बाजुरा क्याम्पस प्रमुखको राजीनामा मागसहित अनिश्चितकालीन तालाबन्दी
नेपालबहस संवाददाता
कात्तिक २९, २०७६ शुक्रबार १७:५३:४२
२९ कार्तिक, मार्तडी । जिल्ला सदरमुकाम मार्तडीमा रहेको बाजुरा क्याम्पसका प्रमुख सुरेशप्रसाद पण्डितको राजीनामा मागसहित नेपाल विद्यार्थी सङ्घ ‘नेविसङ्घ’ बाजुराले अनिश्चितकालीन तालाबन्दी गरेको छ ।
नेविसङ्घ बाजुरा क्याम्पस एकाइ कार्य समितिले क्याम्पसप्रमुख पण्डितको राजीनामासँगै सातबुँदे मागको आवश्यक छानबिन गर्न क्याम्पस प्रशासनमा तालाबन्दी गरेको एकाइ सचिव धनबहादुर थापाले बताए ।
आर्थिक अनियमितताको आरोपसहित नेविसङ्घले बाजुरा क्याम्पसमा तालाबन्दी गरेको हो । सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गत आङ्गिक क्याम्पसको मान्यता पाएको बाजुरा क्याम्पस राजनीति गर्ने अखडा बनेको र क्याम्पस प्रशासनले सामान खरिदमा आर्थिक अमियमितता गरेको आरोपसहित नेविसङ्घले तालाबन्दी गरेको छ ।
बिहीबार सार्वजनिक विज्ञप्तिमार्फत नेविसङ्घले सातबुँदे मागसहित तालाबन्दी गरेको क्याम्पस एकाइ सचिव थापाले जानकारी दिए । बाजुरा क्याम्पसले आङ्गिक क्याम्पसको औपचारिक उद्घाटन कार्यक्रम राखेको अघिल्लो दिन नेविसङ्घले विरोधस्वरुप तालाबन्दी गरेको थियो ।
तालाबन्दीप्रति क्याम्पसप्रमुख पण्डितले कुनै चासो नदेखाउँदै एकलौटी ताला तोडेर कार्यक्रम गरेको आक्रोशमा पुनः अनिश्चितकालका लागि तालाबन्दी गरेको नेविसङ्घ एकाइ कार्य समितिले जनाएको छ ।
राजनीतिक आस्थाको प्रवद्र्धन गर्ने गरी क्याम्पस प्रशासनले उद्घाटन गरेकाले सर्वपक्षीय भेलाबाट मिति घोषणा नगरेको, छात्रवृत्ति वितरणमा समानता ल्याउनुपर्ने, क्याम्पसमा निर्माण भएका भवनको गुणस्तर छानबिन गरिनुपर्ने, लामो समयसम्म पनि क्याम्पसमा पठनपाठनमा संलग्न नहुने र बिदामा बस्ने प्राध्यापकको विषयमा आवश्यक छानबिन गरिनुपर्ने लगायतका मागहरु अघि सारेका छन् ।
यस्तै तत्कालीन क्याम्पस सञ्चालक समितिका अध्यक्ष तुलाराम जैसी र स्वतन्त्र विद्यार्थी युनियनका सभापति चेतनदीप ऐडीले क्याम्पसको भवन निर्माण कार्य आफूखुशी नेकपाका कार्यकर्तालाई दिएको विषयमा निपष्क्ष छानबिनको माग रहेको छ ।
बाजुरा क्याम्पस प्रशासनले भने सबै पक्षसँगको सहकार्यमा मिति तय गरी आङ्गिक क्याम्पस उद्घाटन गरेको जिकिर गरेको छ । क्याम्पस प्रशासनको निर्णय अधिकार भएकाले उपलब्ध सबैसँगको छलफलपछि उद्घाटन गरिएकाले यसलाई नै राजनीतिक आस्थासँग जोड्नु गलत भएको क्याम्पसप्रमुख पण्डितले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपथपलिया पूर्वाञ्चल र गौतम मध्यपश्चिको उपकुलपति
बैशाख १८, २०८१ मंगलबार
त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिममा २० जना सहभागी
बैशाख १३, २०८१ बिहिबार
मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा, खड्का, गौतम र सिंहको नाम सिफारिस
बैशाख ७, २०८१ शुक्रबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै, ५० औँ स्थानमा सूचीकृत
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
आज सुनको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?
जेठ १, २०८१ मंगलबार
दैनिक सूर्य नमस्कार गर्दा यी १० समस्याबाट छुटकारा मिल्छ
जेठ १, २०८१ मंगलबार
सरकारको प्राथमिताः गोलीगठ्ठा उत्पादनमा स्वदेशमै आत्मनिर्भर
जेठ १, २०८१ मंगलबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा भोलि सुनुवाइ हुने
जेठ १, २०८१ मंगलबार
कतारले भन्यो -'इजराइलको रफाह आक्रमणले हमास वार्तालाई ‘पछाडि’ धकेल्यो '
जेठ १, २०८१ मंगलबार
प्रदेश सरकारको आगामी विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता स्वीकृत
जेठ १, २०८१ मंगलबार
सरकारको भनाइ एकातिर छ, गराइ अर्काेतिर : कांग्रेस
जेठ १, २०८१ मंगलबार
नेपालमा लगानी गर्न पोल्याण्डलाई चेम्बर अफ कमर्सको आग्रह
जेठ १, २०८१ मंगलबार