ट्युनिसियामा मृत्यु हुने पर्यटकको सङ्ख्या २६ पुग्यो, १७ घाइते
नेपालबहस संवाददाता
मंसिर १७, २०७६ मंगलबार १२:९:५
१७ मंसिर एजेन्सी । ट्युनिसियामा भएको दुर्घटनामा परी मृत्यु हुने पर्यटकको संख्या २६ पुगेको छ । देशको उत्तरी क्षेत्रमा आइतबार भएको सो सवारी दुर्घटनामा परी मृत्यु हुनेको संख्या सोमबारसम्म बढेर २६ पुगेको अधिकारीहरुले जनाएका छन् ।
घटनामा परी अरु १७ जना घाइते पनि भएको समाचारमा जनाइएको छ । ट्युनिसियाका आन्तरिक मामिला मन्त्रीले दिएको जानकारी अनुसार घाइते मध्ये केहीको अवस्था गम्भीर रहेको छ ।
राजधानी ट्युनीसबाट ऐन स्नाउसी क्षेत्रतर्फ जाँदै गरेको गाडी दुर्घटना भएको अधिकारीहरुले जनाएका छन् । दुर्घटना भएका बेला गाडीमा ४५ यात्रु रहेका थिए । प्रारम्भिक विवरणअनुसार बस सडकबाट चिप्लिएर एक खोलामा खसेर दुर्घटना भएको प्रहरीको भनाइ छ ।
देशको हिमाली क्षेत्रमा भएको उक्त घटनामा घाइते भएकामध्ये केहीको अवस्था गम्भीर रहेको अस्पताल स्रोतले जनाएको छ । घटनाका बारेमा छानविन सुरु भइसकेको प्रहरी अधिकारीहरुले जनाएका छन् ।
देशका राष्ट्रपति कैस सैद र बाहिरिदै गरेका प्रधानमन्त्री युसेफ चाहेडले घटनास्थलमै पुगेर घाइते र मृतकका आफन्तप्रति सहानुभूति व्यक्त गरेका छन् ।
दुर्घटनामा परेका सवै जना ट्युनिसियाका नागरिक भएको जनाइएको छ । खराब अवस्थाको सडकका कारण ट्युनिसियामा धेरै दुर्घटना हुने गरेको छ । गत बर्ष सन् २०१८ मा मात्रै सडक दुर्घटनाका कारण ट्युनिसियामा एक हजार १०० नागरिकको मृत्यु भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदार्जिलिङ रेल दुर्घटना : मृत्यु हुनेको संख्या १५ पुग्यो
असार ३, २०८१ सोमबार
साउदी अरबमा अत्यधिक गर्मीका कारण १४ हजयात्रीको मृत्यु
असार ३, २०८१ सोमबार
भारतमा रेल दुर्घटनामा परी पाँच जनाको मृत्यु
असार ३, २०८१ सोमबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालको हारले फ्यानका आँखामा आँसु, टुट्यो सुपर–८ को सपना !
नेपालबहस संवाददाता
असार १, २०८१ शनिबार
सन्दीपको सय विकेट, शतक पूरा गर्ने दोस्रो बलरको कीर्तिमान
असार ३, २०८१ सोमबार
नक्कली लाइसेन्स प्रकरणमा यातायात कार्यालयका तत्कालीन प्रमुखसहित ५ जना पक्राउ
असार २, २०८१ आइतबार
जारी टी-२० विश्वकपको सुपर आठको समीकरण पुरा
असार ३, २०८१ सोमबार
कर प्रणालीमा सुधार भए यसै वर्ष थपिन्छ ३ खर्ब राजस्व
असार ३, २०८१ सोमबार
जातिवादको कारक मुगल र पश्चिमा संस्कृति
असार ३, २०८१ सोमबार
हुण्डीे र अनलाइन जुवामा अर्बमाथिको कारोबार, सीआईबीले समात्यो ७ जना
असार ३, २०८१ सोमबार
दार्जिलिङ रेल दुर्घटना : मृत्यु हुनेको संख्या १५ पुग्यो
असार ३, २०८१ सोमबार
बहिरीगामको जङ्गलमा देखिएको फुस्रो चैते चरा
असार ३, २०८१ सोमबार
मौरी घारबाट मह निकाल्दै किसान
असार ३, २०८१ सोमबार