विद्यालयमा योग कक्षा शुरु, विद्यार्थीलाई चौतर्फी फाइदा
नेपालबहस संवाददाता
मंसिर २५, २०७६ बुधबार १६:१७:३०
२५ मंसिर तुलसीपुर । दाङको दङ्गीशरण गाउँपालिका–२ स्थित आधारभूत विद्यालय कौवाघारीमा सञ्चालनमा आएको योग कक्षा प्रभावकारी भएको छ । उक्त विद्यालयले विसं २०७४ माघदेखि विद्यालयमा योग कक्षा शुरु गरेको योग शिक्षक रोवरबहादुर ढकालले बताए ।
उनका अनुसार अहिले विद्यालयको सातौँ घण्टीमा उक्त कक्षा सञ्चालन गरिएको छ । अहिले कक्षा ३ देखि ५ सम्मका २० विद्यार्थीले योग कक्षा लिइरहेका छन् । योग कक्षा सञ्चालनमा आएपछि विद्यार्थीलाई सहज भएको उनको भनाइ छ । “पहिले योग किताबमा मात्रै पढाइन्थ्यो, अहिले प्रयोगात्मक नै हुने गरेको छ”, उनले भने, “ यसले विद्यार्थीलाई चौतर्फी फाइदा भएको छ ।” योग कक्षा शुरु भएपछि विद्यार्थीमा स्वास्थ्य, आहारव्यहार, बोली भाषामा समेत परिवर्तन आएको उनको भनाइ थियो ।
उनले पतञ्जली योग समितिको समन्वयमा योग कक्षा सञ्चालनमा आएको भन्दै यसप्रति विद्यार्थी आकर्षित रहेको समेत बताए । अहिले २० विद्यार्थी रहेका र अन्य विद्यार्थीले समेत इच्छा जाहेर गरे पनि उचित साधन, स्रोत नहुँदा केही समस्या रहेको उनको भनाइ छ ।
दाङमा उक्त विद्यालयसहित केही निजी विद्यालयले योग शिक्षा सञ्चालन गरिरहेका छन् । योग कक्षा शुरु भएपछि विद्यार्थीको शैक्षिक अवस्थामा पनि सुधार हुँदै गएको प्रधानाध्यापक लक्ष्मण देवकोटाले बताए । दाङको शैक्षिक सुधार गर्न सबै सामुदायिक विद्यालयले यसरी नै योग कक्षा सुधार गर्नुपर्ने दङ्गीशरण गाउँपालिकाका शिक्षा शाखा प्रमुख विनोद अधिकारीले बताए ।
“योग स्वास्थ्यका लागि मात्रै नभएर चौतर्फी विकासका लागि अपरिहार्य छ”, उनले भने, “दाङका सबै विद्यालयले यसरी नै योग कक्षा सञ्चालन गर्नुपर्छ ।” पछिल्लो समय जिल्लाका गाउँ–गाउँमा योग गर्ने कार्यको विस्तार गरिँदै आइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबहुप्राविधिक शिक्षालयको शैक्षिक गुणस्तर खस्किँदै
बैशाख ३१, २०८१ सोमबार
दमक बहुमुखी क्याम्पसमा ई–लाइब्रेरी सञ्चालनमा
बैशाख ३०, २०८१ आइतबार
वीरगञ्जमा गर्मी बढेसँगै बिहानी कक्षा सञ्चालन
बैशाख २६, २०८१ बुधबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
गिरीबन्धु टि स्टेटको जग्गा किनबेचमा पुनरावलोकन गर्न नपाइने, नैतिक संकटमा ओली
जेठ २, २०८१ बुधबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
जेठ १, २०८१ मंगलबार
सन्दीपको मुद्दाको सुनुवाइ सकियो, फैसला आउँदै
जेठ २, २०८१ बुधबार
दिपेन्द्र आइसीसीको टी-२० वरियतामा टप टेनमा
जेठ २, २०८१ बुधबार
ऐतिहासिक कोतगढीसँगै देखिएको दैलेख सदरमुकाम
जेठ २, २०८१ बुधबार
अमेरिकाले इजरायललाई फेरी हतियार पठाउने तयारी
जेठ २, २०८१ बुधबार
मेलम्ची खानेपानी प्रशोधन केन्द्र
जेठ २, २०८१ बुधबार
शेयरबजारमा नौ दशमलव ५४ अङ्कको गिरावट
जेठ २, २०८१ बुधबार