लाखेनाच प्रदर्शन
नेपालबहस संवाददाता
साउन २६, २०७६ आइतबार १८:२२:३५
खोटाङ । छिमेकी जिल्ला ओखलढुङ्गाका नेवार समुदायले खोटाङको दिक्तेलबजारमा लाखेनाच प्रदर्शन गरेका छन् । ओखलढुङ्गाको पारस्पारिक सहयोगी गुठी रामपुरबजारका नेवार समुदायले शनिबार खोटाङको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजार आएर दिनभर लाखेनाच प्रदर्शन गरेका हुन् ।
नेवार समुदायको महान् चाड लाखेजात्राको अवसर पारेर खोटाङ आएको ओखलढुङ्गाको नेवार समुदायले परम्परागत सांस्कृतिक झाँकीसहितको लाखेनाच प्रदर्शन गरेको थियो । साउन १४ गतेबाट शुरु भएको लाखेजात्राको अवसरमा पाहुना टोलीको प्रस्तुतिले दिक्तेलबजारमा रौनकता छाएको थियो ।
दुई जिल्लाका नेवार समुदायको संयुक्त प्रस्तुतिले दिनभर दिक्तेलबजारका दर्शकलाई भरपुर मनोरञ्जन दिलाएको थियो । दिक्तेलबजारको हाटडाँटाबाट बिहान ११ बजेबाट शुरु भएको लाखेनाच तथा सांस्कृतिक झाँकी साँझ रत्नपार्कमा पुगेर टुङ्गिएको थियो ।
आफ्नो संस्कार/संस्कृति, भाषा तथा परम्पराको संरक्षण र प्रवद्र्धन गर्न दुई जिल्लाका नेवार समुदायबीच शनिबारबाट भगिनी सम्बन्ध कायम गरिएको दिक्तेलबजार सामाजिक गुठीका सचिव नुरकाजी सैंजूले बताए । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दीपनारायण रिजाल र ओखलढुङ्गाको सिद्धिचरण नगरपालिकाका नगरप्रमुख होमन श्रेष्ठको रोहवरमा दुई संस्थाबीच आगामी दिनमा भगिनी सम्बन्ध कायम राख्ने गरी सहमतिपत्रमा हस्ताक्षर गरिएको छ ।
महीना दिनसम्म मनाइने लाखेजात्राको अवसरमा जिल्लामा विविध कार्यक्रमको आयोजना गरिएको आयोजक दिक्तेलबजार सामाजिक गुठीका अध्यक्ष राजन सैंजूले बताए । “गठेमङ्गलको दिनबाट विधिवतरूपमा शुरु भएको लाखेजात्रा कृष्णजन्माष्टमीको भोलिपल्ट औपचारिकरूपमा समापन गरिन्छ”, उनले भने, “यसबीचमा वर्ष दिनभरि दिवङ्गत भएका आफन्तलाई श्रद्धाञ्जलि, रोपाइँजात्रा, हिलेजात्रा तथा विभिन्न सांस्कृतिक प्रस्तुतिहरू प्रदर्शन गर्ने तयारी गरिएको छ ।”
दिक्तेलबजारमा मनाइने लाखेजात्राको मुख्य आकर्षण मुखुण्डोधारी लाखेनाच हुन्छ । ढोल, झ्याम्टाको तालमा जातीय संस्कृति र परम्पराहरूको नक्कल गर्दै मुखुण्डोधारी लाखेनाचसहित सहभागी सबैले नाच्ने र रमाइलो गर्ने गर्छन् ।
लाखेजात्राले सांस्कृतिक, धार्मिक महत्वसँगै नेवार र गैरनेवार समुदायबीच आपसी भाइचारा तथा भातृत्व कायम गर्ने जनाइएको छ । लाखेजात्रामा नेवार समुदायका घरपरिवार तथा आफन्तजन जमघट हुने र दुःखसुख आदानप्रदान गर्ने गर्छन् ।
लाखेजात्राको अवसरमा नेवार समुदायको घरमा पूजाआजा गर्नुका साथै नेवारी परिवार खाने चलन छ । आफन्तजन, इष्टमित्र, साथीभाइलगायत भेला भएर मिष्ठान्न भोजन गर्ने तथा आपसमा रमाइलो गर्ने गर्छन् । अध्ययन, जागिर तथा विभिन्न पेशा/व्यवसायका क्रममा घरदेखि टाढा रहेका परिवारका सदस्य पनि लाखेजात्राको अवसरमा एक ठाउँ भेला हुने गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअज्ञात समूहले माचमा आगो लगाएपछि बेलबारीका किसान आतङ्कित
जेठ ८, २०८१ मंगलबार
सङ्खुवासभाको सभापोखरीमा चट्याङ लागेर ७२ भेडाको मरे
जेठ ७, २०८१ सोमबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
भारतीय कारखानामा विस्फोट : मृत्यु हुनेको संख्या ११ पुग्यो
जेठ ११, २०८१ शुक्रबार
पाक्वेटालाई स्पट फिक्सिङको आरोप, १० बर्षको प्रतिबन्ध लाग्न सक्ने
जेठ ११, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ११, २०८१ शुक्रबार
‘न्यायिक पुनःस्थापनाका लागि बजेट सुनिश्चित गरियोस्’
जेठ ११, २०८१ शुक्रबार
अवैध लागूऔषध खैरो हेरोइनसहित भारतीय नागरिक पक्राउ
जेठ ११, २०८१ शुक्रबार
प्रधानमन्त्री दाहालसँग एम्नेस्टी इन्टरनेसनलका महासचिवको शिष्टाचार भेट
जेठ ११, २०८१ शुक्रबार
कैलाश सिरोहियालाई थप ३ दिन हिरासतमा राख्न अदालतको आदेश
जेठ ११, २०८१ शुक्रबार
स्वास्थ्य क्षेत्रमा बजेटको कमी हुन दिन्नौं : मन्त्री यादव
जेठ ११, २०८१ शुक्रबार
सिरोहिया पक्राउबारे कांग्रेसले गरायो प्रधानमन्त्रीको ध्यानाकर्षण
जेठ ११, २०८१ शुक्रबार