चिसोले ज्वरो, रुघाखोकी र निमोनियाका बिरामी बढे
नेपालबहस संवाददाता
पुस २२, २०७६ मंगलबार १५:२४:१२
२२ पुस डोटी । हिमपातसँगै बढेको चिसोले सताएपछि स्थानीवासी बिरामी पर्न थालेका छन् । यहाँका सरकारी तथा निजी अस्पतालमा अहिले बिरामीको चाप बढेको छ ।
जिल्ला अस्पताल डोटीमा मात्रै चिसोका कारण रुघाखोकी, निमोनियालगायतका ज्वरोका ४० बिरामी भर्ना भएको जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा ज्योति पाण्डेले जानकारी दिए ।
उनले भने, “चिसोले बालबालिका र ज्येष्ठ नगरिकमा बढी समस्या देखिएको छ, बिरामीको चाप बढेको छ ।” जिल्लाको दिपायल सिलगढी नगरपालिका–४ पिपल्लामा रहेको शैलेश्वरी अस्पतालमा दैनिक ३० देखि ४० बिरामी उपचारका लागि आउने गरेका छन् ।
चिसोका कारण बिरामीको चाप बढेपछि उपचारमा समस्या भइरहेको अस्पतालका निर्देशक तथा चिकित्सक आइजङ्ग कुँवरले बताए । उनले भने, “अस्पतालमा चिसोका कारण बिरामीको सङ्ख्या बढेको छ, उपचारमा समस्या भइरहेको छ ।” यस्तै यहाँका ग्रामीण क्षेत्रमा भएका स्वास्थ्यचौकीमा समेत बिरामीको चाप बढेको जोरायल गाउँपालिका स्वास्थ्य एकाइ प्रमुख गोविन्द विष्टले जानकारी दिए। उनका अनुसार अहिले यहाँका स्वास्थ्यचौकीमा दैनिक १० देखि २० सम्म उपचारमा बिरामी आउने गरेका छन् ।
स्वास्थ्यचौकीमा निमोनिया, रुघाखोकीका बिरामीले भरिएको केआइसिंह गाउँपालिका–५ रानागाउँ स्वास्थ्यचौकीका अहेव रमेश जोशीले जानकारी दिए। उनले भने, “चिसोका कारण बिरामी थपिने क्रम बढेको छ ।”
जिल्ला आयुर्वेद अस्पताल दिपायलमा चिसो बढेसँगै बाथरोगका बिरामीको सङ्ख्या बढ्न थालेको छ । अहिले दैनिक ४० देखि ५० को सङ्ख्यामा बाथरोगी उपचारका लागि आउने गरेको अस्पतालका वैद्य खड्क बमले जानकारी दिए । चिसो मौसम भएकाले तातो झोलिलो खानेकुरा खान चिकित्सकले सल्लाह दिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपाठेघर तथा आङ खस्ने समस्या समुदायमा पुगेर खोजी गरिने
बैशाख २३, २०८१ आइतबार
मापदण्ड विपरीतका स्वास्थ्य संस्थामाथि मन्त्रालयले कारबाही गर्ने
बैशाख २१, २०८१ शुक्रबार
चिकित्सक अभावले हेटौँडा अस्पतालमा थन्किए उपकरण
बैशाख १२, २०८१ बुधबार
जसपापछि नेकपा एसलाई फूटाउने कोसिस
बैशाख २३, २०८१ आइतबार
जंगलमा आगो लगाउने व्यक्ति पक्राउ
बैशाख २३, २०८१ आइतबार
पाँचथरमा चोरले निल्यो एक तोला सुन, ३६ घण्टापछि दिसाबाट निकालियो !
बैशाख २४, २०८१ सोमबार
टोटनह्याममाथि लिभरपुल ४-२ ले विजयी
बैशाख २४, २०८१ सोमबार
भूकम्पले क्षति पुर्याएको गोरखाको अर्लाङ्दी मन्दिर जीर्णोद्धार
बैशाख २४, २०८१ सोमबार
आज बागमती प्रदेशमा सार्वजनिक विदा
बैशाख २४, २०८१ सोमबार
अशोक राईसँगको 'ब्रेकअप'ले राजनीतिक यात्राको कमजोर घुम्तीमा उपेन्द्र !
बैशाख २४, २०८१ सोमबार
जापानी विदेशमन्त्री योको स्वदेश फिर्ता
बैशाख २४, २०८१ सोमबार