत २१, २०७९ मंगलबार
प्रहरीबाट नेता कुटिएपछि राजविराज तनावग्रस्त
चैत २१, २०७९ मंगलबार
रवि लामिछानेविरुद्धको रिटको सुनुवाइ न्यायाधीश सिंहको एकल इजलासमा
चैत २१, २०७९ मंगलबार
गुण्डा नाइकेसँग मिलेर थुनुवा कुट्ने डीएसपीलाई कारवाही बिनै उन्मुक्ति
नेपालबहस संवाददाता
जेठ २५, २०८० बिहिबार
इजलासमा अधिवक्ताहरूको प्रश्न, हाई प्रोफाइलका कसुरदार किन छाडिए ?
नेपालबहस संवाददाता
जेठ २४, २०८० बुधबार
एमालेमा अध्यक्ष बन्न ओलीलाई पुनः बाटो खुल्ला
नेपालबहस संवाददाता
जेठ २४, २०८० बुधबार
सत्ता गठबन्धन र दाहाल सरकार नै नागरिकता समस्याकाे समाधान चाहँदैन
जेठ २६, २०८० शुक्रबार
सिरहामा भयावह बन्दै लागुऔषध ओसारपसार, कुलतमा फस्दै युवा पुस्ता
जेठ २६, २०८० शुक्रबार
काठमाडौं जिल्ला अदालतमा कामु प्रधानन्यायाधीशको मिटिङ
जेठ २५, २०८० बिहिबार
समानुपातिक सांसदले पनि खोजे सांसद कोषको रकम
जेठ २६, २०८० शुक्रबार
संशाेधित नागरिकता ऐनको पक्षमा भएको धर्नामा जसपाका सांसद सहभागी
जेठ २६, २०८० शुक्रबार
पुँजीगत खर्चमा थेगी नसक्नु चुनौती छन: अर्थमन्त्री
जेठ २६, २०८० शुक्रबार