जनताले आशा गरे जस्तो वर्तमान सरकारबाट पुरा भएन : शेखर कोइराला
नेपालबहस संवाददाता
मंसिर ६, २०७६ शुक्रबार १५:२१:२२
६ मंसिर पोखरा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले आसन्न उपनिर्वाचन सरकारको परिवर्तनका लागि नभई उसलाई सच्याउनका लागि भएको बताएका छन् ।
कास्की क्षेत्र नं २ मा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनको प्रचारप्रसारअन्तर्गत पोखरा महानगरपालिका–१६ अर्मलाको ¥यालीमा आयोजित चुनावी सभामा उनले वर्तमान सरकारबाट जनताले ठूलो आशा गरे पनि त्यो पूरा हुन नसकेको आरोप लगाए ।
सरकारको अलोकतान्त्रिक गतिविधिका साथै देशमा महङ्गी, भ्रष्टाचार, हत्या हिंसा जस्ता गतिविधिले प्रश्रय पाएको बताउँदै उनले सरकारलाई सही बाटोमा डो¥याउनका लागि यो चुनावमा कांग्रेसले जित्नुको विकल्प नभएको उल्लेख गरे ।
कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार खेमराज पौडेलले जनताले बोकाइदिएको भारी सही ठाउँमा पु¥याएर बिसाउने प्रतिबद्धता व्यक्त गरे । आफूले जनताकै लागि ६० वर्ष राजनीति गरेको भन्दै उनले अबको जिम्मेवारी पनि सफलतापूर्वक निर्वाह गर्ने स्पष्ट पारे ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले त्यागी, इमान्दर र निष्ठावान व्यक्तित्व खेमराज पौडेललाई जिताउँदा पोखरेलीको इज्जत नै माथि हुने धारणा राखे । पौडेललाई जिताएर देशैभर इमान्दार व्यक्ति राजनीतिमा आवश्यक पर्छ भन्ने सन्देश दिन पनि आवश्यक रहेकोमा उनको जोड थियो ।
गण्डकी प्रदेशसभा सदस्य कुमार खड्काले देशमा बढिरहेको महङ्गी, भ्रष्टाचार लगायतका गतिविधिका कारण जनता आक्रान्त भएको बताउँदै जनतालाई त्यसबाट मुक्त गराउन काँग्रेसले चुनाव जित्नु अपरिहार्य भएको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसहकार्यको संस्कृतिलाई सबल बनाउन बकर इदको महत्वपूर्ण भूमिका : प्रधानमन्त्री
असार ३, २०८१ सोमबार
राष्ट्रपतिको सम्मानमा वर्लिनमा स्वागत समारोह
असार ३, २०८१ सोमबार
राष्ट्रपति पौडेलले गरे जलवायुसम्बन्धी अनुसन्धान केन्द्रहरूको अवलोकन
असार २, २०८१ आइतबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालले टी- २० विश्वकप अन्तर्गत भोलि बिहान दक्षिण अफ्रिकासँग खेल्दै
नेपालबहस संवाददाता
जेठ ३२, २०८१ शुक्रबार
सुनको मूल्य ६ सयले घट्यो, प्रतितोला कति ?
असार ३, २०८१ सोमबार
अल्लु अर्जुन र आमिर खान बक्स अफिसमा आमनेसामने हुने
असार ३, २०८१ सोमबार
मजदुर आन्दोलनका कारण प्राइभेट पेट्रोल पम्प बन्द, सरकारी पम्पमा थेगिनसक्नु लाइन
असार ३, २०८१ सोमबार
चट्याङ लागेर पाल्पामा एक जनाको मृत्यु
असार ३, २०८१ सोमबार
देशभरका मस्जिदमा बकर इदको रौनक: फोटोफिचर
असार ३, २०८१ सोमबार
कपनबाट ६ किलो सुनसहित एक चिनियाँ नागरिक पक्राउ
असार ३, २०८१ सोमबार