अफगानिस्तानमा सेनाको सङ्ख्या एक लाख पचास हजार पुग्यो
नेपालबहस संवाददाता
चैत १, २०७९ बुधबार २३:३१:१६
१ चैत, एजेन्सी । अफगानिस्तानको सेनाको सङ्ख्या एक लाख पचास हजार पुगेको छ । स्थानीय टिभी च्यानल टोलोन्युजले बुधबार रक्षा मन्त्रालयका प्रवक्ता इनायतुल्लाह खावराज्मीलाई उद्धृत गर्दै जनाएअनुसार देशमा एक लाख ५० हजार जनाको व्यावसायिक एवम् सुदृढ फौज बनाइएको छ ।
प्रवक्ता खावराज्मीले एक लाख ५० हजारको सबल फौज राष्ट्रको सुरक्षा सुनिश्चित गर्न तथा सीमा रक्षा गर्न सक्षम रहेको बताएका छन् । विगतको शासनकालका कर्मचारी पनि राष्ट्रिय सेनाको दर्जामा रहेका उनले बताए । प्रवक्ता खावराज्मीका अनुसार अफगानिस्तानको कामचलाउ सरकारले आफ्ना सबै सुरक्षा संयन्त्रहरू आफ्नै स्रोतसाधनले निर्माण गरेको छ ।
सन् २०२१ को अगस्टको अन्त्यमा अफगानिस्तानबाट अमेरिकी नेतृत्वको सेना फिर्ता भएपछि अमेरिका–समर्थित प्रशासनको पतनसँगै सेना र प्रहरीसहितको पूर्व शासनको तीन लाख ५० हजार कर्मचारी रहेको सुरक्षा बल छिन्नभिन्न भएको थियो ।
तालिबान सत्तामा आएपछि तुलनात्मक रूपमा हिंसात्मक घटनामा कमी आएको छ । इस्लामिक स्टेट, नेशनल रेसिस्टेन्स फ्रन्ट र पूर्वसरकारसँग सम्बद्ध समूहले काम चलाउ सरकारलाई सुरक्षा चुनौती थपेका छन् ।
तालिबानका अमानवीय गतिविधिका कारण त्यहाँका महिला पीडित भएका छन् । विश्वविद्यालयमा पढ्न जान नपाउने, राष्ट्रिय एवम् अन्तरराष्ट्रिय गैरसरकारी सङ्घसंस्थामा काम गर्न उनीहरूमाथि प्रतिबन्ध लगाइएको छ । तालिवानका यस्ता अव्यावहारिक आदेशले अफगान महिलालाई मात्र नभइ अन्तरराष्ट्रिय समुदायलाई पनि चिन्तित तुल्याएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुधबार बैंकिङ प्रणालीबाट ३० अर्ब उठाउँदै राष्ट्र बैंक
माघ २, २०८० मंगलबार
बर्खास्त गर्ने चेतावनी दिएपछि एमालेका मन्त्रीहरूले दिए राजीनामा
चैत २१, २०७९ मंगलबार
प्रहरीबाट नेता कुटिएपछि राजविराज तनावग्रस्त
चैत २१, २०७९ मंगलबार
एसपीको ड्राइभर कि घुमुवा ?
बैशाख १७, २०८१ सोमबार
इलाम: कांग्रेस, १६४३, एमाले १६०१, स्वतन्त्र ४३७ र रास्वपाः ३०५ मत
बैशाख १६, २०८१ आइतबार
इलाम- २ मा कांग्रेस पछि पर्यो , एमालेका सुहाङले लिए अग्रता
बैशाख १६, २०८१ आइतबार
म्याग्दीका लेकाली क्षेत्रमा ढकायो टिप्ने चटारो
बैशाख १७, २०८१ सोमबार
रामेछापका वनमा आगो लगाउने व्यक्ति पक्राउ
बैशाख १७, २०८१ सोमबार
म्याग्दी र मुस्ताङका पर्यटकीय क्षेत्रका होटल खचाखच
बैशाख १७, २०८१ सोमबार
जनता झुक्याउन एनसेलमा प्रचण्डको अर्को राजनीति, लाइसेन्स नवीकरण गर्न किन राखियो सर्त ?
बैशाख १७, २०८१ सोमबार
धनुषामा पानीको अभाव भएपछि दमकलले पानी वितरण गरिँदै
बैशाख १७, २०८१ सोमबार
बालविवाह अन्त्यका लागि सचेतनावृद्धिमा जोड
बैशाख १७, २०८१ सोमबार