प्रथम मणिपाल न्युरो सम्मेलन सफलतापूर्वक सम्पन्न
नेपालबहस संवाददाता
मंसिर ३०, २०७६ मंगलबार १:१३:१३
३० मंसिर पोखरा । पोखरामा प्रथम पटक मणिपाल न्युरो सम्मेलन सम्पन्न भएको छ । मणिपाल मेडिकल कलेजको २५ औं बार्षिक उत्सबका अवसरमा नेपाल न्यूरो सर्जिकल सोसाइटी, मणिपाल मेडिकल कलेज एवम् ब्रेन एण्ड स्पाइनल फाउण्डेशन नेपालको आयोजनामा न्युरो सम्मेलन गरिएको हो ।
मंसिर २७ र २८ गते गरिएको सम्मेलनमा पहिलो दिन भारतका प्राध्यापक डा. सतिशचन्द्र गोरे र प्राध्यापक डा. रविन्द्रनाथ कोमी तथा मणिपाल मेडिकल कलेजका न्युरो सर्जरी विभागका सहप्राध्यापकद्वय डा. बालगोपाल कर्माचार्य र डा. निकुञ्ज योगीको टोलीले बेहोस नबनाई दुरबिनबाट गरिने ढाडको अपरेशन सफलतापूर्वक सम्पन्न गरेको डा. योगीले जानकारी दिए ।
सम्मेलनको दोस्रो दिन नेपालका प्रथम न्युरो सर्जन स्वर्गीय डा.उपेन्द्र देवकोटाको सम्झनामा विशेष कार्यक्रम गरिएको थियो । दोस्रो दिनमै ५३ वटा क्लिनिकल रिसर्चका बारेमा सहभागीहरु बीच छलफल गरिएको डा.योगीले बताए ।
मणिपाल मेडिकल कलेजका डिन डा. बिएम नागपाल तथा नेपाल न्युरो सर्जिकल सोसाइटीका अध्यक्ष डा. कृष्ण शर्माले दिप प्रज्ज्वलन गरी शुरु गरिएको न्युरो सम्मेलनमा देश विदेशका गरी करिब १ सय ३० जना न्युरो सर्जन, न्युरोलोजिष्ट, स्पाइनल सर्जन, फिजियोथेरापिष्ट र नर्सहरुको सहभागिता थियो ।
सम्मेलनमा नेपालका बरिष्ठ न्युरो सर्जन डा।बसन्त पन्त, डा.निलम खड्का, न्युरोलोजिष्ट डा।लेखजंग थापा लगायत सहभागी थिए । बेहोस नबनाई दुरबिनको प्रयोग गरेर ढाडको अप्रेशन गरिएका विरामीहरुले आफूहरु अप्रेशन लगत्तै हिंड्डुल गर्न सकेको र कुनै दुःखाई महसुस नगरिएको बताएका थिए ।
देशकै दुर्लभ यसखाले अप्रेशनका लागि मणिपाल मेडिकल कलेजले पनि छिट्टै यो प्रविधिको सुरुवात गर्ने प्रतिबद्धता जनाएको छ ।
कलेजका डिन डा.नागपालले सम्मेलन सफलतापूर्वक सम्पन्न भएकोमा खुसी ब्यक्त गरेको न्युरो सर्जन डा. योगीले बताए। सम्मेलन संचालनमा न्युरो अस्पताल बाँसबारीका डा. रचना नकर्मी लगायतको टिमले सक्रिय भूमिका निभाएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाभ्रेका अठार हजार बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइँदै
जेठ ५, २०८१ शनिबार
जिपीमा डायलासिस सेन्टर स्थापना गर्न एक करोड सहयोग
जेठ ५, २०८१ शनिबार
चिकित्सकको आन्दोलन फिर्ता भएसँगै सेवा सञ्चालन
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
सहकारी प्रकरणको छानबिन गर्नेबारे साझा धारणा बनाउँदै विपक्षी दल
जेठ ६, २०८१ आइतबार
संसदीय समितिको कार्यादेश आज टुंगो लगाइने
जेठ ६, २०८१ आइतबार
अमलेखगञ्जदेखि लोथरसम्म ‘पेट्रोलियम पाइप लाइन’ विस्तार हुँदै
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा थापा निर्वाचित
जेठ ६, २०८१ आइतबार
इरानमा दुई महिलासहित सात जनालाई फाँसी
जेठ ६, २०८१ आइतबार