त्रिपक्षीय स्वार्थमा बन्धक बनेको संसद
नेपालबहस संवाददाता
पुस १६, २०७६ बुधबार १९:५०:१९
सापकोटा सभामुख भएको अवस्थामा संसदले यो कार्यक्रमलाई अनुमोदन गर्ने संभावना न्यून हुने ठम्याई ओलीको रहेको छ । ओली जसरी भएपनि एमसीसी पारित गराउने पक्षमा रहेका छन् । त्यसैगरी अन्य धेरै महत्वपूर्ण काम संसदबाट गराउनुपर्ने भएकाले पनि ओलीको रुची नेम्बाङ रहेको बुझ्न सकिन्छ ।
१६ पुष, काठमाडौं । प्रधानमन्त्री खड्गप्रसाद ओली, राष्ट्रपति विद्यादेवी भण्डारी र पार्टी अध्यक्ष पुष्पकमल दाहालको भित्री स्वार्थका कारण यतिबेला सार्वभौम सम्पन्न संसद बन्धक बनेको छ । पटक–पटकको आन्दोलन र संघर्षबाट बनेको नेपालको संविधानकाे धारा र मर्म विपरित राज्यसंचालनको मुख्य भुमिकामा रहेका व्यक्तिबाट भएको यो कार्यले सार्वभौमसम्पन्न नेपाली नागरिकले अहिले लाजमर्दो परिस्थितिको सामना गर्नु परिरहेको छ ।
भागबण्डाको राजनीतिले ग्रस्त नेपालको शासकीय सोच र प्रवृत्ति थप मौलाउन थालेको छ । जनभावना भन्दा निजी स्वार्थ पूरा गर्ने हतियारका रुपमा दुरुपयोग गर्ने बढ्दो प्रवृत्तिले लोकतान्त्रिक शासन प्रणालीप्रति नै निराशा र आक्रोश बढाउने संकेत दिन थालेको छ ।
जसरी भएपनि सत्ता र शक्तिको स्वाद प्राप्त गर्ने अभिलाशाले अभिशप्त नेपाली समाजको बलियो प्रतिबिम्ब नै राजनीतिक दल र नेता बनेका छन् । मुलुकमा क्रियाशील सबै राजनीतिक दल भित्रको जोड घटाउ भागबण्डामै संकुचित हुन थालेको छ ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसमा भागबण्डाको हिसाब नमिल्दा ठूलै रडाको मच्चिएको छ । यो पुषको कठ्याँग्रिँदो जाडोमा पनि भागबण्डाको राप र तापले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र त अझै झाँग्गिएको छ । दल र नेताको भागवण्डा मोहको शिकार भने नेपाली जनता बन्नु परेको छ । पछिल्लो अवस्थामा नेकपाका नेताले भागबण्डामै कुरा नमिल्दा नेपाली जनताको आस्थाको धरोहरका रुपमा रहेको सार्वभौम संसद नै बन्धक बन्न पुगेको छ ।
हाल खाली रहेको सभामुख पदमा कसलाई लैजाने भन्ने विषयमा नेकपाका दुई पक्ष प्रधानमन्त्री खड्गप्रसाद ओली र पार्टी अध्यक्ष पुष्पकमल दाहालबीच कुरा बाझिंदा सिंगो संसद पंगु र बन्धक बनेको हाे । त्यस विषयमा सेरेमोनियल राष्ट्रपतिले पनि आफ्ना इच्छाकामनाहरु प्रकट गरेपछि गाँठो झन कसिँदै गएको छ । गत पुस ४ गते आह्वान गरिएको संसद बैठक अहिलेसम्म सुचारु हुन सकेको छैन । संसदकाे पहिलो कार्य सूची नै नयाँ सभामुख चयन गर्ने भएकाले यस्तो सकस आइपरेको हो ।
जब महरालाई फसाउने र एमसीसी प्रकरणका नाइके नै नेम्बाङ भएको आरोप लगाइयो, त्यसपछि भने प्रचण्ड हच्केका छन् । पूर्वएमालेकै नेपाल पक्षीय नेताहरुले यो रहष्य खोलिदिएकाले पनि प्रचण्डलाई नेम्बाङको नाममा सहमति गर्न असहज भएको हो । उता, अग्नि सापकोटाको नाममा ओली कुनै हालतमा सहमत हुने अवस्था नभएको स्रोतको दावी छ ।
यौन दुराचारको आरोपमा हिरासतमा रहेका कृष्णबहादुर महराले राजनीनामा दिएपछि रिक्त सभामुख पदमा नेकपाले दावी गरेको छ । तर संविधानतः सभामुख पदमा प्रतिपक्ष दलको नेतृत्व हुनुपर्ने हो । संविधानको धारणा र मर्म विपरित कसलाई सभामुख बनाउने भन्ने सन्दर्भमा नेकपा भित्र सहमति जुट्न सकेको छैन ।
सहमति जुटाउन हिजो पनि पार्टीका दुई शीर्ष नेताले पहल गरे । अध्यक्षद्वय खड्गप्रसाद ओली र पुष्पकमल दाहाल प्रचण्डबीच दुई घण्टा बहस भयो । तर दुबैले फरक व्यक्तिको नाममा अडान लिंदा सहमति जुट्न सकेन । प्रधानमन्त्री समेत रहेका ओली पूर्वसभामुख सुभाषचन्द्र नेम्बाङलाई पुन सभामुख बनाउन चाहन्छन् । तर अर्का अध्यक्ष प्रचण्ड भने त्यसमा सहमत हुन सकेका छैनन् । प्रचण्ड चाहन्छन्, अग्निप्रसाद सापकोटा नयाँ सभामुख बनुन् । पार्टी पंक्तिमा पनि प्रचण्डमाथि चर्काे दवाव छ ।
पूर्वएमालेको एउटा खेमा अर्थात ओली पक्ष नेम्बाङलाई सभामुख बनाउँदा सरकारलाई संसद चलाउन सहज हुने तर्क गर्छ ।
ओली पक्षको यो तर्कलाई पूर्वएमालेकै अर्काे पक्ष अर्थात माधवकुमार नेपाल पक्ष भने पर्ख र हेरको नीतिमा छ । नेम्बाङको खुुलेरै विरोध नगरेपनि नेपाल पक्षले खासै रुची भने देखाएको छैन ।
नेकपाका दुई शीर्ष नेताका आ–आफ्ना स्वार्थ बाझिएकाले त्यसको मार भने सार्वमौम संसदले भोग्नु परिरहेको छ । अधिवेशन आह्वान भएको महिना दिन वित्न लाग्दासमेत जनताका समस्याबारे संसद्मा छलफल हुन सकिरहेको छैन । यस्तो अन्योलपूर्ण अवस्थाले गर्दा संसद र संसदीय प्रणालीप्रति नै जनमानसमा निराशा थपिएको छ ।
उता , पूर्वमाओवादी पक्ष भने महरालाई फसाउने मुख्य पात्र नै नेम्बाङ भएकाले कुनै पनि हालतमा सहमति नजनाउन प्रचण्डमाथि दवाव बढाईरहेको छ । विगतको सहमति बमोजिम सभामुख पूर्वमाओवादीले नै पाउनुपर्ने तर्क उनीहरुको रहेको छ । केही समय अघि प्रचण्डले नेम्बाङको नाममा लगभग सहमति जनाइसकेका थिए ।
तर जब महरालाई फसाउने र एमसीसी प्रकरणका नाइके नै नेम्बाङ भएको आरोप लगाइयो, त्यसपछि भने प्रचण्ड हच्केका छन् । पूर्वएमालेकै नेपाल पक्षीय नेताहरुले यो रहष्य खोलिदिएकाले पनि प्रचण्डलाई नेम्बाङको नाममा सहमति गर्न असहज भएको हो । उता, अग्नि सापकोटाको नाममा ओली कुनै हालतमा सहमत हुने अवस्था नभएको स्रोतको दावी छ ।
अबको संसद् अधिवेशनमा महत्वपूर्ण निर्णय गराउनुपर्ने भएकाले ओली कुनै हालतमा पनि सापकोटालाई सभामुख बनाउन चाहँदैनन् । सापकोटा सभामुख हुने वित्तिकै ओलीलाई धेरै अड्चन आइलाग्ने देखिन्छ ।
त्यसको पहिलो प्रहार अमेरिकी मिलेनियम कर्पाेरेसनबाट सुरु हुने छ । सापकोटा सभामुख भएको अवस्थामा संसद्ले यो कार्यक्रमलाई अनुमोदन गर्ने संभावना न्यून हुने ठम्याई ओलीको रहेको छ । ओली जसरी भएपनि एमसीसी पारित गराउने पक्षमा रहेका छन् । त्यसैगरी अन्य धेरै महत्वपूर्ण काम संसदबाट गराउनुपर्ने भएकाले पनि ओलीको रुची नेम्बाङ रहेको बुझ्न सकिन्छ ।
नेकपाका दुई शीर्ष नेताका आ–आफ्ना स्वार्थ बाझिएकाले त्यसको मार भने सार्वमौम संसदले भोग्नु परिरहेको छ । अधिवेशन आह्वान भएको महिना दिन वित्न लाग्दासमेत जनताका समस्याबारे संसद्मा छलफल हुन सकिरहेको छैन । यस्तो अन्योलपूर्ण अवस्थाले गर्दा संसद् र संसदीय प्रणालीप्रति नै जनमानसमा निराशा थपिएको छ । त्यसैले सत्तारुढ नेकपाले संसद्लाई निजी स्वार्थ सिद्ध गर्ने खेलौनाका रुपमा प्रयोग नगरी आम नेपालीको हितमा उपयोग गर्न तत्कालै निकास दिने काम गर्नु बाञ्छनीय देखिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराजनीतिमा पूर्वराष्ट्रपति भण्डारीको सम्भावना कति ?
बैशाख १९, २०८१ बुधबार
सर्वोच्चको आदेशपछि बहुमतमा कन्फ्युज हुन थाले राजनीतिक दल, ५० हो कि ५१ ?
बैशाख १९, २०८१ बुधबार
लगानी सम्मेलन कि विदेशीले नपत्याएको भेला ?
बैशाख १८, २०८१ मंगलबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
नेपालबहस संवाददाता
बैशाख १९, २०८१ बुधबार
नबिल बैंक वीरगञ्ज शाखाबाट रकम चोरी गरेको आरोपमा चार जना पक्राउ
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
बैशाख २१, २०८१ शुक्रबार
आगामी साता हल्कादेखि मध्यम खालको वर्षा हुने प्रक्षेपण
बैशाख २१, २०८१ शुक्रबार
पार्टी एकता गर्ने निहुँमा रेशम र रञ्जिताले करोडौँ रकम उठाएर खाए: महतो
बैशाख २१, २०८१ शुक्रबार
सेवा अवरुद्ध नगर्न इन्टरनेट सेवा प्रदायक कम्पनीहरुलाई दूरसञ्चार प्राधिकरणको चेतावनी
बैशाख २१, २०८१ शुक्रबार
वैशाख २६ गते चन्द्रागिरि नगरपालिकामा सार्वजनिक बिदा
बैशाख २१, २०८१ शुक्रबार
सयको नोटमा डिजाइन परिवर्तन गरेर चुच्चे नक्सा राखिने
बैशाख २१, २०८१ शुक्रबार
बिहीबारको मन्त्रिपरिषदले गर्यो ६ जना सचिवको सरुवा
बैशाख २१, २०८१ शुक्रबार
चीनमा पाँच लाखभन्दा बढी अपाङ्गता भएका व्यक्ति नयाँ रोजगारीमा संलग्न
बैशाख २१, २०८१ शुक्रबार
भोलिदेखि लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध गोष्ठी आयोजना गर्ने
बैशाख २१, २०८१ शुक्रबार