आज कोहलपुरमा विद्यालय बन्द, कर्फ्यु हट्यो
नेपालबहस संवाददाता
मंसिर २३, २०७६ सोमबार १५:१९:३४
२३ मंसिर काठमाडौं । कोहलपुरमा भएको घटनाको बिरोधमा सोमबार कोहलपुरका सबै विद्यालय बन्द गरिएको छ ।सडक दुर्घटनामा परी विद्यार्थी घाईते भएको विषयलाई आन्दोलनको रुप दिएर तोडफोड र क्षति भएको भन्दै अवस्था शान्तिपुर्ण बनाउनको लागि विद्यालयहरुको बन्द आह्वान गरिएको हो ।
क्रिशाका अध्यक्ष डाँगी, प्याब्सन कोहलपुरका अध्यक्ष यम रावत र नेपाल प्याब्सनका कोहलपुर अध्यक्ष बेग प्रकाश चन्दको संयुक्त हस्ताक्षरमा जारी गरिएको एक विज्ञप्तीमा सोमबार शैक्षिक संस्था बन्द गर्ने उल्लेख गरीएको छ ।
आइतबार स्थानिय त्रिभुवन उच्च माविमा अध्ययनरत छात्रालाई ट्रकले कुल्चीएको थियो । घटनालगत्तै आक्रोशित भएका विदार्थीहरुले कोहलपुरमा आन्दोलन गरेका थिए । आन्दोलनका क्रममा विद्यालय बोकेका सवारी साधनमा समेत तोडफोड गरीएको भन्दै विज्ञप्तीमार्फत गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।
आइतबारको घटनालाई मध्यनजर गर्दै सोमबार सम्पूर्ण शैक्षिक संस्था बन्द गर्ने निर्णय गरिएको क्रिशा बाँकेका अध्यक्ष शिव प्रसाद डाँगीले जानकारी दिए । दुर्घटनामा परेकी बालिकालाई आइतबारनै सेनाको हेलिकप्टरबाट काठमाडौं रिफर गरि थप उपचार भैइरहेको छ ।
यसैबिच कोहलपुरमा आइतबार दिउँसो ३ बजेबाट लगाएको कर्फ्यु हटेको छ । अहिले कोहलपुर आसपास र मुख्य बजार चोकहरुमा पसलहरु खुलेका छन् । बालिका चन्द घाइते भएपछि अब कसरी अघि जाने भन्ने विषयमा विद्यालयमा विद्यार्थीहरुले तयारी गरिएका छन् । बाँके कोहलपुरका विद्यालय आज पूर्ण रुपमा बन्द हुँदा पठनपाठन ठप्प भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबहुप्राविधिक शिक्षालयको शैक्षिक गुणस्तर खस्किँदै
बैशाख ३१, २०८१ सोमबार
दमक बहुमुखी क्याम्पसमा ई–लाइब्रेरी सञ्चालनमा
बैशाख ३०, २०८१ आइतबार
वीरगञ्जमा गर्मी बढेसँगै बिहानी कक्षा सञ्चालन
बैशाख २६, २०८१ बुधबार
गिरीबन्धु टि स्टेटको जग्गा किनबेचमा पुनरावलोकन गर्न नपाइने, नैतिक संकटमा ओली
जेठ २, २०८१ बुधबार
भान्सामा राखिएका यी चिजले घरमा गरिबी ल्याउछ आजै हटाउनुहोस्
जेठ २, २०८१ बुधबार
पेट्रोलियम पदार्थको मूल्य घट्यो
जेठ २, २०८१ बुधबार
हृदयाघातबाट दैनिक १० हजार युरोपेलीको मृत्यु
जेठ २, २०८१ बुधबार
लाङटाङ हिमाल पदमार्गमा सरसफाइ गरिने
जेठ २, २०८१ बुधबार
टेबल टेनिस खेलाडी स्यान्टु पेरिस ओलम्पिकमा छनोट
जेठ २, २०८१ बुधबार
दुबई र कुवेतमा कार्यालय खोलेर नेपालबाट मानव तस्करी
जेठ २, २०८१ बुधबार
ट्राफिकको यान्त्रिक चेकिङमा ५३ जना चालकमाथि कारबाही
जेठ २, २०८१ बुधबार
पेट्रोलियम पदार्थको मूल्य घट्यो
जेठ २, २०८१ बुधबार