सित्तैमा पाएपछि पहिलो पटक लगाए गृहमन्त्रीले दौरा–सुरुवाल !
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
मंसिर १७, २०७६ मंगलबार १५:२३:४२
![](https://nepalbahas.prixacdn.net/media/albums/rambhadur-thapa_AJvuNAdgM3.jpg)
१७ मंसिर, काठमाडौं । ‘…पायो भने अलकत्रा पनि जिब्राले चाट्छन्’ भन्ने उखान चरितार्थ गरेका छन्, गृहमन्त्री रामबहादुर थापा बादलले । मन्त्री भएर शपथ खाँदासमेत बादलले दौरा–सुरुवाल लगाएनन् । चिनियाँ राष्ट्रपति सी जिनपिङको स्वागतमा विमानस्थलमा उपस्थित हुँदा अनिवार्य रूपमा दौरा–सुरुवाल लगाउन प्रधानमन्त्रीले निर्देशन दिँदा पनि बादलले अस्वीकार गरे । तर, आइतबार रंगशालामा उनी अचानक दौरा–सुरुवालमा प्रकट भए, यो दौरा–सुरुवाल दक्षिण एसियाली खेलकुद (साग) आयोजक समितिको तर्फबाट उनले निःशुल्क पाएका थिए ।
राष्ट्रपतिसामु शपथ खाँदा मात्र होइन, चिनियाँ राष्ट्रपतिको स्वागतमा प्रधानमन्त्रीको निर्देशनविपरीत सर्ट–पाइन्टमा उपस्थित गृहमन्त्री बादल पहिलोपटक दौरा–सुरुवालमा, रक्षामन्त्री ईश्वर पोखरेल र क्रिकेटर पारस खड्का । गृहमन्त्रीलाई मात्र होइन, उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटा, खेलकुदमन्त्री जगत विश्वकर्मालगायत ४० जना भीआइपीले सित्तैमा दौरा–सुरुवाल पाएका छन् ।
सागका लागि विनियोजित बजेटबाट उनीहरूले छालाको कालो जुत्ता, मोजा र टोपीसम्म पाएका छन् । तर, दुर्भाग्य ! नेपाली खेलाडीले दौरा–सुरुवालमा मार्चपास्ट गर्ने भनिएकोमा क्रिकेट खेलाडीका लागि दौरा–सुरुवाल सिलाउन नभ्याइएको भन्दै उनीहरूलाई ट्र्याक–सुटमै हिँडाइएको थियो । खेलकुदको पैसा दुरुपयोग भएको भन्दै अर्थमन्त्री डा. युवराज खतिवडाले दौरा–सुरुवाल अस्वीकार गरेका छन् ।
उनले सागको नाममा भएको खर्च विवरण हेरेर अनियमिततालाई अस्वीकार गर्न अर्थका अधिकारीहरूसँग संक्षिप्त अनौपचारिक छलफल पनि गरेका छन् । आयोजना र व्यवस्थापनका लागि सरकारले पौने चार अर्ब रकम विनियोजन गरेको छ । यो रकमबाट नेपालसहित दक्षिण एसियाका सात राष्ट्रका खेलाडी, प्रशिक्षक, प्राविधिक र प्रतिनिधि गरी झन्डै ६ हजार सहभागीको नेपाल बसाइ व्यवस्थापन हुनेछ । यही रकमबाट नेपाली खेलाडीको तयारी पनि गर्नुपर्नेछ । तर, आर्थिक रूपले पनि आफ्नो पोसाक आफैँ व्यवस्था गर्न सक्ने विशिष्ट व्यक्तिहरूले खेलकुदका लागि आएको रकमबाट एक–एक जोर कपडा जोडेका छन् ।
साग प्रतियोगिता आयोजनाका लागि मन्त्रिपरिषद्ले नै प्रधानमन्त्री ओलीको अध्यक्षतामा उच्चस्तरीय निर्देशन समिति गठन गरेको थियो । यी मन्त्रीहरू समितिका सदस्य छन् । समितिमा प्रदेश नं. ३ का मुख्यमन्त्री डोरमणि पौडेल, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ, मुख्यसचिव लोकदर्शन रेग्मी पनि छन् । उनीहरूका लागि पनि एक–एक जोर कपडा व्यवस्था भएको छ ।
यस्तै, आयोजक समितिका अध्यक्ष खेलकुदमन्त्री, काठमाडौं महानगरपालिकाका प्रमुख, ललितपुर महानगरपालिकाका प्रमुख, पोखरा महानगरपालिकाका प्रमुख, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष, परराष्ट्र मन्त्रालयका सचिव, अर्थ मन्त्रालयका सचिव, युवा खेलकुद मन्त्रालयका सचिव, नेपाल प्रहरीका महानिरीक्षक, सशस्त्र प्रहरी बलका महानिरीक्षक, नेपाली सेनाका रथीले पनि सागकै खर्चमा दौरा–सुरुवाल सिलाएका छन् ।
मन्त्रीलगायत विशिष्ट व्यक्तिहरूका लागि त्रिपुरेश्वरस्थित वल्र्ड ट्रेड सेन्टरको भुइँ तलामा रहेको श्रीनाथ कलेक्सनमा दौरा–सुरुवाल सिलाइएको हो । श्रीनाथ कलेक्सनले खेलाडीसहित विशिष्टका लागि ८ सय ४० थान दौरा, सुरुवाल र कोट सिलाउने ठेक्का पाएको हो ।
राखेपले भने मन्त्रीहरूलाई दौरा–सुरुवाल दिने निर्णयको बचाउ गरेको छ । ‘हामीले साग आयोजनाका लागि गठित उच्चस्तरीय निर्देशन समितिमा रहनुभएका सबै पदाधिकारीलाई कोटसहितको पोसाक दिएका हौँ,’ १३औँ साग सचिवालयका प्रमुख कमल खनालले भने ।
१३औँ सागअन्तर्गत गठित खेल सामग्री, उपकरण तथा पोसाक व्यवस्थापन समितिका सचिव बज्र केसीले उच्चस्तरीय निर्देशन समितिका सदस्यदेखि खेलाडी र सबैका लागि पोसाक सिलाउने ठेक्का श्रीनाथ कलेक्सनलाई दिएको खबर आजको नयाँ पत्रिका दैनिकमा छ ।
उनले भने, ‘सबैको पोसाक सिलाउने ठेक्का श्रीनाथ कलेक्सनलाई दिएको हो । सिलाउने काम अझै सकिएको छैन । धमाधम हुँदै छ ।’ राष्ट्रिय पोसाक लगाउने घडी अर्थात् उद्घाटन भने सम्पन्न भइसकेको छ । अब भने खेलाडी आ–आफ्ना खेलका जर्सी लगाएर मैदानमा उत्रिसकेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारको बेइमानी : १३ लाख बालबालिकाको भविष्य जोखिममा
कात्तिक ८, २०८० बुधबार
राजधानीको हल्चोक स्थित रातामाटामा चङ्गा उडाउँदै [ फोटोफिचर ]
असोज २३, २०८० मंगलबार
अनधिकृत अनुवाद र पाइरेसीको विकृत धन्दा, एउटाको दुःख, अर्कोलाई मोज
असोज ८, २०८० सोमबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालको हारले फ्यानका आँखामा आँसु, टुट्यो सुपर–८ को सपना !
नेपालबहस संवाददाता
असार १, २०८१ शनिबार
५१ प्रहरी कर्मचारीहरुलाई ट्राफिक प्रशासन तालिम प्रदान
असार २, २०८१ आइतबार
नक्कली लाइसेन्स प्रकरणमा यातायात कार्यालयका तत्कालीन प्रमुखसहित ५ जना पक्राउ
असार २, २०८१ आइतबार
सशस्त्रमा आफू भए सबै ठीक, नभए संगठन नै बेठीक ?
असार ३, २०८१ सोमबार
शुक्लागण्डकीमा पाँच हजार कफीका बिरुवा वितरण
असार ३, २०८१ सोमबार
बालेन शाह ब्राजिल प्रस्थान
असार ३, २०८१ सोमबार
कोशीमा ‘एक विद्यालय, एक नर्स कार्यक्रम’ प्रभावकारी
असार ३, २०८१ सोमबार
काठमाडौं उपत्यकामा पेट्रोलियम पदार्थको अभाव !
असार ३, २०८१ सोमबार