परशुराम नगरपालिकाका दुई वटा वडामा मलेरिया, १० जना बिरामी !
नेपालबहस संवाददाता
मंसिर ५, २०७६ बिहिबार १८:३३:२
५ मंसिर अमरगढी । डडेल्धुराको भित्रि मधेश जोगबुडा क्षेत्र परशुराम नगरपालिकाका दुई वटा वडामा मलेरिया रोगका बिरामी भेटिएका छन् । परशुराम नगरपालिका– ६ र ७ का स्थानीयवासी बिरामी भई स्वास्थ्य संस्थामा जचाउन पुगेकाको रगत परीक्षण गर्दा औलो भेटिएको पुष्टि भएको साँदनी स्वास्थ्यचौकिका प्रमुख जयबहादुर धामीले बताए ।
करीब दुई साता अघि सो स्वास्थ्यचौकीमा पुगेका बिरामीमा मलेरियाका लक्षण देखापरेको उनले बताए । दुई सातादेखि फैलिएको मलेरियाको सङ्क्रमणबाट हालसम्म १० जना बिरामी सङ्क्रमित भई निःशुल्क औषधि सेवन गरिरहेका छन् ।
दुई साताअघि पहिलो पटक वडा नं– ६ को रामपुर गाउँका एकजना स्थानीयवासी सङ्क्रमित भएका थिए । मलेरिया रोगको प्रकोप वडा तहमा दिनानुदिन बढ्दै गएकाले यसबारे जोगबुडा अस्पताल र जिल्लास्थित स्वास्थ्य कार्यालयमासमेत खबर गरिसकेको स्वास्थ्यचौकी प्रमुख धामीले बताए ।
पछिल्लो समयमा स्वास्थ्यकर्मीको टोलीले सङ्क्रमण रहेको सम्भावित रामपुर, भोरकुण्डा, थालिगडा, ठूलागडालगायतका क्षेत्रमा खोजी गरिरहेका छन् । साथै हाल स्थानीयवासीलाई जनचेतनाका सन्देश दिइरहेको पनि स्वास्थ्य प्रमुख धामीको भनाइ छ ।
सामान्यतया औलो रोग परजीवी भएको लामखुट्टेले टोकेको १०–१५ दिनभित्रमा ज्वरो आउने, टाउको दुख्ने, वान्ता हुने, जोर्नी दुख्ने, असजिलो महशुुस हुने जस्ता सामान्य लक्षण देखा पर्दछन् । निरन्तर वा दिन बिराएर ज्वरो आउने, शरीरका महत्वपूर्ण भित्री अङ्ग फियो, कलेजो सुनिने, शरीरमा रगतको मात्रा कमी हुने तथा परजीवीको प्रकृतिअनुसार विभिन्न लक्षण तथा समस्या देखिने गर्दछन् ।
पोथी एनोफेलेस जातिको लामखुट्टेले टोकेपछि सर्ने भएकाले लामखुट्टेको टोकाइबाट बच्न स्थानीयवासीलाई स्वास्थ्यकर्मीको सुझाव छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउमेर नपुग्दै गर्भपतनले स्वास्थ्य समस्या बढ्दै
जेठ ५, २०८१ शनिबार
ढाका बुनेर आत्मनिर्भर बन्दै तनहुँका उद्यमी
जेठ ५, २०८१ शनिबार
पिस कोर स्वयंसेवकको पहिलो समूहले लियाे शपथग्रहण
जेठ ५, २०८१ शनिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
शनिबार शनिदेवको प्रिय दिन, आज शनि महाराजले कसलाई लाभ-हानी दिन्छन् ?
जेठ ५, २०८१ शनिबार
ठमेलमा खाना तथा हस्तकला मेला
जेठ ५, २०८१ शनिबार
स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
चोरीमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै
जेठ ५, २०८१ शनिबार
उमेर नपुग्दै गर्भपतनले स्वास्थ्य समस्या बढ्दै
जेठ ५, २०८१ शनिबार