नमूना स्वास्थ्य केन्द्र नै चिकित्सकविहीन : कतिदिन शव कुर्ने हो ?
नेपालबहस संवाददाता
पुस २०, २०७६ आइतबार १५:११:६
गङ्गराज पण्डित / रासस
२० पुस बाजुरा । पूर्वीउत्तरी क्षेत्रको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र चिकित्सकविहीन बनेको छ । स्वास्थ्य सस्थामा कार्यरत चिकित्सक गणेश चौधरी समायोजन भइ अन्यत्र गएपछि स्वास्थ्य केन्द्र चारमहिनादेख्रि चिकित्सकविहीन बनेको हो ।अहिले स्थानीयवासीले ठूलो सास्ती खेप्नुपरेको छ ।
हिमाली गाउँपालिका–७ बाधुको कालापडा भिरबाट सडक दुर्घटना हुँदा मृत्यु भएकाको शव स्वास्थ्य केन्द्रमा राखिएको चार दिन भएको छ । चिकित्सकको पर्खाइमा आफन्तजन रहेका छन् । शव परीक्षण हुन सकेको छैन । कालापडा भिरबाट कर्णाली नदीमा बिहीबार जिप खस्दा चार जनाको अकालमा मृत्यु भएको थियो ।
स्वास्थ्य केन्द्रमा आफन्त चार दिनदेखि शव कुरिरहेका छन् । शव सडिने अवस्था पुगिसकेका छन् । नागरिक अगुवा जनेश भण्डारीलले भने “कोल्टीमा चिकित्सक भएको भए बिहीबार नै शव परीक्षण गरेर आफन्तले काजकिरीया शुरु गरिसक्थे । आजसम्म शव कुरिरहनु पर्दैनथ्यो । ”
चिकित्सक नहुँदा बाजुराका उत्तरी क्षेत्रका चार स्थानीय तह र छिमेकी जिल्ला हुम्ला, कालिकोट र मुगुका जनतालाई सास्ती भएको छ । स्वास्थ्य सस्थामा दैनिक ८० बिरामी उपचारमा आउने गरेका छन् । चिकित्सक नभएकै कारण नेपालगञ्ज, मार्तडी सिफारिश गर्नुपरेको प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीले जनाएको छ ।
नमूना स्वास्थ्यचौकीका रूपमा प्राथमिक स्वास्थ्य केन्द्र रहेको छ । बूढीनन्दा नगरपालिका–१ का बडा अध्यक्ष नृपराज खत्रीले नमूना स्वास्थ्य केन्द्रमा चिकित्सक नहुँदा उपचारका लागि महङ्गो हवाईभाडा तिरेर नेपालगञ्ज जानुपर्ने बिडम्बना रहेको बताउछन् । वर्षात्ले मार्तडी कोल्टी अवरुद्ध हुँदा समदरमुकाम मार्तडीलगायत अन्य ठाउँमा लैजान पनि समस्या भएको छ । बाजुराको हुम्ला, मुगु र कालिकोटका ५० हजार जनसङ्ख्यालाई स्वास्थ्य केन्द्रले सेवा दिँदै आएको छ ।
यता जिल्ला अस्पताल बाजुरामा पाँच जना चिकित्सक छन्, तर उनीहरुलाई पठाउन प्रशासन तथा अन्य निकाय कतैबाट पहल नभएपछि चिकित्सक नगएको जिल्ला अस्पताल बाजुराका प्रमुख डा रुपचन्द्र विश्वकर्माले बताए ।
जिल्ला अस्पताल बाजुराले परीक्षणका लागि डा राजु जोशीको नेतृत्वमा स्वास्थ्यकर्मीको टोली शनिबार बिहान मात्र कोल्टी क्षेत्र पठाएको छ । से १ ज १०६४ नंको जिप दुर्घटना भएर कर्णाली नदीमा खसेको थियो । जिप हिमाली गाउँपालिकाको धुलाचौरबाट कोल्टीतर्फ आउँदै गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाभ्रेका अठार हजार बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइँदै
जेठ ५, २०८१ शनिबार
जिपीमा डायलासिस सेन्टर स्थापना गर्न एक करोड सहयोग
जेठ ५, २०८१ शनिबार
चिकित्सकको आन्दोलन फिर्ता भएसँगै सेवा सञ्चालन
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा थापा निर्वाचित
जेठ ६, २०८१ आइतबार
इरानमा दुई महिलासहित सात जनालाई फाँसी
जेठ ६, २०८१ आइतबार
किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन आग्रह
जेठ ६, २०८१ आइतबार
बुटवलमा एम्बुलेन्सको ठक्करबाट महिलाको मृत्यु, दुईजना घाइते
जेठ ६, २०८१ आइतबार
विन्डवार्ड्ससँग अन्तिम खेलमा नेपाल पराजित
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको वनहरा नदीमा पक्की पुल निर्माण हुँदै
जेठ ६, २०८१ आइतबार