सरसफाइले सभ्य नागरिकको पहिचान दिन्छ : मन्त्री लम्साल
नेपालबहस संवाददाता
मंसिर ६, २०७६ शुक्रबार १७:५३:४१
६ मंसिर तनहुँ । गण्डकी प्रदेशका पर्यटनमन्त्री विकास लम्सालले पृथ्वीराजमार्ग क्षेत्रमा गरिएको सरसफाइ अभियानले गण्डकी प्रदेशकै नयाँ पहिचान दिएको बताएका छन् ।
भम्रण वर्ष २०२० को अवसरमा तनहुँको ब्यास नगरपालिकाद्वारा आयोजित बृहत् राजमार्ग सरसफाइ अभियानको आज दमौलीमा उद्घाटन गर्दै उनले सरसफाइले सभ्य नागरिकको पहिचान दिने हुँदा यसतर्फ सबै लाग्नुपर्ने बताए । मन्त्री लम्सालले भने, “आन्तरिक एवं बाह्य पर्यटक भ्रमणका लागि आउँदा कसैले नाक खुम्चाउन नपर्ने गरी प्रदेशमै नमूना सरसफाइ गरेर देखाउन सक्नुपर्दछ । ”
गण्डकी प्रदेशको राजधानीको प्रवेशद्वार तनहुँलाई सरसफाइमैत्री बनाउनुपर्ने आवश्यकतामाथि जोड दिदैं उनले सार्वजनिकस्थलमा कसैले फोहर फ्याँकेमा कारवाही गरिने बताए । “यसका लागि प्रदेश सरकारले विधेयक र कार्यक्रम ल्याउन लागेको छ”, उनले भने।
मन्त्री लम्सालले यस अभियानमा नागरिक समाज, टोल विकास संस्था, आमा समूह, बुद्धिजीवी, राजनीतिक दल, कर्मचारी, विद्यार्थी लगायतका सबै क्षेत्रको सक्रिय सहभागिता हुनुपर्ने बताए । ब्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले सरसफाइ अभियानलाई निरन्तरता दिँदै जाने योजना नगरपालिकाको रहेको जानकारी दिए ।
उक्त अभियानअन्तर्गत जिल्लाको पूर्वमा मुग्लिनदेखि पश्चिममा कोत्रेसम्मको ७२ किलोमिटर राजमार्गमा एकैसाथ सरसफाइ गरिएको हो । सरसफाइ अभियानअन्तर्गत पृथ्वीराजमार्गमा पर्ने तीन गाउँपालिका र दुई नगरपालिका रहेका छन् । जसमा आँबुखैरेनी, बन्दिपुर गाउँपालिका, ब्यास नगरपालिका, म्याग्दे गाउँपालिका र पश्चिममा शुक्लागण्डकी नगरपालिका क्षेत्रमा सरसफाइ अभियान थालिएको हो ।
जिल्लाको आँबुखैरेनी गाउँपालिकामा गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमान, ब्यास नगरपालिका—१२ मा जिल्ला समन्वय समितिका अध्यक्ष शान्तिरमण वाग्ले, प्रदेशसभा सदस्य दोबाटे विश्वकर्मा, ब्यास नगरपालिका—१ मा प्रदेशसभा सदस्य सरिता गुरुङ, ब्यासनगरपालिका–२, ३ र ४ मा पर्यटनमन्त्री विकास लम्साल, ब्यास नगरपालिका—५ चापघाटमा प्रतिनिधिसभा सदस्य कलिला खानले सरसफाइ कार्यक्रमको उद्घाटन गरेका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउमेर नपुग्दै गर्भपतनले स्वास्थ्य समस्या बढ्दै
जेठ ५, २०८१ शनिबार
ढाका बुनेर आत्मनिर्भर बन्दै तनहुँका उद्यमी
जेठ ५, २०८१ शनिबार
पिस कोर स्वयंसेवकको पहिलो समूहले लियाे शपथग्रहण
जेठ ५, २०८१ शनिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
शनिबार शनिदेवको प्रिय दिन, आज शनि महाराजले कसलाई लाभ-हानी दिन्छन् ?
जेठ ५, २०८१ शनिबार
ठमेलमा खाना तथा हस्तकला मेला
जेठ ५, २०८१ शनिबार
स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
चोरीमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै
जेठ ५, २०८१ शनिबार
उमेर नपुग्दै गर्भपतनले स्वास्थ्य समस्या बढ्दै
जेठ ५, २०८१ शनिबार