टुँडिखेल र खुलामञ्च जीवन–मरणको दोसाँधमा
नेपालबहस संवाददाता
कात्तिक १८, २०७६ मंगलबार २:१:५८
‘काठमाडौंको फोक्सो’ टुँडिखेल र खुलामञ्च बचाउन कार्तिक २३ शनिबार स्थानीय जनताबाट खबरदारी ¥याली
‘काठमाडौंको फोक्सो’ भनिएको राजधानीको मुटुमा अवस्थित टुँडिखेल र खुलामञ्च हेर्दाहेर्दै भूमाफियाको अधीनमा पुग्ने खतरा दिनानुदिन बढिरहेको छ । ९० सालको महाभूकम्प वा ०७२ को भयावह भूकम्पजस्ता संकटकालीन अवस्थामा राजधानीबासीलाई आश्रय दिएको, आपत पर्दा जनताले ज्यान जोगाउने र आश्रय पाउने जनताको साझा थलोलाई सत्ताको आडमा दुस्साहस पालेका कतिपय भूमाफियाहरू कब्जा गर्न सल्बलाईरहेका छन् ।
जनस्तरबाट यसको सुरक्षाका लागि सरकारमाथि निर्णायक दबाब सृजना गर्न सकिएन भने खुलामञ्च र टुँडिखेलको आयु अब छैन भनी बुझे हुन्छ । कुनैबेला राजदरबारको ढोकादेखि दशरथ रंगशालासम्म नै फैलिएको टुँडिखेल एशियाको सबभन्दा ठूलो शहरी मैदानको रुपमा आउँथ्यो ।
रत्नपार्कसँगै अवस्थित ‘पुरानो बसपार्क’ मा भ्युटावर बनाउने ठेक्का दिइएकोले निर्माणमा बाधा नपुगोस् भनी त्यहाँ रहेको बसपार्क खुलामञ्चमा सारेपछि माफियाहरूले पहिलो सफलता पाए । भ्यु टावर बनाउने कामका लागि २१ फागुन २०७१ मा ठेक्का पाएको कम्पनी ‘जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्स् प्रा. लि.’ लाई खुला मञ्चमा रेस्टुराँ, स्वास्थ्य सुविधा, शौचालय र बस स्टाण्ड तीन वर्षभित्रमा निर्माण सम्पन्न गर्न काठमाडौँ महानगरपालिकाले २४ चैत २०७३ मा अर्को ठेक्का दियो ।
तर उक्त कम्पनीले निर्माण कार्यलाई तीब्रता दिनुको सट्टा खुलामञ्चको साढे तेह«रोपनी जग्गामा उसले अवैध रुपमा ५२ वटा पसलका लागि टहरा हाली ब्यापार गर्न भाडामा लगायो । एउटै पसल हत्याउनका लागि विचौलिया वा दलाललाई ५ लाखदेखि १५ लाखसम्म रकम बुझाईएको फेला प¥यो ।
खुलामञ्चबाट धेरै धुलो उड्यो भन्ने बहाना गरेर गत असोज २५ गते चिनियाँ राष्ट्रपति सी जीनपिङ्को नेपाल भ्रमणको मौका पारेर त्यहाँको जमिनमा पक्की ढलान गर्ने हर्कत भयो । त्यसलाई स्थानीय जनताको दबाबले त रोकियो । तर माफियाको दुस्साहस रोकिएको छैन ।
खुलामञ्च र टुँडिखेलकै अस्तित्वमाथि खतरा बढेपछि स्थानीय जनसमुदायले यसको बचाउको लागि कार्तिक २३ गते शनिबार राजधानीमा विशाल ¥यालीको आयोजना गर्ने भएका छन् । जनताबाट दह्रिलो खबरदारी भएन भने टुँडिखेललाई कसैले बचाउन सक्नेछैन ।
नेपाली सेनाले टुँडिखेलको एक भाग मासेर त्यहाँ भोजभतेर र जाँड–मासु खाने ब्यापारिक स्थल बनाएको, खेलकूदका लागि टुँडिखेल एकलौटी ओगटेको जस्ता गतिविधिलाई पनि जनताले रुचाएका छैनन् । नेपाली सेनाको सुधारमा लागिपरेका वर्तमान प्रधानसेनापति जनरल पूर्णचन्द्र थापाले यसको विकल्प पनि खोज्लान कि भन्ने जनसमुदायको अपेक्षा छ ।
लोकतन्त्रवादीले हेक्का राख्नुपर्ने कटु यथार्थ
टुँडिखेलस्थित साविकको ‘खरीबोट’ चौतारोलाई मासेर बनाइएको आजको सैनिक मञ्च, राजा महेन्द्रले उद्घाटन गरे २०२० साल कार्तिक ७ गते । लोकतन्त्रका लागि हतियारका साथ लडेका प्रजातन्त्रका योद्धाहरूबाट मारिएका तत्कालीन शाही सेनाका जवानको सम्मानस्वरुप राजा महेन्दकै इच्छाले बनेको सैनिकमञ्च चढ्ने सिँढीको बीचमा राखिएका एक हुल सैनिकका मूर्ती (हे.फोटो) लोकतन्त्रका लागि भएको हतियारयुक्त संघर्षमा मारिएका तत्कालीन शाही सेनाका जवान हुन् ।
सैनिक मञ्च उद्घाटन गर्दै राजा महेन्द्रले आफ्नो संवोधनमा प्रष्टै भनेका थिए, “…..केही भागेका अराष्ट्रिय तत्वहरूले विदेशमा बसी, निर्लज्ज भई देश बाहिरबाट आफ्नै देशमा ध्वंसात्मक कार्यमा लागेर विभिन्न क्षति पु¥याउन लागेकोमा त्यस्ता देशद्रोहीहरूको सामना गर्दा भोक–प्यास आरामलाई बिर्सी जीउ–ज्यानको समेत माया नराखी देशको रक्षा र गौरबको निम्ति लडी वीरगति प्राप्त गर्ने हाम्रा देशभक्त नेपाली जनता, बफादार शाही सेना, होम गार्ड र पुलिसको पावन स्मृति हाम्रा र भावी नेपाली सन्तानका दिलमा सदा ताजा रहने त छँदैछ, तापनि त्यसको एक प्रतिकस्वरुप एउटा स्थायी स्मारक बनाई ती वीर देशभक्तहरूको कदर गर्ने मेरो प्रवल इच्छालाई पूरा गर्न यो स्मारक बनाईएको हो….” (नेपालको राजनीतिक दर्पण, तेस्रो भाग, पृ. ६८६, ०४० को संस्करण) ।
पञ्चायत कालमा टुँडिखेलको हुर्मत लिने काम अति नै भयो । एकातिर सैनिक मञ्च, अर्कातिर महेन्द्रकी रानीको नाममा रत्नपार्क, सँगै खुलामञ्च, २०२२ सालमा सहिद गेट निर्माणका साथै टुँडिखेल चिरेर बाटो निकालिएको, दशरथ रंगशाला, सैनिक हेडक्वार्टर । त्यो बेला काठमाडौँ उपत्यकामा यत्रतत्र फराकिला जग्गा प्रशस्तै थिए, तर पनि सबै यहीँ वरिपरि बनाइयो । दरबारमार्गको वस्ती पनि महेन्द्रकै पालामा फैलियो । त्यसभन्दा अघि चन्द्र शम्शेरका पालामा विशाल टुँडिखेल मास्ने काम भयो, पहिलो बिजुली अड्डाको स्थापना, त्रिचन्द्र कलेजको निर्माण आदि गतिविधि गरेर ।
पञ्चायतकालमै पञ्चायती शासनको तारिफ जनतालाई सुनाउन खुलामञ्च बन्यो । खुलामञ्चमा शाही नेपाली सेनाले हरेक शुक्रबार र शनिबार साँझ संगीत बजाएर मनोरन्जन दिने गथ्र्यो । ती सबै हराए । रत्नपार्कको औचित्य समाप्त भईसक्यो ।
टुँडिखेलले मल्लकालदेखि नै विशिष्ट महत्व राख्दै आएको छ । गुरूमापा राक्षसका किंवदन्ती र घोडेजात्राको उत्पत्ती, पाहाँ चहे पर्व, अजिमाको मूर्ती सवार गराउने अनुष्ठान, द्येपूजा, नेपाली सेनाको स्थापना दिवसमा हुने शिवरात्रीको बढाईँसहित दशैँको फूलपाती बढाईँ आदि अनेकौँ सांस्कृतिक महत्व टुँडिखेलसँग छ ।
सबभन्दा पुरानो अभिलेख सन् १७२१ मा ईपोलितो देसिदेरी नामका इटालियन पादरी तिब्बतबाट भारततिर जाँदा मल्लकालीन काठमाडौँमा रोकिएको र उनले आफ्नो नियात्रा (ट्राभेलग) मा नगरको द्वार बाहिर पोखरी (रानीपोखरी) नजिकै दुई माईल लामो मैदान एवं मैदानको वरिपरि अनेकौँ मन्दिर देखेको उल्लेख गरेका थिए । ती मन्दिरमध्ये नेवारी परिभाषामा लुमरी अजिमा (भद्रकाली) र महांकाल मन्दिर टुँडिखेलमा अझै छन् ।
आज खुलामञ्चसहित विशाल टुँडिखेललाई माफियाको राक्षसी पञ्जाबाट उम्काउनु छ । त्यसका लागि राजधानीका प्रत्येक नागरिकले आफ्नो जिम्मेवारी र दायित्ववोध गर्दै यस कार्यमा स्वस्फूर्त रुपमा सरिक हुनु जरुरी देखिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकेपी ओलीले मदन भण्डारीका ‘हत्यारा’ लुकाएकै हुन् ?
जेठ ३, २०८१ बिहिबार
नागरिक पहिलो अभियानकाे गैर दलीय राजनीतिक अभियान बारे
जेठ २, २०८१ बुधबार
नेपाल–कोरिया सम्बन्ध सगरमाथा जस्तै उच्च होस्
जेठ १, २०८१ मंगलबार
दैनिक सूर्य नमस्कार गर्दा यी १० समस्याबाट छुटकारा मिल्छ
नेपालबहस संवाददाता
जेठ १, २०८१ मंगलबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
नेपालबहस संवाददाता
जेठ १, २०८१ मंगलबार
केपी ओलीले मदन भण्डारीका ‘हत्यारा’ लुकाएकै हुन् ?
जेठ ३, २०८१ बिहिबार
सहकारी ठग्नेलाई कारवाही गर्न ओली किन अनिच्छुक ?
जेठ ३, २०८१ बिहिबार
जङ्गली जनावरको आक्रमणबाट सातजनाको मृत्यु
जेठ ३, २०८१ बिहिबार
२४ करोड लागतमा निर्माण गरेको जिल्ला अस्पताल डोल्पा
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
जेठ ४, २०८१ शुक्रबार
राजनीतिक दल सम्बन्धी संशोधन विधेयक फिर्ता लिन संसद सचिवालयमा पत्र
जेठ ४, २०८१ शुक्रबार
स्वास्थ्य शिविरबाट तीन सयभन्दा बढी लाभान्वित
जेठ ४, २०८१ शुक्रबार
नेपालले टी-२० विश्वकप अघि क्यानडा र अमेरिकासँग वार्म अप खेल खेल्ने
जेठ ४, २०८१ शुक्रबार
सरकारले सहकारीका ठगलाई बचाउने काम नगरोस, सभामुख तटस्थ बसुनः कांग्रेस
जेठ ४, २०८१ शुक्रबार