सीमा मिचिएको चिन्ता भए सरकारलाई सहयोग गर्नुपर्छ : मन्त्री अर्याल
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
मंसिर ११, २०७६ बुधबार ११:५७:१४
![](https://nepalbahas.prixacdn.net/media/albums/padma_aryal-e1574786448972_x7W3XXgxaa.jpg)
११ मंसिर स्याङ्जा । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सीमा मिचिएको चिन्ता भए सरकारलाई सहयोग गर्नुपर्ने बताएकी छिन् ।
जिल्ला मालपोत कार्यालयमा मंगलबार सुधारिएको सेवा प्रवाह मोडेल सिस्टमको शुभारम्भ कार्यक्रममा भारत सरकारले जारी गरेको नक्साप्रति भइरहेका टीका टिप्पणीप्रति सङ्केत गर्दै मन्त्री अर्यालले भनिन, “नेपालको सीमा छिमेकीले मिच्दा सरकारलाई सहयोग गरेर राष्ट्रियताको पक्षमा उभिनुको सट्टा केही दल सरकारको सहमतिमा नै भारतले नक्सा निकालेको भनेर जनतालाई भ्रममा पारेर भोटका लागि तुच्छ कार्य गरिरहेका छन् ।” देशको माया हुनेले देश र सरकारलाई बल पुग्ने काम गर्छन् की राष्ट्रियता सङ्कटमा परेको बेलामा जथाभावी बोल्छन् भन्दै उनले प्रश्न गरिन् ।
जनताको काममा कुनै पनि बहानामा ढिलासुस्ती गर्न नहुने भन्दै मन्त्री अर्यालले समयमै काम सम्पन्न गर्न कर्मचारीलाई निर्देशन दिइन् । सबै क्षेत्रमा सरकारका कामले गति लिएको अवस्थामा मात्रै ‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने सरकारको नाराले सार्थकता पाउने उनले बताइन् । मन्त्री अर्यालले वर्तमान सरकार जनताका अपेक्षा पूरा गर्न सक्रिय रहेको बताइन् । भारत र चीनसगँ जोडिएका सबै ठाउँमा समस्या एउटै रहेको बताउँदै उनले सरकार कूटनीतिक समाधानको प्रयासमा रहेको बताइन् ।
यसैबीच आजै मन्त्री अर्यालले वालिङस्थित फूलबारी बचत तथा ऋण सहकारी संस्थाको छैटौँ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनको उद्घाटन गर्दै सरकार सहकारीलाई मर्ज गरेर व्यवस्थित रूपमा अगाडि बढाउने योजनाका साथ लागिपरेको उल्लेख गरिन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसंसदका कर्मचारी फकाउन सभामुखदेखि सचेतकसम्म बसे छलफलमा
असार ३, २०८१ सोमबार
सहकार्यको संस्कृतिलाई सबल बनाउन बकर इदको महत्वपूर्ण भूमिका : प्रधानमन्त्री
असार ३, २०८१ सोमबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालको हारले फ्यानका आँखामा आँसु, टुट्यो सुपर–८ को सपना !
नेपालबहस संवाददाता
असार १, २०८१ शनिबार
सन्दीपको सय विकेट, शतक पूरा गर्ने दोस्रो बलरको कीर्तिमान
असार ३, २०८१ सोमबार
नक्कली लाइसेन्स प्रकरणमा यातायात कार्यालयका तत्कालीन प्रमुखसहित ५ जना पक्राउ
असार २, २०८१ आइतबार
जारी टी-२० विश्वकपको सुपर आठको समीकरण पुरा
असार ३, २०८१ सोमबार
इजरायलका प्रधानमन्त्री नेतन्याहुले विघटन गरे युद्ध क्याबिनेट
असार ३, २०८१ सोमबार
कर प्रणालीमा सुधार भए यसै वर्ष थपिन्छ ३ खर्ब राजस्व
असार ३, २०८१ सोमबार
जातिवादको कारक मुगल र पश्चिमा संस्कृति
असार ३, २०८१ सोमबार
हुण्डीे र अनलाइन जुवामा अर्बमाथिको कारोबार, सीआईबीले समात्यो ७ जना
असार ३, २०८१ सोमबार
दार्जिलिङ रेल दुर्घटना : मृत्यु हुनेको संख्या १५ पुग्यो
असार ३, २०८१ सोमबार
बहिरीगामको जङ्गलमा देखिएको फुस्रो चैते चरा
असार ३, २०८१ सोमबार