केन्द्र सरकारको ढोका हान्दै स्थानीय सरकार
नेपालबहस संवाददाता
मंसिर १३, २०७६ शुक्रबार १४:५३:५१
१३ मंसिर, काठमाडौं । अधिकार दिए, पैसा दिएनन् : विकास निर्माणका काम गर्न बजेट छैन । याे स्थानीय सरकारका प्रतिनिधिले केन्द्र सरकारमाथि लगाएकाे आराेप हाे । स्थानीय जनप्रतिनिधिलाई स्थानीयको समस्याले सताउन थालेको छ तर केन्द्र सरकार भने स्थानीय सरकारलाई निकासा गर्नुपर्ने बजेट निकासा गरीरहेको छैन । दुई तिहाइको शक्तिशाली सरकारका अर्थमन्त्री युवराज खतिवडा देशको अर्थमन्त्रालयमा पदासिन छन् । तर, बाँडफाँड भएकाे बजेट स्थानीय निकायमा नपुग्दा विकास निर्माणका प्राय सबै काम रोकिएको छ ।
केन्द्र सरकारको यस्तो रवैयाले विकास निर्माणका काम बजेट अभावले पूरा गर्न मुस्किल भएपछि जाजरकोटका जनप्रतिनिधि सङ्घीय सरकारको ढोका घचघच्याउन बाध्य भएका छन् । जिल्लाका स्वास्थ्य संस्था, खानेपानी, विद्युत् र सडक निर्माण गर्नका लागि स्थानीय तहका प्रमुख सङ्घीय सरकारसँग बजेट माग गरेका हुन् ।
स्थानीय तहले काम तीव्रताका साथ गर्नका लागि बोलपत्र आह्वान गरिसकेको तर सङ्घीय सरकारले पठाउनुपर्ने बजेट नपठाउँदा काम अवरुद्ध भएपछि उनीहरु बजेट माग्न काठमाडौं आएको नलगाड नगरपालिकाका नगरप्रमुख टेकबहादुर रावलले बताए ।
रावलका अनुसार नलगाड नगरपालिका वडा नं १, ४, ५, ६, ९, १० र १२ मा निर्माण हुन लागेका स्वास्थ्य संस्थामा बजेट नहुँदा निर्माणको काम अगाडि बढ्न सकेको छैन । त्यस्तै सिँचाइ गर्नका लागि छनोटमा परेका योजनामा बजेट सङ्घीय सरकारले नपठाउँदा काम अगाडि बढाउन नसकिएको रावलले बताए ।
खेलकूद मन्त्रालयले बजेट नपठाउँदा नलगाड–८ मन्मैस्थित रङ्गशाला निर्माणको काम अवरुद्ध हुँदै आएको छ । त्यस्तै सडक, खानेपानी निर्माणका लागि बजेट पर्याप्त नभएकाले माग गर्न सङ्घीय सरकारसँग अनुरोध गरिएको बारेकोट गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले जानकारी दिए ।
अधिकार दिने तर पैसा नदिने परिपाटीले गर्दा काम गर्न समस्य हुँदै आएको उहाँको भनाइ छ । त्यस्तै भेरी नगरपालिकाले कालिकामा निर्माण गर्न लागेको दृष्यावलोकनमा बजेट नहुँदा काम सञ्चालन हुन नसकेको भेरी नगरपालिकाका नगरप्रमुख चन्द्रप्रकाश घर्तीले बताए । पटक, पटक ताकेता गर्दा पनि बजेट नगरपालिकामा नजाँदा काम शुरु गर्न नसकिएको उनले बताए । तीन दिनसम्म काठमाडौं बस्दा पनि स्वास्थ्यमन्त्रीलाई भेट्न नसकिएको उनको गुनासो छ ।
ऊर्जामन्त्री वर्षमान पुन र वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतलाई आएकै दिन भेट्न पाएका जनप्रतिनिधिले स्वास्थ्यमन्त्रीलाई भने तीन दिनसम्म भेट गर्न नपाएको गुनासो गरेका छन् । खानेपानीमन्त्री वीना मगरलाई वन मन्त्रालयमै भेट भए पनि अन्य मन्त्री भेट्न मुस्किल भएको गुनासो स्थानीय तहका प्रमुखले गरेका छन् । वनमन्त्री र ऊर्जामन्त्रीले जाजरकोट मङ्सिर १७ गते भ्रमण गरेर थप योजना र गुनासो सम्बोधन गर्ने बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रपति पौडेल र जर्मनीका समकक्षी स्टाइनमायरबीच भेटवार्ता
असार ३, २०८१ सोमबार
पार्टीमा वैचारिक मतभेद छैनः अध्यक्ष नेपाल
असार ३, २०८१ सोमबार
राष्ट्रपति पौडेललाई बर्लिनमा गार्ड अफ अनर
असार ३, २०८१ सोमबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालको हारले फ्यानका आँखामा आँसु, टुट्यो सुपर–८ को सपना !
नेपालबहस संवाददाता
असार १, २०८१ शनिबार
सन्दीपको सय विकेट, शतक पूरा गर्ने दोस्रो बलरको कीर्तिमान
असार ३, २०८१ सोमबार
दार्जिलिङ रेल दुर्घटना : मृत्यु हुनेको संख्या १५ पुग्यो
असार ३, २०८१ सोमबार
जारी टी-२० विश्वकपको सुपर आठको समीकरण पुरा
असार ३, २०८१ सोमबार
लहानका बस्तीमा डकैतीको अफवाह नफैलाउन र भ्रममा नपर्न प्रहरीको आग्रह
असार ३, २०८१ सोमबार
राष्ट्रपति पौडेल र जर्मनीका समकक्षी स्टाइनमायरबीच भेटवार्ता
असार ३, २०८१ सोमबार
उत्तर कोरिया जाँदै रुसी राष्ट्रपति पुटिन
असार ३, २०८१ सोमबार
प्रधानमन्त्रीसँग विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशकको शिष्टाचार भेट
असार ३, २०८१ सोमबार
सडक कालोपत्र गर्ने काम बीचमै छाडेर ठेकेदार फरार
असार ३, २०८१ सोमबार
पार्टीमा वैचारिक मतभेद छैनः अध्यक्ष नेपाल
असार ३, २०८१ सोमबार