व्यवस्थित भवन अभावमा पठनपाठन प्रभावित
नेपालबहस संवाददाता
मंसिर ११, २०७६ बुधबार १४:३६:५४
११ मंसिर भोजपुर । व्यवस्थित भवन नहुँदा भोजपुर नगरपालिका–९ पानीट्याङ्कीस्थित एक विद्यालयमा पठनपाठन प्रभावित हुने गरेको छ । वर्षात्मा पानी चुहिन्छ, हिउँदमा शीत तुषारो खस्छ । पुरानो कमजोर छानासहितको जीर्ण भवन छ । आवासीय विद्यालय भएकाले सुत्ने र खाने कोठामा पनि पानी तथा शीत छिर्छ ।
सबै बालबालिका श्रवणशक्ति कमजोर भएका बहिरा छन् । पर्याप्त दक्ष साङ्केतिक शिक्षक पनि छैनन् । विद्यालयको कोठा र छात्रावासमा आकाशेपानी चुहिँदा जाग्राम बस्नुपर्ने वा अन्त कतै ठाउँ सरेर बस्नुपर्ने अवस्था भएको विद्यार्थी एलिसा श्रेष्ठले बताए ।
“हामीलाई पढ्नभन्दा सुत्न र खाना बनाउन समस्या हुन्छ”, उनले भने, “सबै पानी चुहिन्छ, राति पानी पर्दा ठाउँ सारी सारी जाग्राम बस्नुपर्ने बाध्यता छ ।” विद्यालय स्थापनापछि जिल्लाका विभिन्न ग्रामीण भेगबाट श्रवणशक्ति कमजोर भएका विद्यार्थीको भर्ना हुने सङ्ख्या बढ्दो छ । विद्यालयमा अहिले बालिकाको सङ्ख्या धेरै छ । साँघुरो र जीर्ण भवनमै पठनपाठन गर्नुपर्दा सास्ती भएको शिक्षकहरु सुनाउँछन् ।
फरक क्षमताका बालबालिकालाई गुणस्तरीय शिक्षा दिने उद्देश्यले डेढ वर्षअघि भूकम्पले जीर्ण बनाएको भवनमा विद्यालय स्थापना गरिएको थियो । कक्षाकोठा र छात्रावासको राम्रो प्रबन्ध नहुँदा विद्यार्थी–शिक्षक दुवैलाई समस्या हुने गरेको शिक्षक सरिता तामाङले बताए । उनले भने, “छानो पुरानो र भवन जीर्ण भएकाले वर्षात्मा पानी चुहिन्छ, हिउँदमा शीत पस्छ । कक्षाकोठा पनि साँघुरो छ, छात्रावासमा सबैभन्दा बढी समस्या हुन्छ । पठनपाठनमा असर पु¥याएको छ ।”
बोल्न र सुन्न नसक्ने विद्यार्थीलाई साङ्केतिक भाषाका माध्यमले पढाइनुका साथै टाढाका विद्यार्थीलाई खाने र बस्ने पनि व्यवस्था मिलाइएको छ । बालबालिकाको सङ्ख्या बढ्दै गएकाले भवन थप्नुपर्ने अवस्था भएको शिक्षक शन्तकुमार तुम्बापोले सुनाए। विद्यालयमा अहिले १३ श्रवणशक्ति कमजोर भएका विद्यार्थी छन् । भूकम्पले जीर्ण बनाएको भवनलाई टालटुल तथा घेरबार गरेर विद्यालय सञ्चालन गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबहुप्राविधिक शिक्षालयको शैक्षिक गुणस्तर खस्किँदै
बैशाख ३१, २०८१ सोमबार
दमक बहुमुखी क्याम्पसमा ई–लाइब्रेरी सञ्चालनमा
बैशाख ३०, २०८१ आइतबार
वीरगञ्जमा गर्मी बढेसँगै बिहानी कक्षा सञ्चालन
बैशाख २६, २०८१ बुधबार
गिरीबन्धु टि स्टेटको जग्गा किनबेचमा पुनरावलोकन गर्न नपाइने, नैतिक संकटमा ओली
जेठ २, २०८१ बुधबार
भान्सामा राखिएका यी चिजले घरमा गरिबी ल्याउछ आजै हटाउनुहोस्
जेठ २, २०८१ बुधबार
बिहिबारदेखि काठमाडौंका यी क्षेत्रमा ६ घण्टा विद्युत अवरुद्ध हुने
जेठ २, २०८१ बुधबार
हृदयाघातबाट दैनिक १० हजार युरोपेलीको मृत्यु
जेठ २, २०८१ बुधबार
लाङटाङ हिमाल पदमार्गमा सरसफाइ गरिने
जेठ २, २०८१ बुधबार
टेबल टेनिस खेलाडी स्यान्टु पेरिस ओलम्पिकमा छनोट
जेठ २, २०८१ बुधबार
दुबई र कुवेतमा कार्यालय खोलेर नेपालबाट मानव तस्करी
जेठ २, २०८१ बुधबार
ट्राफिकको यान्त्रिक चेकिङमा ५३ जना चालकमाथि कारबाही
जेठ २, २०८१ बुधबार
पेट्रोलियम पदार्थको मूल्य घट्यो
जेठ २, २०८१ बुधबार