सुर्खेतका पर्यटकीयस्थलमा चहलपहल
नेपालबहस संवाददाता
असोज ३०, २०७६ बिहिबार १२:२०:२४
प्रकाश अधिकारी /रासस
३० असोज सुर्खेत । दशैँ तिहार बिदाका कारण सुर्खेतका पर्यटकीयस्थलमा चहलपहल बढेको छ । पढाई र रोजगारीका सिलसिलामा जिल्ला बाहिर रहेका भित्रिएसँगै यहाँका काँक्रेविहार, बुलबुले र घण्टाघरमा आन्तरिक पर्यटकको चहलपहल बढेको हो ।
यस अवधिमा स्थलमार्ग हुँदै रारा घुम्न जानेका कारण सुर्खेतमा पर्यटकीय चहलपहल बढेको छ । स्थलमार्गबाट रारा पुग्नेले सुर्खेतलाई ‘ट्रान्जिट प्वाइन्ट’ बनाउने गर्दछन् । पुनःनिर्माणपछि काँक्रेविहार धेरैको आकर्षण बनेको छ । जङ्गल क्षेत्रमा छरिएर रहेका कलात्मक विशाल ढुङ्गाका मूर्तिलाई जोडेर पुरातत्व विभागले पुरानै शैलीमा पुनःनिर्माण सम्पन्न गरेको हो । काठमाडौँ किस्ट कलेजमा प्राध्यापन गर्नुहुने सूर्य बस्नेतले काँक्रेविहारमा अद्भूत कला देख्न पाइने बताए ।
“इतिहासका विद्यार्थीका लागि यो एउटा सन्दर्भ सामग्री नै बन्न सक्छ”, उनले भने, “ढुङ्गैढुङ्गाको विशाल मन्दिरमा कलात्मक मूर्ति बनाइएको छ, यस्तो सम्पदा अन्यत्र देख्न सकिँदैन् ।” उनले यसपटक परिवारसहित काँक्रेविहारका साथै घण्टाघर र बुलबुले उद्यानको पनि अवलोकन गरेको बताए ।
नेपाली सेनामा इटहरीमा कार्यरत बराहताल गाउँपालिका–६ का चन्द्रबहादुर गरञ्जाले यसपटक काँक्रेविहार अवलोकन गरे । “पुनःनिर्माण भएपछि पहिलोपटक हेर्ने अवसर मिल्यो, आजभोलि भीडभाड हँुदोरहेछ”, उनले भने । वीरेन्द्रनगर कर्णाली प्रदेशको राजधानी शहर हो । माथिल्लो कर्णालीका जिल्लामा पुग्नलाई वीरेन्द्रनगर प्रवेश गर्नैपर्छ । त्यसैले, यहाँका पर्यटकीय स्थलमा घुमफिर, अवलोकन गर्नेको सङ्ख्या बढ्दो देखिएको छ ।
सुर्खेतबाट दैलेख, जाजरकोट, कालिकोट, जुम्ला, हुम्ला, डोल्पा र मुगुका साथै सुदूरपश्चिका अछाम, बाजुरा जाने यात्रुसमेत वीरेन्द्रनगर भएर जाने गर्दछन् । होटल व्यवसायी तर्कबहादुर शाहीले पर्यटकको रोजाइमा काँक्रेविहार, घण्टाघर र बुलबुले रहेको बताए । “बजार क्षेत्रमै भएकाले पनि सहज भएको हो, समय कम भए पनि वीरेन्द्रनगरको मुख्य बजारक्षेत्रबाट यी तीनवटै स्थानमा पुग्न सकिन्छ”, उनले भने, “चाडपर्वका बेला चहलपहल बढी नै हुन्छ ।”
काँक्रेविहारको पुनःनिर्माणसँगै बुलबुले उद्यान र घण्टाघर क्षेत्रलाई थप व्यवस्थित गरिएको छ । बुलबुलेमा बुद्ध मन्दिर, शौचालय, पार्क विस्तार गरिएको छ भने घण्टाघरमा रङ्गरोगन, चिल्डे«न पार्क निर्माण गरिएको छ । घण्टाघर र बुलबुले प्रदेश सरकारको उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्रालयको सहयोगमा मर्मत सुधार गरिएको हो ।
त्यस्तै काँक्रेविहारलाई पुरातत्व विभागले पुरानै शैलीमा पुनःनिर्माण गरेको हो । घण्टाघरबाट वीरेन्द्रनगर उपत्यकाको अवलोकन गर्न सकिन्छ । दशैँ मनाउन घर आएकादेखि रारा गन्तव्य बनाएकाको नजर पनि काँक्रेविहार, बुलबले र घण्टाघरमै तानिने गरेको छ ।
सुर्खेत आउनेहरु या सुर्खेत हुँदै कर्णालीको यात्रामा निस्किने बुलबुले ताल नहेरी शायदै फर्कन्नन् । यहाँ निरन्तर बुलबुल गरेर बगिरहने १० धारा छन् । पीपलको छहारीमा ओत लागेको सानोे ताल छ यसैलाई बुलबुले भनिन्छ ।
ताल निर्माण हुनुभन्दाअघि त्यहाँ ढुङ्गामुनिबाट बुलबुल गर्दै पानी निस्कने गर्दछ । त्यसैले, यसको नाम बुलबुले रहेको हो । सुर्खेतलाई देशभर चिनाउने यो चर्चित ताल हो । यहाँ विभिन्न जातजातिका बोटविरुवा र फूलहरु रोपिएको छ । जसले ताल वरपरको वातावरण मनमोहक बनाइदिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमदिरा र सुर्तीजन्य वस्तुमा कर वृद्धि
जेठ १५, २०८१ मंगलबार
बजेटबारे नेताहरूको मिश्रित प्रतिक्रिया : कोही भन्छन्- राम्रो, कोही भन्छन् नराम्रो !
जेठ १५, २०८१ मंगलबार
सूचना प्रविधि आर्थिक विकासको रुपान्तरणकारी क्षेत्रमा समावेश
जेठ १५, २०८१ मंगलबार
टेलिकमको इन्टरनेशनल ब्यान्डविथ खरिदमा मुद्दा चलाउने अख्तियारको तयारी
नेपालबहस संवाददाता
जेठ ३१, २०८१ बिहिबार
स्वास्थ्यका लागि निकै फाइदाजनक लसुन प्रयोग गर्ने तरिका जानौं
नेपालबहस संवाददाता
जेठ ३१, २०८१ बिहिबार
नेपालले टी- २० विश्वकप अन्तर्गत भोलि बिहान दक्षिण अफ्रिकासँग खेल्दै
नेपालबहस संवाददाता
जेठ ३२, २०८१ शुक्रबार
आज यी चार प्रदेशमा चट्याङसहित वर्षा हुने
असार २, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
असार २, २०८१ आइतबार
५१ प्रहरी कर्मचारीहरुलाई ट्राफिक प्रशासन तालिम प्रदान
असार २, २०८१ आइतबार
वैदेशिक रोजगार पीड़ितलाई न्यायको माग गर्दै आइटी आर्मीको प्रदर्शन
असार २, २०८१ आइतबार
भेरी नदिमा बेपत्ता दुई जनाको शव सशस्त्रको गोताखोरले निकाल्यो
असार २, २०८१ आइतबार
आठ दिनदेखि बेपत्ता एक महिलाको शव सडेगलेको अवस्थामा फेला
असार २, २०८१ आइतबार