मुक्तिनाथ बैकको उदाहरणीय कदम, शहरमा थपियो अर्को एउटा हरित बगैंचा
नेपालबहस संवाददाता
साउन २०, २०७६ मंगलबार ०:९:९
काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले निर्माण गरेको हरित बगैंचा महानगरीय प्रहरी वृत्त, कमलपोखरीलाई हस्तान्तरण गरेको छ । बैंकले सस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत काठमाडौं महानगरपालिका वडां नं १, महानगरीय प्रहरी वृत्त (सामुदायिक शाखा) कमलपोखरीको अगाडि सडक पेटीमा रहेको खाली चौउरमा बनाएको वातारण मैत्री हरित बगैंचा आज हस्तान्तरण गरेको हो ।
यसका साथै बैंकले १००० थान पकेट डायरी पनि महानगरीय प्रहरी वृत सामुदायिक शाखालाई हस्तान्तरण गरेको छ । उक्त गार्डेन तथा पकेट डायरी बैंकका सञ्चालक समितिका सदस्य नारायणकुमार श्रेष्ठ तथा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले काठमाडाैं महानगरपालिका वडा नं १ का अध्यक्ष भरतलाल श्रेष्ठ र महानगरीय प्रहरी वृत सामुदायिक शाखा, कमलपोखरीका प्रमुख प्रहरी नायव उपरिक्षक रविन्द्र नाथ पौडेललाई संयुक्त रुपमा हस्तान्तरण गरेका हुन् ।
हस्तान्तरण कार्यक्रममा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत गोविन्दबहादुर राउत, महानगरीय प्रहरी परिसर टेकु काठमाडौंका प्रमुख प्रहरी नायव उपरिक्षक राजेन्द्र पोखरेल, सामुदायिक सेवा केन्द्र नक्सालका अध्यक्ष नरेन्द्रबहादुर श्रेष्ठ, सामुदायिक सेवा केन्द्र टुँडालदेवीका अध्यक्ष रामप्रसाद न्यौपाने लगायत स्थानीय नागरीक, समाजसेवी, वुद्धिजीवि तथा प्रहरी वृत्तका कर्मचारीको उपस्थिति रहेको थियो । कार्यक्रममा अतिथिहरुले सामाजिक कार्यमा बैंकको सहभागीता उदारणीय रहेको भन्दै आगामी दिनमा बैंकले अझ गुणस्तरीय सेवा प्रदान गर्दै सामाजिक तथा आर्थिक विकासमा थप योगदान पु¥याउन सफल बनोस् भन्दै शुभकामना व्यक्त गरेका थिए ।
बैंकले देशभरी ११८ वटा शाखा, २२ वटा ए.टि.एम. र करिब सात लाख ग्राहकहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, मोबाइल बैंकिंङ्ग सुविधाकासाथै देशैभरी भिसा नेटवर्क अन्तर्गत रहेका ए.टि.एम.बाट निःशुल्क रकम झिक्न मिल्ने सेवाहरु उपलब्ध गराएको छ । हालै मात्र बैंकले क्यान्सर उपचार र दुर्घटना मृत्यु बीमामा आवद्ध गरी जीवन वरदान बचत खाता तथा, आकर्षक सुविधा र व्याजदरमा आवास तथा सेयर कर्जा सञ्चालनमा ल्याएको प्रमुख सूचना अधिकारी तिल बहादूर गुरुङ्गले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविनिमय दर: डलर स्थिर रहँदा युराे र पाउण्ड घट्याे
बैशाख २०, २०८१ बिहिबार
विदेशी मुद्राको विनिमय दर : आज कतिमा हुँदैछ कारोबार ?
बैशाख १७, २०८१ सोमबार
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
बैशाख १३, २०८१ बिहिबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
नेपालबहस संवाददाता
जेठ १, २०८१ मंगलबार
भान्सामा राखिएका यी चिजले घरमा गरिबी ल्याउछ आजै हटाउनुहोस्
नेपालबहस संवाददाता
जेठ २, २०८१ बुधबार
जङ्गली जनावरको आक्रमणबाट सातजनाको मृत्यु
जेठ ३, २०८१ बिहिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ४, २०८१ शुक्रबार
रुसलाई हतियार नदिएको किमकी बहिनी जोङको दाबी
जेठ ४, २०८१ शुक्रबार
महिला क्रिकेटको फाइनलमा सुदूरपश्चिम प्रदेश
जेठ ४, २०८१ शुक्रबार
संसदीय छानबिन समिति बनाउन कांग्रेसले गरेको मागमा विपक्षी दल एकजुट
जेठ ४, २०८१ शुक्रबार
प्रतिनिधिसभाको बैठक सूचना टाँसेर दिउँसो २ बजेका लागि सारियो
जेठ ४, २०८१ शुक्रबार
विक्कीको जन्मदिनमा कट्रिनाको विशेष पोस्ट, सामाजिक सञ्जालमा भाइरल
जेठ ४, २०८१ शुक्रबार
ऐतिहासिक स्थल पञ्चदेवल
जेठ ४, २०८१ शुक्रबार