गणतन्त्रको दिनगन्ती शुरु भयो ! रोग सिध्याउने कि शरीर सिध्याउने ?
नेपालबहस संवाददाता
भदौ २६, २०७६ शुक्रबार ४:५:४६
लुटतन्त्रको दोहोरो मापदण्ड यथावत रहने हो भने गणतन्त्रको दिनगन्ती शुरु भयो भन्दा फरक पर्दैन । सत्तामा रहेका सुकिलामुकिलाहरुले सधैं कमजोर पात्रलाई मात्रै शत्रु देखाएर जनतालाई झुक्याउदै आफ्नाे आयु लम्ब्याउन सम्भव पनि छैन । गणतन्त्रले सामन्ती र पूँजीवादी सोच र बिलासी नेताहरु मात्र उत्पादन गरिरहने हो भने यो गणतन्त्र भन्दा दशौं गुणा राम्रो राजतन्त्र नै हुन्छ ।
जनताका लागि भनेर दशकौंसम्म लडेका नेताहरु नै परिवारवादमा अल्झिए पछि यिनीहरुलाई छोटेराजाहरु भन्न किन नपाउने जनताले ??? अहिलेको वर्तमान परिवेशलाई मुल्यांकन गर्ने हो भने मुलुकमा ब्यवस्था परिवर्तन हैन केही नेताहरुको अवस्थामा परिवर्तन भएको छ । जनताहरु नूनसम्म सजिलो गरी खान नपाईरहेको अवस्थामा नेताहरु नै सेटिङ्गमा सून तस्करी गर्न ब्यस्त छन् ।
राष्ट्रसेवकको रुपमा सिन्दुर पहिरिएर पनि नेताको सेवकको रुपमा खुम्चिएर बस्नु परेको तितो यथार्थ पनि कहिलेकाँही समाचारहरुमा आउने गरेका देखिन्छन् । नेतृत्वलाई आम नागरिकको चासो र चिन्ता के मा छ ?? भन्ने कुनै मतलब छैन । घुसखोरी र भ्रष्टाचारीहरुसँग कुराकानी मिलाउन मै अधिकांश नेता र नेतृत्वको दिन खर्च हुने गर्दछ । पद र पैसाका लागि जे गर्न पनि तयार हुने राजनैतिक नेतृत्वबाट आम सर्वसाधारण नागरिकले राहत पाउने आशा नराखे हुन्छ । यहाँ कुनै दल वा ब्यक्ति बिशेष भन्दा पनि नेतृत्वको प्रवृत्ति बिशेषको कुराले चिन्ता बढाएको छ ।
एउटा चित्रबहादुर केसी जत्तिको पनि राष्ट्रप्रेम देखाउन सकिरहेका छैनन् नेताहरु । संघीयताले मुलुक डुबाउने र मुलुक टुक्र्याउने निश्चित हुँदाहुँदै पनि कांग्रेसको दर्बिलो साथ पाएर हौसिएको विदेशी शक्ति र साम्यवादी शक्तिलाई बिदेशी शक्तिले बोकिदिंदा कांग्रेस नराम्रो गरी पछारिएको हो ।
बाटो बिराए ढिलो चाँडो गन्तब्यमा पुग्न सकिएला । तर धार नै परिवर्तन गरेपछि गन्तब्यमा हैन अन्तै पुग्ने निश्चित छ । आफुले नयाँ बाटो पनि पहिल्याउन नसक्ने अनि अभिभावकले देखाएको बाटो पनि नहिडने हो भने गन्तब्य पुग्ने कुरामा शंका गर्न सकिन्छ । यस्तो कुरामा नेतृत्वलाई सुझाव र सल्लाह दिनु नै बेकार हुन्छ । छिमेकीले किनेको गाडीमा दुईचार दिन सफर गर्न पाएकै भरमा छिमेकी कै घरमा बसाई सर्न सकिदैन ।
बीपी जयन्तीमा बिरुवा रोपेर, संझनाका अश्रुपुष्प अर्पण गर्न भ्याएपनि उनको विचार र आदर्शलाई रोप्न सकेको छैन कांग्रेसले । एउटा चित्रबहादुर केसी जत्तिको पनि राष्ट्रप्रेम देखाउन सकिरहेका छैनन् नेताहरु । संघीयताले मुलुक डुबाउने र मुलुक टुक्र्याउने निश्चित हुँदाहुँदै पनि कांग्रेसको दर्बिलो साथ पाएर हौसिएको विदेशी शक्ति र साम्यवादी शक्तिलाई बिदेशी शक्तिले बोकिदिंदा कांग्रेस नराम्रो गरी पछारिएको हो ।
यस बिषयमा आम पार्टी कार्यकर्ताको भावना, चाहना, के छन् ?? भन्ने कुरालाई कसरी बुझिएको छ ? कि आफ्नै तालमा अर्काको छोरो बोकेर काख चिस्याउने काम मात्रै भएको छ ? प्रजातन्त्र र गणतन्त्रलाई एउटै डालोमा हालेर बुझ्ने प्रकृयाबाट बाहिर आउन जरुरी छ ।
मलाई यस कुरामा बोल्न, लेख्न र बहस गर्न कत्ति पनि हिचकिचाहट किनपनि हुदैन भने हाम्रो राजनैतिक दर्शन, सिद्धान्त दस्ताबेजहरुमा बीपी, केपी गणेशमान, सिके प्रसाई लगायतले प्रजातान्त्रिक समाजवादको स्पष्ट मार्गचित्र छोडेर जानुभएको छ । अहिलेको संघिय गणतन्त्रको राजनीतिक दस्ताबेज के छ ? कस्ले लेखेको छ ? कस्तो छ ? यसमा निहित सामाजिक, आर्थिक, राजनैतिक, सांस्कृतिक, संघिय, प्रान्तिय प्रदेश के के हो ?
यसको नीति, सिद्धान्त र कार्यदिशाका बारेमा संगठनात्मक रुपमा कति प्रशिक्षणहरु भएका छन् ? यस बिषयमा आम पार्टी कार्यकर्ताको भावना, चाहना, के छन् ?? भन्ने कुरालाई कसरी बुझिएको छ ? कि आफ्नै तालमा अर्काको छोरो बोकेर काख चिस्याउने काम मात्रै भएको छ ? प्रजातन्त्र र गणतन्त्रलाई एउटै डालोमा हालेर बुझ्ने प्रकृयाबाट बाहिर आउन जरुरी छ ।
रोग लाग्नु भन्दा अगाडि नै रोकथामको उपाय गर्नु ठीक हुन्छ । रोग लागिसकेपछि त्यसलाई लुकाएर छिपाएर राख्नु पनि हुँदैन । सामान्य औषधोपचारबाट निको हुने भए ठिकै छ नत्र अप्रेशन गरेर भएपनि रोग निकालेर फाल्नुपर्छ । म त अप्रेसन गर्दिन यसै बस्छु भन्ने हो भने मृत्यू निश्चित छ ।
रोग चाहि के मा छ ? औलामा ? हातमा ? छालामा ? पेटमा ? आन्द्रामा ? फोक्सोमा ? या मुटुमा ? जे मा भएपनि फाल्न डराउनु हुदैन । रोग फालिसके पछि मात्रै हो शरीर निरोगी बन्ने, स्वस्थ्य बन्ने, जुझारु बन्ने, उज्यालो बन्ने, नत्र रोगले नै हो शरीर सिध्याउने । रोग सिध्याउने कि शरीर सिध्याउने ? यसको जिम्मा जनता जर्नादनको ।
(लेखक भट्टराई नेपाली कांग्रेस झापाका सक्रिय एवं जुझारु कार्यकर्ता हुन् । यो उनको निजी भनाई हो । स.)
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपडीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
बालमन्दिर जग्गा हिनामिना आरोपीलाई पक्राउ नगर्न दबाब, अधिकांश भारततर्फ फरार
जेठ ४, २०८१ शुक्रबार
सहकारी ठग्नेलाई कारवाही गर्न ओली किन अनिच्छुक ?
जेठ ३, २०८१ बिहिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
शनिबार शनिदेवको प्रिय दिन, आज शनि महाराजले कसलाई लाभ-हानी दिन्छन् ?
जेठ ५, २०८१ शनिबार
चोरीमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै
जेठ ५, २०८१ शनिबार
उमेर नपुग्दै गर्भपतनले स्वास्थ्य समस्या बढ्दै
जेठ ५, २०८१ शनिबार
सहकारी प्रकरणसम्बन्धी छानबिन समिति बनाउने सहमति, मोडालिटीबारे छलफल बाँकी
जेठ ५, २०८१ शनिबार
फोर्ब्सद्वारा प्रकाशित सु ब्रिजम्यानको ‘द सीक्यू एज’ नेपालमा सार्वजनिक
जेठ ५, २०८१ शनिबार