पौषमा छैठौं स्याङ्जा महोत्सव
नेपालबहस संवाददाता
मंसिर ४, २०७६ बुधबार १६:७:१०
४ मंसिर स्याङ्जा । स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघको आयोजनामा छैठौं स्याङ्जा महोत्सव हुने भएको छ । जिल्ला सदरमुकामस्थित श्रवणकुमार खेलमैदानमा पुष ४ देखि १६ गतेसम्म १३ दिनसम्म संचालन हुने गरी छैठौं स्याङ्जा महोत्सव हुने भएको हो ।
संघले प्रत्येक दुई÷दुई वर्षमा प्रदेशस्तरीय महोत्सव गर्दै आएको छ । “स्याङ्जा महोत्सवको आधार–कृषि, पर्यटन नै आर्थिक विकासको पूर्वाधार” भन्ने मुलनारा सहित महोत्सव आयोजना गरिएको संघले जनाएको छ । महोत्सव सम्पन्न गर्न संघका अध्यक्षको अध्यक्षतामा १ हजार १ सय १ सदस्सीय मुल आयोजक समिति गठन गरिएको छ ।
छैठौं स्याङ्जा महोत्सवमा झण्डै ९ करोडको आर्थिक कारोबार गर्ने अनुमान गरिएको पत्रकार सम्मेलन गरेर संघले जनाएको छ । महोत्सवमा ३ लाख ५० हजार आन्तरिक र बाह्यि पर्यटक भित्रा¥याउने लक्ष्य लिईएको छ । महोत्सवबाट हुने आम्दानीबाट सामाजिक कार्यमा खर्च गरिने संघले जनाएको छ ।
कृषि र पर्यटनलाई प्रबद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सवमा जिल्लाका पर्यटकीय क्षेत्रको अवलोकन, बृहत कृषि प्रदर्शनी गरिने संघका अध्यक्ष विक्रान्त कुमार श्रेष्ठ ‘सुर्वण’ ले बताए । उनका अनुसार महोत्सवले जिल्लाको कृषि र पर्यटन क्षेत्रको सम्भाबनालाई उजागर गर्ने छ ।
झण्डै २ सय स्टल रहने महोत्सव स्थलमा पुस्तक, सूचना प्रविधीका सामाग्री, अटोमोबाईल, फोटो प्रदर्शनी गरिने छ । महोत्सवलाई व्यस्थित बनाउनका लागि करिब ४३ वटा उपसमिति गठन गरिएको संघले जनाएको छ ।
संघका अध्यक्ष विक्रान्तकुमार श्रेष्ठ “सुवर्ण’ को अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा पत्रकार महासंघका अध्यक्ष ओमप्रकाश शर्मा लगाएतका पत्रकारले बोलेका थिए । कार्यक्रमको संचालन संघका महासचिव भिमकुमार श्रेष्ठले संचालन गरेका थिए भने स्वागत प्रथम उपाध्यक्ष हिक्मत श्रेष्ठ र धन्यवाद ज्ञापन द्धितीय उपाध्यक्ष महादेव श्रेष्ठले गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’
जेठ ३, २०८१ बिहिबार
च्याङ्ग्रा पस्मिना निर्यातसम्बन्धी निर्देशिका सार्वजनिक
जेठ २, २०८१ बुधबार
नेपालमा लगानी गर्न पोल्याण्डलाई चेम्बर अफ कमर्सको आग्रह
जेठ १, २०८१ मंगलबार
सिद्धार्थ बैंकको प्रमुख आम्दानी नै घट्यो, वितरण योग्य मुनाफा २७ करोड माइनसमा
जेठ ३, २०८१ बिहिबार
केपी ओलीले मदन भण्डारीका ‘हत्यारा’ लुकाएकै हुन् ?
जेठ ३, २०८१ बिहिबार
सहकारी ठग्नेलाई कारवाही गर्न ओली किन अनिच्छुक ?
जेठ ३, २०८१ बिहिबार
मिथिलामा धुमधामका साथ जानकी नवमी मनाइँदै
जेठ ४, २०८१ शुक्रबार
संसदीय दलको बैठकपछि संसद अवरोधबारे विपक्षी दलहरुसँग छलफल गर्दै कांग्रेस
जेठ ४, २०८१ शुक्रबार
आइपिएलमा आज मुम्बई र लखनउ खेल्दै
जेठ ४, २०८१ शुक्रबार