पुर्वी नवलपरासीका खोलाहरुमा अत्याधिक दोहन
नेपालबहस संवाददाता
भदौ १९, २०७६ बिहिबार १८:१४:५९
मिना कंडेल
१९ भदौ,नवलपुर । पुर्वी नवलपरासीका खोलाहरुमा अहिले चरम रुपमा गिट्टी,बालुवा ,ढुङाको दोहन शुरु भएको छ । गत असार महिनादेखि भदौसम्म खोलाहरुमा गिट्टी ,बालुवा,ढुङा उत्खन्न हुन नदिने नगर र गाउँपालिकाहरुले निर्णय गरे पनि अहिले ती खोलाहरुमा चरम रुपमा चोरी बढेको हो ।
खोलाहरुको ठेक्का असोजबाट लाग्ने भएपनि पुर्वी नवलपरासीमा तीन महिनाका लागि ठेक्का बन्द गरि वातावरणीय मुल्याङकन प्रतिवेदन बनाई सकेपछि मात्र ठेक्काको काम शुरु हुने भएको भएपनि असारदेखि नै खोलाहरुबाट करोडौंको गिट्टी,बालुवा ,ढुङा चारी निकाशी भैरहेको हुप्सेकोट गाउँपालिकाका अध्यक्ष लक्ष्मी पाण्डेले बताए ।
पुर्वी नवलपरासीका गाउँपालिका र नगरपालिकाहरुले बार्षिक ६० करोड भन्दा बढि गिट्टी ,बालुवा र ढुङाबाट कर संकलन गर्ने गर्दछन् तर तीन महिना असार,साउन र भदौमा भने ठेक्का नलगाईने भए पनि त्यहि तीन महिनामै सबै भन्दा बढि चोरी निकाशी भैरहँदा पनि नगर र गाउँपालिकाहरु रमिते भएर बसेको स्थानीयहरुले बताएका छन ।
हुप्सेकोट गाउँपालिकाका अध्यक्ष लक्ष्मी पाण्डेले चोरी निकाशी अत्याधिक बढेको र यसलाई रोक्न आफुले पटक पटक कोशिस गरेपनि सफल हुन नसकेको र हुप्सेकोट गाउँपालिकाका खोलाहरुबाट मात्रै करोड माथिको दोहन भएको बताए । सबैभन्दा जोखिम मानिएको गिट्टी,बालुवाको बढ्दो दोहन रोक्न नसक्ने हो भने तस्करहरुको बिगबिगी बढेर जाने बताइएको छ ।
देबचुली, कावासोती, मध्यबिन्दु, गैंडाकोट, नगरपालिका, बुलिङटार, बौंदीकाली, हुप्सेकोट र बिनयी त्रिबेणी गाउँपालिकामा रहेका खोलानालाहरुमा अबैध रुपमा गिट्टी,बालुवाको चोरी निकाशी भैरहँदा समेत पालिकाहरु गम्भीर हुन नसक्नु र तस्करहरुलाई प्रश्रय दिनुले तीन महिनामा नै दश करोड बढिको गिट्टी,बालुवा ,ढुङा दोहन हुने बिनयी त्रिबेणीका रामबहादुर श्रेष्ठको भनाई छ ।
अहिले बिशेष गरेर रातको समयमा खोलाहरुमा सयौं ट्याक्टरहरु, डोजर ,ट्रिपरहरुले खुलेआम गिट्टी,बालुवा ,ढुङा चोरी निकाशी गरिरहेका स्थानीय हुप्सेकोटका बासिन्दाले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपम्याग्दीलाई पूूर्णखोप सुनिश्चितता दिगोपना घोषणा
जेठ १, २०८१ मंगलबार
प्लाष्टिकजन्य निषेधित वस्तु प्रयोगमा रोक लगाउने तयारी
बैशाख ३१, २०८१ सोमबार
बुल्दीखोलाको स्वरुप फर्काउने प्रयास
बैशाख ३०, २०८१ आइतबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
मच्छिम डाँडामा निर्मित ‘भ्युस्टेसन’ पर्यटकको रोजाइमा
जेठ ५, २०८१ शनिबार
बागलुङमा गर्भपतन गराउने बढे, प्रजनन स्वास्थ्यमा जटिल समस्या
जेठ ५, २०८१ शनिबार
प्रधानमन्त्रीले राष्ट्रिय राजनीतिमा तमासा देखाउनु भोः नेपाल
जेठ ५, २०८१ शनिबार
गर्मीमा खानुहोस् यी फलफूल, पेट र दिमाग दुवै चिसो हुनेछ
जेठ ५, २०८१ शनिबार