अरुणखोला पुल मर्मत गर्न १५ दिन लाग्ने, अस्थायी डाइभर्सन विग्रिएपछि यातायात अवरुद्ध
नेपालबहस संवाददाता
साउन ३१, २०७६ शुक्रबार १८:३९:४८
मिना कंडेल
३१ साउन, नवलपुर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको मध्यविन्दु नगरपालिकामा पर्ने अरुणखोला पुल मर्मतका लागि १५ दिन लाग्ने भएको छ । बुधबार बिहान पुलमा ट्रक ठोक्किएपछि लच्किएको पुल मर्मतका लागि १५ दिन जति लाग्ने सडक डिभिजन कार्यालय बुटवलका इन्जिनियर हरिप्रसाद सुवेदीले बताए ।
पुलमा थप क्षति नपुगे काम सुरु गरेको १५ दिनसम्ममा मर्मत सम्पन्न गर्न सकिने इन्जिनियर सुवेदीले बताए । पुलबाट गाडी गुडाउँदा थप क्षति पुगेमा मर्मतका लागि समेत धेरै समय लाग्ने उनले बताए । पुलमा अहिले ठूला सवारी चलाउन रोक लगाइएको छ । साना भारयुक्त गाडी लगेमा पुलमा थप क्षति पुग्ने सक्ने र यसले मर्मतमा समेत समय धेरै लाग्न सक्ने इन्जिनियर सुवेदीले बताए ।
पूर्वपश्चिम राजमार्गकोे अरुणखोलामा ट्रक ठोक्किएर पुल भासिएपछि अवरुद्ध भएको सडक खुलाउन बनाइएको अस्थायी डाइभर्सन विग्रिएपछि शुक्रबार विहानबाट पुन: यातायात अवरुद्ध भएको छ । विहीबार साँझ डाइभर्सन प्रयोग गरेर यातायात एकतर्फी रुपमा सञ्चालनमा आएपनि डाइभर्सनबाट ठूला तथा भारी लोडका सवारी साधन पास हुन नसक्दा यातायात अवरुद्ध हुन पुगेको अरुणखोला प्रहरीले जनाएको छ ।
एक मिनेटमा पास हुने पुलको बाटो अवरुद्ध भएपछि एउटा गाडीलाई पास हुन २ घण्टासम्म समय लाग्ने गरेको छ । विहीबार साँझ डाइभर्सन पछि एक पटकमा एकतर्फी रुपमा ४०–५० वटा सवारी साधन पास गराएको भए पनि पुन डाइभर्सन विग्रिएका कारण यातायात अवरुद्ध भएको छ । अरुणखोलाबाट पूर्वपश्चिम दुवैतर्फ ३र४ किलोमिटर लामो बाटो अवरुद्ध भएको बुझिएको छ । अहिले दिनभर कुर्दा पनि यातायात पास हुने पालो आउने नसकेको कारण यात्रुहरु बीच बाटोमा नै अलपत्र पर्ने गरेको यात्रुहरुले गुनासो गरेका छन् ।
अरुणखोलामा लामो लाइन लागेपछि प्रहरीले शुक्रबार विहानबाट कावासोतीबाट पश्चिमतर्फ जाने सवारी साधनलाई रोक लगाएको छ । अघिल्ला वर्षहरुमा नवलपुरका लोकाहा, बौलाहा र जयश्री खोलाका पुलमा क्षति पुग्दा लामो समयसम्म मर्मत हुन नसकी डाइभर्सनबाट नै यातायात सञ्चालन गरिएको थियो । अरुणखोला पुल भाँचिएपछि अहिले त्यस क्षेत्रमा डाइभर्सनबाट यात्रा गर्नसमेत घण्टौं लाग्ने गरेको छ । डाइभर्सनको दुवैतर्फ झण्डै ५–५ किलोमिटर सवारीको लाइन लागेको अरुणखोला प्रहरी चौकीका प्रहरी नायब निरीक्षक जनकबहादुर बुढाले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’
जेठ ३, २०८१ बिहिबार
च्याङ्ग्रा पस्मिना निर्यातसम्बन्धी निर्देशिका सार्वजनिक
जेठ २, २०८१ बुधबार
नेपालमा लगानी गर्न पोल्याण्डलाई चेम्बर अफ कमर्सको आग्रह
जेठ १, २०८१ मंगलबार
सिद्धार्थ बैंकको प्रमुख आम्दानी नै घट्यो, वितरण योग्य मुनाफा २७ करोड माइनसमा
जेठ ३, २०८१ बिहिबार
केपी ओलीले मदन भण्डारीका ‘हत्यारा’ लुकाएकै हुन् ?
जेठ ३, २०८१ बिहिबार
सहकारी ठग्नेलाई कारवाही गर्न ओली किन अनिच्छुक ?
जेठ ३, २०८१ बिहिबार
आइपिएल : सनराइजर्स हैदरावाद प्लेअफमा
जेठ ४, २०८१ शुक्रबार
प्रतिनिधिसभाको बैठक आज बस्दै
जेठ ४, २०८१ शुक्रबार
कांग्रेस संसदीय दलको बैठक बस्दै, सदनमा प्रस्तुत हुन रणनीति बनाइने
जेठ ४, २०८१ शुक्रबार
आगामी दुई दिन अत्यधिक गर्मी बढ्ने, तराईमा तातो हावा चल्ने
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ४, २०८१ शुक्रबार
यी ठाउँमा हावाहुरीसहित हल्का वर्षाको सम्भावना
जेठ ४, २०८१ शुक्रबार