पुलबाटै गुड्न थाले गाडी
नेपालबहस संवाददाता
भदौ १०, २०७६ मंगलबार १५:९:१२
१० भदौ, कावासोती । ट्रक ठोक्ँकिदा भाँचिएको पूर्व–पश्चिम राजमार्गको नवलपरासीको अरुणखोला पुल मर्मतपछि पुलबाटै गाडी गुड्न थालेका छन् ।
गत साउन २९ गते ट्रक ठोक्किँदा पुल एकको स्थानमा करीब डेढमिटर लच्किएको थियो । मर्मत सम्पन्न भएपछि पूर्णरूपमा यातायात पुलबाटै सञ्चालन गरिएको हो ।
गएको शनिबार डाइभर्सनमा सामान्य क्षति भएपछि केही समय पुलबाटै एकतर्फी यातायात सञ्चालन गरिएको थियो । पुल मर्मतको काम पूर्णरूपमा सम्पन्न भएसँगै गए रातिबाट दुईतर्फीरुपमा यातायात सञ्चालनमा आएको अरुणखोला प्रहरी चौकीका प्रहरी नायब निरीक्षक जनकबहादुर बुढाले बताए ।
सडक डिभिजन कार्यालय बुटवलको प्राविधिक टोलीले पुल भाँचिएको १३औँ दिनमा मर्मत सम्पन्न गरी सञ्चालनमा ल्याएको हो । पुल भाँचिदा यातायात सञ्चालनमा कठिनाइ हँुदै आएको थियो । वैकल्पिक बाटोका रूपमा बनाइएको ‘डाइभर्सन’ भरपर्दो नहँुदा यात्रुले सास्ती पाएका थिए । पुल भाँचिदा बनाइएको ‘डाइभर्सन’ पानीले बगाउँदा यातायात सञ्चालनमा समस्या भएको थियो ।
सडक विभागले ‘डाइभर्सन’बाट यातायात सञ्चालनमा कठिनाइ भएपछि पुललाई छिटोभन्दा छिटो सञ्चालन गर्ने गरी काम गरको थियो । सोहीअनुसार मर्मत सम्पन्न गरिएको सडक डिभिजन कार्यालयका इञ्जिनीयर हरिप्रसाद सुवेदीले बताए ।
चाडपर्वको समयसमेत भएकाले तदारुकताका साथ छोटो समयमै पुल मर्मत सम्पन्न गरिएको इञ्जिनीयर सुवेदीले बताए । विगतका वर्षमा यहाँका पुल भाँचिदा महीनौँसम्म बन्न नसक्दा यात्रुले सास्ती झेलेका थिए ।
जिल्लामा रहेका पुलहरु प्राय ‘स्टिल ट्रस’को प्रयोग गरेर निर्माण गरिएका छन् । पुल बनाएको समेत लामो समय भएकाले सामान्यरूपमा सवारीले ठक्कर दिँदासमेत धेरै क्षति हुने गरेको छ । सडक विभागले पुलको सुरक्षाका लागि पुलको आसपासमा स्टिलको ‘डब्लु बिम’ ९पुलको सुरक्षाका लागि निर्माण गरिएको स्टिलको बार० समेत बनाएको छ । तर पनि विभिन्न समयमा यहाँका पुलमा सवारीको ठक्करबाट क्षति हुँदै आएको छ ।
पुलको सुरक्षाका लागि बनाइने स्टिलको बार केही पुलमा नभएका कारण ती पुलमा समेत बार निर्माण गरिने इञ्जिनीयर सुवेदीले बताए । पुल निर्माणको समयमा अहिलेको भारलाई मूल्याङ्कन नगरिएको र संरचनासमेत पुरानो हुँदै जाँदा पुलमा क्षति पुग्ने गरेको उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’
जेठ ३, २०८१ बिहिबार
च्याङ्ग्रा पस्मिना निर्यातसम्बन्धी निर्देशिका सार्वजनिक
जेठ २, २०८१ बुधबार
नेपालमा लगानी गर्न पोल्याण्डलाई चेम्बर अफ कमर्सको आग्रह
जेठ १, २०८१ मंगलबार
सिद्धार्थ बैंकको प्रमुख आम्दानी नै घट्यो, वितरण योग्य मुनाफा २७ करोड माइनसमा
जेठ ३, २०८१ बिहिबार
केपी ओलीले मदन भण्डारीका ‘हत्यारा’ लुकाएकै हुन् ?
जेठ ३, २०८१ बिहिबार
सहकारी ठग्नेलाई कारवाही गर्न ओली किन अनिच्छुक ?
जेठ ३, २०८१ बिहिबार
आइपिएलमा आज मुम्बई र लखनउ खेल्दै
जेठ ४, २०८१ शुक्रबार
५ लाख धरौटीमा छुटे गायक रवि ओड
जेठ ४, २०८१ शुक्रबार
जेठ ७ गते प्रधानमन्त्री प्रचण्डले चौथो पटक विश्वासको मत लिने
जेठ ४, २०८१ शुक्रबार