पर्यटनमैत्री संस्कृतिको विकास गर्न आवश्यक : मुख्यमन्त्री पोखरेल
नेपालबहस संवाददाता
पुस १५, २०७६ मंगलबार १५:२०:४४
१५ पुस रुपन्देही । बुटवलमा दोस्रो सडक खाना महोत्सव सोमबारदेखि शुरु भएको छ । नेपाल भ्रमण वर्ष २०२० र प्रदेश नं ५ सरकारले सञ्चालन गरेको लुम्बिनी भ्रमण वर्ष २०७६ लाई सफल बनाउने उद्देश्यका साथ होटल तथा रेष्टुरेण्ट व्यवसायी सङ्घ रुपन्देहीले सडक खाना महोत्सव आयोजना गरेको हो ।
महोत्सवको उद्घाटन कार्यक्रममा प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले पर्यटनमैत्री संस्कृतिको विकास गर्न आवश्यक रहेको बताए । प्रदेशको समृद्धिको आधार पर्यटन भएकाले जनताको जीवनस्तर परिवर्तन गर्न पर्यटनको विकास आवश्यक रहेको उनको भनाइ थियो । मुख्यमन्त्री पोखरेलले बुटवललाई पर्यटकीय ‘हव’ बनाउन परम्परागत शैलीमा परिवर्तन गरी पर्यटकलाई नयाँ स्वाद र पृथक आनन्दको अनुभूति दिलाउन सक्नुपर्ने बताए ।
मुख्यमन्त्री पोखरेलले हप्तामा एक दिन स–परिवार घर बाहिर गएर खाना खाने परिपाटीको विकास गर्न आवश्यक रहेको बताए । “प्रायः भान्साको काम दिदीबहिनीको हुन्छ । हप्तामा एक दिन अरुको बिदा हुन्छ तर उनीहरुले आराम गर्ने दिन पाउन्न । यसमा सुधार ल्याउन हप्तामा एक दिन घर बाहिर गएर खाने बानीको विकास गर्नुपर्छ”, उनले भने, “यसो गर्दा एक दिन भए पनि महिलालाई आराम मिल्छ ।”
कार्यक्रममा प्रदेश नं ५ का उद्योग पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीले बुटवल बजारलाई रात्रिकालीन बजारको रूपमा व्यवस्थित गर्न आवश्यक रहेको बताए । उनले दिनभरि काम गर्ने र रातिको समयमा मनोरञ्जन गर्नेगरी बुटवललाई २४सै घण्टा उज्यालो शहरका रूपमा विकास गर्न प्रदेश सरकारले योजना बनाएको बताए ।
कार्यक्रममा होटल व्यवसायी महासङ्घका अध्यक्ष हिराध्वज शाह, बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी, होटल तथा रेष्टुरेन्ट व्यवसायी सङ्घ प्रदेश नं ५ का अध्यक्ष भाष्कर काफ्लेलगायतले बुटवल पर्यटन ‘हव’का रूपमा विकसित हुँदै गएको बताए ।
यसअघि कार्यक्रमस्थलबाट विभिन्न जातजातिको सांस्कृतिक पहिचान झल्किने झाँकीसहितको ¥यालीले बजार परिक्रमा गरेको थियो । तीन दिनसम्म सञ्चालन हुने सडक खाना महोत्सवमा नेपाली, इण्डियन, चाइनिज, जापानिज, इटालियन र थाई खाना तथा अन्य खानाका १२५ स्टल राखिएको सङ्घका अध्यक्ष समुन्द्र जिसीले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’
जेठ ३, २०८१ बिहिबार
च्याङ्ग्रा पस्मिना निर्यातसम्बन्धी निर्देशिका सार्वजनिक
जेठ २, २०८१ बुधबार
नेपालमा लगानी गर्न पोल्याण्डलाई चेम्बर अफ कमर्सको आग्रह
जेठ १, २०८१ मंगलबार
सिद्धार्थ बैंकको प्रमुख आम्दानी नै घट्यो, वितरण योग्य मुनाफा २७ करोड माइनसमा
जेठ ३, २०८१ बिहिबार
केपी ओलीले मदन भण्डारीका ‘हत्यारा’ लुकाएकै हुन् ?
जेठ ३, २०८१ बिहिबार
सहकारी ठग्नेलाई कारवाही गर्न ओली किन अनिच्छुक ?
जेठ ३, २०८१ बिहिबार
आइपिएलमा आज मुम्बई र लखनउ खेल्दै
जेठ ४, २०८१ शुक्रबार
५ लाख धरौटीमा छुटे गायक रवि ओड
जेठ ४, २०८१ शुक्रबार
जेठ ७ गते प्रधानमन्त्री प्रचण्डले चौथो पटक विश्वासको मत लिने
जेठ ४, २०८१ शुक्रबार