१३५ जना क्षमताको कारागारमा ५३२ जना कैदी !
नेपालबहस संवाददाता
पुस २०, २०७६ आइतबार २३:३८:५३
२० पुष, काठमाडौं । महोत्तरी, धनुषा र केही वर्षदेखि सर्लाही जिल्लाको समेत संयुक्त कारागारका रुपमा रहेको जलेश्वर कारागारमा अहिले क्षमताभन्दा चार गुणाभन्दा बढी कैदीबन्दी भएपछि विभिन्न समस्या उत्पन्न भएको छ ।
जलेश्वर कारागारका का.मु. जेलर मकसुदन महासेठका अनुसार जलेश्वर कारागारको कैदीबन्दी राख्ने क्षमता मात्रै १३५ जना रहेकामा जलेश्वर कारागारमा अहिले ४८५ पुरुष, ४३ महिला र चार आश्रित बालबालिका गरी ५३२ जना कैदीबन्दी पुगेकाले कारागारमा समस्या उत्पन्न भएको हो । उनका अनुसार कारागारमा क्षमताभन्दा बढी कैदीबन्दीलाई सुत्न, बस्न, खाना पकाउन, खान, हिँड्डुल गर्न, शौचालय जान, नुहाउन तथा खानेपानीका साथै विभिन्न रोगको सङ्क्रमण जस्ता समस्याहरु उत्पन्न भएको छ ।
कारागारका चौकीदार (मुख्य कैदी) रमेश सिंहका अनुसार अहिले कैदीबन्दीलाई ठाउँको अभावमा सुत्नका लागि प्रतिव्यक्ति मात्रै १४ इन्च जग्गा दिइने गरिएको र त्यतिले पनि नअटाएपछि कोठाहरुमा आवतजावत गर्ने बाटोमा समेत पालैपालो सुताउने गरेको र त्यसले पनि नअटाएपछि अहिले छतमाथि पाल टाँगेर पनि कैदीबन्दीलाई राख्नुपरेको बताए ।
क्षमताभन्दा बढी चापकै कारण कैदीबन्दीलाई र अन्य सबैथोक अभावमै चलाउनु परेको उनले बताए । मूल नाइकेका रुपमा त्यस कारागारमा कर्तव्य ज्यान मुद्दामा रहेका कैदी चन्द्रदीप यादवले अत्यधिक चापका कारण कैदीबन्दीले अहिले खाना पकाउन, खान, सुत्न, शौचालय र नुहाउनका लागि पालैपालो समय पाउने गरेको बताए ।
सोही कारागारमा कर्तव्य ज्यान मुद्दाकै विनोद पञ्जियारले खानेपानीका लागि कल र धारामा पालैपालो समय पाउने गरेको बाहिर बस्न, हिँड्डुल गर्न पनि कैदीबन्दीलाई पालैपालो समय दिने गरिएको बताउछन् । त्यहाँका कैदीबन्दी अहिले धनुषा, महोत्तरी, सर्लाहीका साथै विभिन्न अदालत, जिल्ला प्रशासन र न्यायिक निकायका आदेशानुसार कैदीबन्दीको चाप अत्यधिक भएको र बढ्ने क्रम अझै जारी रहेको कारण कारागारभित्र खान, बस्न, सुत्न, खानेपानी, शौचालयको समस्याका साथै विभिन्न रोगको पनि सङ्क्रमण देखिएको बताउँछन् ।
उनीहरुका अनुसार तराईको चिसो स्याँठ र कठ्याङ्ग्रिँदो जाडोका बीच कारागारमा कैदीबन्दीको अत्यधिक चापकै कारण दिनहुँ कैदीबन्दी बिरामी भएर जिल्लाका विभिन्न अस्पतालमा उपचारका लागिसमेत जाने गरेका छन् । दिनानुदिन बढ्दै गरेको कैदीबन्दीको चापलाई नियन्त्रण गर्न यस कारागारबाट केही कैदीबन्दीलाई अन्य कारागारमा सरुवा गरिदिन र यस कारागारमा अब थप कैदीबन्दी नपठाइदिन सम्बन्धित निकायलाई पत्राचार गरेको कारागार कार्यालयका का.मु.जेलर महासेठले जनाएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतसँगका पर्साका सीमानाका आजदेखि बन्द
जेठ १०, २०८१ बिहिबार
कडा सुरक्षाबीच सिरोहियालाई धनुषा अदालत पुर्याइयो
जेठ ९, २०८१ बुधबार
सामाजिक सञ्जालकर्ताको विद्रूप र कैलाश सिरोहिया प्रकरण
जेठ ९, २०८१ बुधबार
विश्वकप खेल्न आवेदन दिएका सन्दीपलाई अमेरिकाले दिएन भिसा
जेठ ९, २०८१ बुधबार
सुत्केरीले पाउने यातायात खर्च पनि प्रतिष्ठानद्वारा कटौती
जेठ १०, २०८१ बिहिबार
कालीगण्डकी करिडोर : बलेवा–हर्मिचौर खण्डमा ५० प्रतिशत प्रगति
जेठ १०, २०८१ बिहिबार
कलापरिषद्मा ‘देवीदेवता र तिनका बासस्थल’
जेठ १०, २०८१ बिहिबार
प्रधानमन्त्रीमा प्रचण्ड रहिरहे भने देशमा अनिष्ट हुन्छ: यादव
जेठ १०, २०८१ बिहिबार
चण्डेश्वरी जात्रामा रैथाने खाना महोत्सव
जेठ १०, २०८१ बिहिबार
गण्डकीमा बहुवर्षीय आयोजनाका लागि १३ अर्बको स्रोत सुनिश्चित
जेठ १०, २०८१ बिहिबार