कावासोतीमा छैठौं नवलपुर महोत्सब हुने
नेपालबहस संवाददाता
पुस १७, २०७६ शुक्रबार ०:४:८
मिना कंडेल
१७ पुष, नवलपुर । जिल्लाका पर्यटकीय गन्तव्यलाई पहिचान गरि नेपाल भ्रमण बर्षलाई सफल बनाउने उद्देश्यले पुर्बी नवलपरासीको कावासोतीमा छैठौं नवलपुर महोत्सब हुने भएको छ ।
आर्थिक बिकाससँगै यस क्षेत्रको समृद्धिमा टेवा पर्याउने उद्देश्यले पूर्वी नवलपरासीको कावासोतीमा माघ ९ गतेबाट १९ गतेसम्म छैठौं नवलपुर महोत्सव आयोजना हुने भएको नवलपुर उद्योग बाणिज्य संघका अध्यक्ष डाँसुराज पोखरेलले बताए । कृषि, पर्यटन, उद्योग र व्यापार, समृद्ध नेपालको मुल आधार भन्ने नाराकोसाथ नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न यो महोत्सव सफल हुने अध्यक्ष पोखरेलले बताए ।
सो महोत्सवमा स्थानीय स्तरमा भएका कृषि, पर्यटन, उद्योग व्यापार र साँस्कृतिक पहिचानलाई प्रर्बद्धन गर्ने उदेश्यका साथ महोत्सव गर्न लागिएको नवलपुर उद्योग बाणिज्य संघका महासचिब बैकुण्ठ अर्यालले बताए ।
स्थानीय तथा राष्ट्रियरुपमा उत्पादन भएका वस्तुहरुको कलात्मक प्रदर्शन गरि आयआर्जनमा जोड दिन, नवलपुरका विभिन्न क्षेत्र उत्पादित कृषि उत्पादनलाई बजारीकरण गर्नका लागि प्रर्बद्धन गर्न, नवलपुरको मौलिक लोक संस्कृति भेषभषाको प्रचारप्रसार तथा प्रर्बद्धन गर्न, नवलपुर क्षेत्रमा लगानी भित्रयाउने लगाएतका उद्देश्यहरुका साथ महोत्सवको आयोजना गरिएको नवलपुर उद्योग बाणिज्य संघका अध्यक्ष पोखरेलले बताए ।
यसै गरि नवलपुरको पहाडी क्षेत्रमा उत्पादन हुने सुन्तला, अदुवा, तरुल, अमृसो जस्ता कृषि उत्पादनको प्रचारप्रसार व्यावसायिक उत्पादनमा महोत्सवले जोड दिने बताईएको छ । महोत्सवमा व्यापारीक स्टल, उत्कृष्ट कृषक तथा कृषि सहकारी र समूहलाई सम्मान , खाना महोत्सव, नवलपुर डान्स आईडियल, राष्ट्रिय लोक तथा दोहोरी गित प्रतियोगिता, साहित्यिक कार्यक्रम, विभिन्न सांस्कृतिक कार्यक्रम, बाल उद्यान लगाएतका कार्यक्रम रहने पुर्ब अध्यक्ष ओमप्रसाद पौडेलले बताए ।
महोत्सव सफल पार्नका लागी नवलपुर उद्योग बाणिज्य संघका अध्यक्ष डाँसुराज पोखरेलको संयोजकत्वमा मूल समिति र अन्य १८ वटा उप समिति समेत गठन भैसकेको संघका महासचिव बैकुण्ठ अर्यालले जानकारी दिए ।
महोत्सवमा दुई सय ५० वटा व्यापारीक स्टलका साथै कृषि, शैक्षिक, सुचना र सामाजिक क्षेत्रका २५ वटा गरी दुई सय ७५ वटा स्टल रहने जनाईएको छ । आयोजकले महोत्सवबाट एक करोड १० लाख रुपैंया आम्दानी गर्ने अपेक्षा गरेको छ भने करीव ९५ लाख ५० हजार रुपैंया खर्च हुने अनुमान समेत गरेको छ । महोत्सबमा पाँच करोडको कारोबार हुने आयोजकले जनाएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’
जेठ ३, २०८१ बिहिबार
च्याङ्ग्रा पस्मिना निर्यातसम्बन्धी निर्देशिका सार्वजनिक
जेठ २, २०८१ बुधबार
नेपालमा लगानी गर्न पोल्याण्डलाई चेम्बर अफ कमर्सको आग्रह
जेठ १, २०८१ मंगलबार
सिद्धार्थ बैंकको प्रमुख आम्दानी नै घट्यो, वितरण योग्य मुनाफा २७ करोड माइनसमा
जेठ ३, २०८१ बिहिबार
केपी ओलीले मदन भण्डारीका ‘हत्यारा’ लुकाएकै हुन् ?
जेठ ३, २०८१ बिहिबार
सहकारी ठग्नेलाई कारवाही गर्न ओली किन अनिच्छुक ?
जेठ ३, २०८१ बिहिबार
प्रतिनिधिसभाको बैठक आज बस्दै
जेठ ४, २०८१ शुक्रबार
कांग्रेस संसदीय दलको बैठक बस्दै, सदनमा प्रस्तुत हुन रणनीति बनाइने
जेठ ४, २०८१ शुक्रबार
आगामी दुई दिन अत्यधिक गर्मी बढ्ने, तराईमा तातो हावा चल्ने
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ४, २०८१ शुक्रबार
यी ठाउँमा हावाहुरीसहित हल्का वर्षाको सम्भावना
जेठ ४, २०८१ शुक्रबार
भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा तीन दिन बन्द हुने
जेठ ३, २०८१ बिहिबार