त्रिविको उपकुलपतिमा तीन नाम सिफारिश
नेपालबहस संवाददाता
असोज १७, २०७६ शुक्रबार २०:२८:१६
१७ असोज,काठमाडौं । दशैंको मुखैमा सरकारले त्रिभुवन विश्वविद्यालयमा रिक्त उपकुलपतिमा तीन जनाको नाम सिफारिश गरेको छ । सिफारिश कमिटीले मन्त्रिपरिषदलाई बुझाएको नाममा डा. भगवान कोइराला समेत परेका छन् । बाँकी दुई जनामा धर्मकान्त बाँस्कोटा र चन्द्रमणि पौडेलको नाम रहेको मन्त्रिपरिषद स्रोतले बताएको छ ।
नयाँ उपकुलपतिको नाम सिफारिश गर्न सहकुलपति एवं शिक्षामन्त्री गिरिराजमणि पोखरेलको संयोजकत्वमा समिति गठन भएको थियो । उक्त समितिले लामो समयको गृहकार्यपछि तीन जनाको नाम सिफारिश गरेको हो ।
हाल त्रिविको कायममुकाय उपकुलपतिका रुपमा जिम्मेवारी पाएकी सुधा त्रिपाठी भने सिफारिशमा परेकी छैनन् । उनी पनि नयाँ उपकुलपतिको दौडमा थिइन् ।
स्रोतका अनुसार प्रधानमन्त्री केपी ओलीले डा. भगवान कोइरालालाई जिम्मेवारी लिई दिन आग्रह गरेका छन् । तर कोइरालाले भने आफूले भनेका पदाधिकारी राख्ने भएमात्र स्वीकार्ने बताएको स्रोतको दावी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपथपलिया पूर्वाञ्चल र गौतम मध्यपश्चिको उपकुलपति
बैशाख १८, २०८१ मंगलबार
त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिममा २० जना सहभागी
बैशाख १३, २०८१ बिहिबार
मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा, खड्का, गौतम र सिंहको नाम सिफारिस
बैशाख ७, २०८१ शुक्रबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै, ५० औँ स्थानमा सूचीकृत
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
आज सुनको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?
जेठ १, २०८१ मंगलबार
दैनिक सूर्य नमस्कार गर्दा यी १० समस्याबाट छुटकारा मिल्छ
जेठ १, २०८१ मंगलबार
सरकारको प्राथमिताः गोलीगठ्ठा उत्पादनमा स्वदेशमै आत्मनिर्भर
जेठ १, २०८१ मंगलबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा भोलि सुनुवाइ हुने
जेठ १, २०८१ मंगलबार
कतारले भन्यो -'इजराइलको रफाह आक्रमणले हमास वार्तालाई ‘पछाडि’ धकेल्यो '
जेठ १, २०८१ मंगलबार
प्रदेश सरकारको आगामी विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता स्वीकृत
जेठ १, २०८१ मंगलबार
सरकारको भनाइ एकातिर छ, गराइ अर्काेतिर : कांग्रेस
जेठ १, २०८१ मंगलबार
नेपालमा लगानी गर्न पोल्याण्डलाई चेम्बर अफ कमर्सको आग्रह
जेठ १, २०८१ मंगलबार