नेपाली राजनीतिमा बढ्दो अपराधीकरण
नेपालबहस संवाददाता
मंसिर १९, २०७६ शुक्रबार १:४८:४१
राजनीतिमा अपराध र अपराधको राजनीति विश्वभरि अध्ययनको विषय हो । नेपाली राजनीतिमा अपराधको राजनीतशास्त्र अध्ययनको नविनतम विषय हुनसक्छ । पछिल्लो समयका घटनाक्रमलाई हेर्दा नेपाली राजनीति र अपराधको सम्बन्ध झनै पेचिलो विषय बनिरहेको छ । केही महिनाको अन्तरालमै नेपाली राजनीतिमा सक्रिय विभिन्न जिम्मेवार नेताहरुका अपराधका फेहरिस्तले यही कुरा बताउँछ ।
सभामुख कृष्णबहादुर महरा संसद सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि जबर्जस्ती करणी गरेको आरोपमा पुर्पक्षका लागि डिल्लीबजार जेलमा छन् । नेपाली काङ्ग्रेसबाट रौतहट–२ बाट निर्वाचित सांसद मोहम्मद आफ्तब आलम वि.सं. २०६४ सालको संविधानसभा चुनावको पूर्वसन्ध्यामा रौतहटको राजपुर खदवामा भएको बम विस्फोटमा घाइते भएकाहरुलाई जिउँदै इट्टाभट्टामा लगेर मारेको आरोपमा जिल्ला अदालत रौतहटका न्यायधीश दीपक ढकालको इजलासले पुर्पक्षका लागि डिल्लीबजार जेल पठाएको छ । उनी विरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र बम बिस्फोट सम्बन्धी कसुर गरी तीन वटा मुद्दा दायर गरिएको छ ।
त्यस्तै समाजवादी पाटी नेपालका सांसद हरिनारायण रौनियारलाई भ्रष्टाचारको आरोप छ । पप्पु कन्स्र्टक्सनका मालिक समेत रहेका रौनियारमाथि आर्थिक हिनामिनामा अख्तिायारमा मुद्दा चलिरहेको छ । नेकपाका कैलालीबाट निर्वाचित सांसद नारदमुनि रानालाई रातो पासपोर्ट बिक्री गरेको आरोपमा सर्वाेच्चमा मुद्दा छ । राजपा सांसद रेशम चौधरीलाई जिल्ला अदालत रौतहटले जन्मकैदको फैसला गरेपछि थुनामा छन् ।
कमिसनका लागि मात्र प्रहरीमा चाहिँदै नचाहिएका हतियार किनिन्छन् । हतियार किन्नु राज्यको आवश्यकता भन्दा पनि घुसखोरहरुको आवश्यकता हो भनेर सामान्य प्रहरीले पनि बुझ्छ तर ती हतियारबाट करोडौ घोटाला गर्नेहरुलाई जोगाइन्छ । सेटिङ नमिलेर मात्रै केही उच्च प्रहरीले बाहेक कसैले सजाय भोग्नु पर्दैन ।
पूर्वसांसद तथा राज्यमन्त्री श्यामसुन्दर गुप्ताले अपहरण मुद्दामा सजाय भोगिरहेका छन् । नेकपाका अर्का सांसद पार्वत गुरुङलाई ज्यान मार्ने उद्योगमा संलग्न भएको आरोपमा केही समय अगाडि प्रहरीले पक्राउ ग¥यो । यस्ता थुप्रै उदाहरण छन्, जसको लामो विवरण बनाउन सकिन्छ ।
अपराध त विश्वभरि नै छ र हुन्छ । दक्षिण एशियाको राजनीतिमा अपराध अझ बढी भएको अध्ययनहरुले देखाएका छन् । भारतको सन् २०१९ को लोकसभा निर्वाचनमा ५४० सांंसदमध्ये ४३ प्रतिशत अपराधी पृष्ठभूमिका रहेको एक अध्ययनले देखाएको छ । त्यसैको प्रभाव नेपाली राजनीतिमा पनि परिरहेको छ । खुला भारतीय सीमा नाकाको फाइदा उठाउँदै अपराधिक गतिविधिहरु फस्टाइरहेका छन् । कानुनी राज्यमा अपराधीहरुले संविधान र कानुन अनुसार सजाय पाउँछन् र पाउनुपर्छ ।
विदेशतिर भ्रष्टाचार र अपराधजन्य गतिविधिमा संलग्न भएको आरोपमा प्रधानमन्त्री, राष्ट्रपति तथा उच्च ओहदाका राजनैतिक व्यक्तित्वहरु समेत जेल गएको हामीले सुन्दै पढ्दै आएका छौँ । तर के हाम्रो देशमा ठूला पदका कुनै मान्छेले अपराधै गरेका छैनन् होला ? किन कोही जेल जानु पर्दैन ? सुन काण्डमा विभिन्न दलका प्रभावशाली नेताहरुको नाम जोडिन्छ तर छानविन गर्नेसम्म हिम्मत गरिदैन ।
नेपालमा राजनैतिक दलमा क्रियाशील नेताहरुको बाहिरी कुनै आम्दानी देखिँदैन तर पनि उनीहरुको जीवनशैली उच्च प्रकृतिको देखिन्छ । कुनैपनि दलमा पारदर्शिता भन्ने छैन । तिनको आन्तरिक लोकतन्त्र फगत गफमात्रै हुन पुगेको छ । चुनावमा ठूलो धनराशी खर्च गर्ने खराब संस्कारको विकास पनि अरु कसैले नगरी तिनै राजनीतिक अपराधको धन्धा चलाउनेहरुबाटै भएको हो ।
वाइडबडी र न्यारोबडीका काण्डहरुको तमासा छुट्टै छ । देशलाई आवश्यकै नभएको वाइडबडी जहाज किनिन्छ, अनि सम्बन्धित मन्त्री नै त्यसमा जोडिन्छन् । तर त्यसको कुनै खोजविन हुँदैन । कमिसनका लागि मात्र प्रहरीमा चाहिँदै नचाहिएका हतियार किनिन्छन् । हतियार किन्नु राज्यको आवश्यकता भन्दा पनि घुसखोरहरुको आवश्यकता हो भनेर सामान्य प्रहरीले पनि बुझ्छ तर ती हतियारबाट करोडौ घोटाला गर्नेहरुलाई जोगाइन्छ । सेटिङ नमिलेर मात्रै केही उच्च प्रहरीले बाहेक कसैले सजाय भोग्नु पर्दैन ।
पछिल्लो समय सभामुख कृष्णबहादुर महरा र मोहम्मद अफ्ताब आलमको प्रकरणबाट पनि नेपाली राजनीतिभित्र विगतदेखि नै हुर्किदै गएको अपराध कति गहिरो छ भन्ने बुझ्न धेरै गाह्रो छैन । हामीले हाम्रो राजनीतिक व्यवस्था जतिजति नयाँनयाँ बनाउँदै गयौँ, त्यतित्यति अपराधका नयाँ नयाँ स्वरुपहरु राजनीतिमा देखिइरहेका छन् ।
नेपालमा राजनैतिक दलमा क्रियाशील नेताहरुको बाहिरी कुनै आम्दानी देखिँदैन तर पनि उनीहरुको जीवनशैली उच्च प्रकृतिको देखिन्छ । कुनैपनि दलमा पारदर्शिता भन्ने छैन । तिनको आन्तरिक लोकतन्त्र फगत गफमात्रै हुन पुगेको छ । चुनावमा ठूलो धनराशी खर्च गर्ने खराब संस्कारको विकास पनि अरु कसैले नगरी तिनै राजनीतिक अपराधको धन्धा चलाउनेहरुबाटै भएको हो । चुनावमा टिकट दिँदा नै इमान्दार, घुस नखाने, नैतिकता भएको नेतालाई बञ्चित गरी पाटीभित्रै अवैध तरिकाले अकुत सम्पति आर्जन गरेकाहरुलाई प्राथमिकता दिने प्रवृत्ति सबैभन्दा खतरनाक छ ।
ठेकेदार, तस्कर, दलाल, कर्मचारी, कमिसनवालाहरुले ठूलो धनराशी खर्च गरेर चुनाव जिताउँछन्, चुनाव जितेपछि नेता जनताको काममा भन्दा तिनै पैसा हालेर चुनाव जिताउने दलालहरुको चित्त बुझाउनतिर लाग्छन् । अनि ठूलाठूला ठेक्कापट्टा तिनैले पाउँछन् । राजनीतिक संरक्षण पाएपछि अपराधीहरुको मनोबल बढ्छ । गुण्डा पाल्ने राजनैतिक दलले जनताको समस्या कसरी बुझ्ला ? आप्mनो पाटीको जस्तो अपराधी भए पनि त्यसको संरक्षण गर्न ठूला दलका ठूला नेताहरु नै कम्मर कसेर लागेपछि कसरी राजनीति सुध्रिएला ?
पुलिस, कर्मचारी, वकिल, राजनैतिक दलका नेता र अपराधीहरुका बीचमा यस्तो नेटवर्क बनिरहेको छ, जसलाई सजिलै तोड्न सकिने स्थिति छैन । कानुन पालना गराउने सबै निकायहरु यसरी अपराधमा जोडिएपछि अनि कसरी सुशासन र पारदर्शिता कायम होला ? नेपाल प्रहरीका आईजीपीदेखि उच्च अधिकृतहरु ठूलाठूला घोटालामा आफै संलग्न भएका छन् । तिनले बाहिर देखाउन कानुन पालना गरेजस्तो गरे पनि ठूला तस्कर, दलाल र अपराधीहरुसँग मिलेर राज्य लुट्ने लिगलिगे दौडमा कम्मर कसेर लागेका देखिन्छन् ।
अपराधीको कुनै पनि जात हुँदैन, धर्म हुँदैन, भाषा हुँदैन । अपराधी अपराधी नै हो । अपराधीसँग सम्बन्ध हुने नेताहरुलाई कार्यकर्ताले नै नाङ्गेझार पार्नुपर्छ । दलका होलटाइमर नेता कार्यकर्ताहरुले आफ्नो आम्दानीको स्रोत सार्वजनिक गर्नुपर्छ । विभिन्न दलका हजारौ कार्यकर्ताहरुले बाहिर देखिने कुनै पेशा वा व्यवसाय नै नगरी कसरी विलासी जीवन बिताइरहेका छन् भन्ने प्रश्न आम जनताको मनमा उठेको छ ।
नेताले बढी पैसा आउने ठाउँ जस्तै मालपोत, कर, अन्तशुल्क, भन्सार, एयरपोर्ट आदिमा आफ्ना दाता कर्मचारीलाई पठाउँछन् र कर्मचारीले नेतालाई कमिशन दिन्छन् । आज नेपालको कुन निकाय चोखो होला भनेर गहिरिएर अध्ययन गर्ने हो भने जताततै निराशा शिवाय केही छैन । प्रहरी, सेना, कर्मचारीतन्त्र, राजनीति, अदालत, विद्यालय जताततै भ्रष्टाचारी र अपराधीहरुको अचम्मलाग्दो साँठगाँठ छ ।
अझ रोचक कुरा त के छ भने भ्रष्टाचार हेर्ने संवैधानिक निकाय अख्तियारको नेतृत्व र कर्मचारीले नै भ्रष्टाचार गर्ने, अपराधीलाई संरक्षण गर्ने भनेपछि अब जनताले कोबाट के को आशा गर्ने ? यो हाम्रो आजको आधुनिक सभ्य समाज र राज्यका लागि पटक्कै सुहाउने विषय होइन ।
राजनीति खाली पदका लागि मात्र होइन, राजनीति पैसा कमाउनका लागि पनि हैन, राजनीति सेवाका लागि हो र हुनुपर्छ । राजनीति दल र तिनका संरचनाहरु असाध्र्यै जिम्मेवार, उत्तरदायी र पारदर्शी हुनुपर्छ । राजनीतिमा सेवाको भावबाट प्रेरित स्वच्छ र ऊर्जाशील युवाहरुको प्रवेश हुनुपर्छ । अपराधीको कुनै पनि जात हुँदैन, धर्म हुँदैन, भाषा हुँदैन । अपराधी अपराधी नै हो । अपराधीसँग सम्बन्ध हुने नेताहरुलाई कार्यकर्ताले नै नाङ्गेझार पार्नुपर्छ । दलका होलटाइमर नेता कार्यकर्ताहरुले आफ्नो आम्दानीको स्रोत सार्वजनिक गर्नुपर्छ । विभिन्न दलका हजारौ कार्यकर्ताहरुले बाहिर देखिने कुनै पेशा वा व्यवसाय नै नगरी कसरी विलासी जीवन बिताइरहेका छन् भन्ने प्रश्न आम जनताको मनमा उठेको छ ।
यसको अर्थ नेपालको राजनीतिमा इमानदार नेता कार्यकर्ता नै छैनन् भन्ने होइन । सबै दलमा थुप्रै इमान्दार नेता कार्यकर्ताहरुको जमात छ, तर तिनीहरुलाई पद, शक्ति र पैसाको आडमा पछि पारिएको छ । तिनीहरुलाई आफ्नै दलभित्रै निरिह बनाइएको छ । नेपालमा राजनीतिक आवरणका अपराधीहरु पक्राउ पनि भएका छन्, कतिपयले सजाय पनि पाएका छन् तर त्यो असाध्य न्यून मात्रामा छ । यतिबेला कम्तीमा महरा र आलमजस्ता ठूला व्यक्तिहरु पनि पक्राउ परेर अदालती प्रक्रियामा अगाडि बढ्दै गर्दा जनतामा केही आशा पलाएको छ । यसलाई सकारात्मक रुपमा लिनुपर्छ तापनि अझै ढुक्क हुने अवस्था छैन ।
हामी कहाँ अपराधी कुनै कारणबाट पक्राउ परिहाल्यो भने पनि उसलाई छुटाउन राजनीतिक दलका नेता नै लाग्छन् । हामीकहाँ राजनीतिक आशीर्वाद प्राप्त गरेका गुण्डा वा अपराधीहरुले कुर्नै कानुन नै मान्नु पर्दैन, कानुन त सोझासाझालाई फस्याउने वैधानिक अस्त्र मात्रै हो भन्ने देखिएको छ । यतिबेला नेपाली राजनीतिले ठूलो परिवर्तन खोजिरहेको छ । त्यो परिवर्तन कुनै बाहिरी राज्य व्यवस्थाको परिवर्तन नभएर दल र नेताको आन्तरिक जीवनको परिवर्तन हो ।
नेता कार्यकर्ताहरुको जीवनको आर्थिक पारिदर्शिता र शुद्धीकरणको प्रश्नको सही उत्तर मिलेन भने भ्रष्टाचार र अपराधमुक्त राजनीति कुहिरोको काग बन्ने निश्चित छ । अब दलभित्र आन्तरिक शुद्धीकरणको निर्मम अभियान सुरु नगर्ने हो भने आजको पुस्तामात्र होइन, भोलिका कयौँ पुस्ताहरु यसरी नै निस्सासिएर मर्नुपर्ने छ ।
पैसा नहुने र इमानमा बाँच्नेहरु भोकभोकै मर्ने छन्, फटाहा, दलाल, गुण्डा र भिजलान्तेहरुले राज्यमा कब्जा जमाएको इमानदार नेता कार्यकर्ताले टुलुटुलु हेरेर बस्नुपर्ने दुर्भाग्यपूर्ण स्थिति आउने छ । चेतना भया !
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराजनीतिमा पूर्वराष्ट्रपति भण्डारीको सम्भावना कति ?
बैशाख १९, २०८१ बुधबार
सर्वोच्चको आदेशपछि बहुमतमा कन्फ्युज हुन थाले राजनीतिक दल, ५० हो कि ५१ ?
बैशाख १९, २०८१ बुधबार
लगानी सम्मेलन कि विदेशीले नपत्याएको भेला ?
बैशाख १८, २०८१ मंगलबार
एसपीको ड्राइभर कि घुमुवा ?
नेपालबहस संवाददाता
बैशाख १७, २०८१ सोमबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
नेपालबहस संवाददाता
बैशाख १९, २०८१ बुधबार
बिहानै कतार एयरको विमानसँग सिम्रिक हेलिकप्टर ठोक्किन आइपुगेपछि.....
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख नोट चोरी, चोर खोज्दै प्रहरी
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
बैशाख १९, २०८१ बुधबार
सशस्त्र प्रहरी बलका १६ डीआईजी र १८ एसएसपीको सरुवा, मधेश प्रदेशमा धौबजी र कोशीमा सुवेदी
बैशाख १९, २०८१ बुधबार
नेपालगञ्ज मेडिकल कलेजको शेयर संरचना परिवर्तन, अध्यक्षमा व्यवसायी खुमा अर्याल सर्वसम्मत
बैशाख १९, २०८१ बुधबार
आजको मौसम : तराईमा हावाहुरी, पहाडमा हल्का वर्षा
बैशाख २०, २०८१ बिहिबार
वेस्ट इन्डिज 'ए' विरुद्ध आज सिरिजको चौथो खेल खेल्दै नेपाल
बैशाख २०, २०८१ बिहिबार
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै
बैशाख २०, २०८१ बिहिबार
जीबी राईको हत्या भएको भन्दै प्रचार गर्ने डिल्लीराम खनाल पक्राउ
बैशाख १९, २०८१ बुधबार
भावुक स्टाटस लेख्दै सन्दीप लामिछानेले भने- 'म षड्यन्त्रको सिकार भएँ'
बैशाख १९, २०८१ बुधबार
डढेलो निभाउने क्रममा मृत्यु भएकाका परिवारलाई आर्थिक सहयोग
बैशाख १९, २०८१ बुधबार