आवास जिर्णाेद्धारमा भूकम्पपीडितको आनाकानी, पुर्ननिर्माण प्राधिकरण रामेछापसँग लाभग्राहीको विवरण नै छैन
नेपालबहस संवाददाता
माघ ९, २०७६ बिहिबार २१:४२:५५
९ माघ, रामेछाप । मन्थली नगरपालिका वडा नं. १३ फुलासीकी देवकी कटुवालको घर २०७२ साल बैशाख १२, १३ र २९ गते गएको भूकम्पले ढलेन तर बस्न नहुनेगरी तहसनहस भएर चर्कियो । पराकम्पनको भौतिक महशुस नभए पनि कटुवालको मनमा भने घरको क्षतविक्षत हालत देख्दा अmझै पनि पराकम्प आउने गर्दछ ।
भूकम्पपछि समाजमा चलेको ३ लाखे हल्ला र छिमेकीले पाएको कारण उनलाई पनि आफ्नो घर निर्माणको लागि सरकारले ३ लाख दिन्छ होला भन्नेमा विश्वास थियो । भूकम्प गएको पनि लगभग ५ वर्ष हुन लाग्दा समेत घर निर्माणको लिष्टमा उनको नाम अटाएन । सँधै नैराश्यताका बीच उनको प्रतीक्षाका आँखा टोलाईरहे । छिमेकीले सरकारको अनुदान पाएर घर बनाइरहँदा ऋणधन गरेर एउटा भूकम्प प्रतिरोधी घर उनले पनि बनाइन् र बासोबास गरेकी छिन् । कटुवालको घर अहिले सरकारको अनुदान रकम एक लाख पाउने जिर्णाेद्धारको सूचीमा समावेश भएको छ । त्यो १ लाख रुपैयाँले कस्तो जिर्णोद्वार हुने हो भन्नेमा उनी अलमल्लमा छिन् ।
सरकारले भूकम्पपीडितहरुलाई आवास जिर्णोद्धार (रेक्ट्रोफिटिङ्ग) गर्नका लागि १ लाख उपलब्ध गराउने भन्दै पहिचान भएका पीडितहरुका लागि सम्झौता गराएर बैंकमा पैसा पठाएको छ । यता पुर्ननिर्माण प्राधिकरण आवासतर्फको तथ्याङ्कमा भने रामेछाप जिल्लामा १ लाख लिएर घरको मर्मत गर्छु भनेर कुनै लाभग्राहीले पनि सहमती जनाएको अवस्था छैन ।
पुर्ननिर्माण प्राधिकरण आवासतर्फका इन्जिनियर निकेश महर्जनका अनुसार हालसम्म कुनै लाभग्राहीहरुले पनि आफ्नो घरको जिर्णाेद्धारका लागि सहमति नजनाएको बताएका छन् । महर्जन भन्छन्, ‘सरकारले आवास रेक्ट्रोफिटिङ्गका लागि उपलब्ध गराएको एक लाखले घरको छानो झिक्न समेत नपुग्ने अवस्था छ । भूकम्पले थङ्थिलो भएको घरलाई एक लाख माथि कम्तिमा एक लाख अर्को थपेर मर्मत नै गरेर बस्न को तयार होला र ?’
महर्जनले भनेजस्तै जिर्णाेद्धारका लागि लिस्टिङ्ग भएका लाभग्राहीहरु एक त उपलब्ध रकमले रेक्ट्रोफिटङको लागि पर्याप्त नहुने, अर्कोतिर रेक्ट्रोफिटिङ्ग कसरी गर्ने भन्नेमा अन्यौलमा परेका छन् । पुर्ननिर्माण प्राधिकरणले घर जिर्णाेद्धारका लागि कुनैपनि आधिकारिक अनुसूची उपलब्ध नगराएका कारण के गर्ने, र कसो गर्ने भन्नेमा नै अलमल देखिएका छन् ।
‘रेक्ट्रोफिटिङ्ग कार्यका लागि सरकारले उपलब्ध गराएको एक लाख रुपैयाँले पुग्दैन भने अर्कोतर्फ कस्तो तरिकाले रेक्ट्रोफिट गर्ने भन्ने विषयमा नै आफ्ना वडाबासी अन्यौलमा रहेका छन् ।’ मन्थली नगरपालिका वडा नं. ९ का वडाध्यक्ष बुद्धिबहादुर पुलामीले गुनासो गरे ।
यतिसम्म कि यो समाचार तयार पार्दासम्म भूकम्प पुर्ननिर्माण प्राधिकरण आवासतर्पm रामेछापसँग रेक्ट्रोफिटिङ्गका लागि सुचीकृत भएका लाभग्राहीहरुको विवरणसमेत पूर्ण रुपमा उपलब्ध छैन । यस सम्बन्धमा इन्जिनियर महर्जन भन्छन्, ‘सबै क्षेत्रको डाटा हामीलाई प्राप्त हुन नसकेर नै टाउको दुखाइको विषय बनेको छ ।’
एक लाखको फण्डा बाहिर आइरहँदा धेरै पीडितहरु ‘हात्ती आयो हात्ती आयो फुस्सा’ जस्तो अवस्थामा गुज्रिएका छन् ।लाभग्राहीहरुको चाहाना आफ्नो आवासको जिर्णोद्धारतर्फ किन गएन भन्ने जिज्ञासामा इन्जिनियर महर्जन् भन्छन्, ‘हाम्रो यो कामको लागि स्थानीय जनप्रतिनिधिहरुको नै सहयोग प्राप्त हुन सकेन । छिमेकमै एकजनाले ३ लाख पाएर नयाँ घर बनाउँदै गर्दा आफूले आफ्नो घरलाई एक लाखमा मर्मत गराउनु पर्दा लाभग्राहीको मन नमानेको अवस्था हो । झन स्थानीय जनप्रतिनिधिहरुले म जसरी भए पनि ३ लाख नै उपलब्ध गराउँछु, एक लाख लिन नजानू भन्ने खालको आशय र आश्वासन बाँड्नाले पनि यो समस्या परेको हो भन्ने लाग्छ ।’
महर्जनको यो मनाइलाई सुक्ष्म रुपमा नियाल्ने हो भने पनि गलत चाहिँ होइन । आफ्नो पहुँच र भोट सुरक्षाका लागि जनप्रतिनिधिहरु नै कार्यका लागि बाधक भए कि भनेर जो कोही पनि सहज अनुमान लगाउन सक्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’
जेठ ३, २०८१ बिहिबार
च्याङ्ग्रा पस्मिना निर्यातसम्बन्धी निर्देशिका सार्वजनिक
जेठ २, २०८१ बुधबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द
जेठ ६, २०८१ आइतबार
संघीय संसदका दुवै सदनको बैठक बस्दै
जेठ ६, २०८१ आइतबार
राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्तिले आजदेखि आन्दोलन गर्दै
जेठ ६, २०८१ आइतबार
देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै
जेठ ६, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
ठमेलमा खाना तथा हस्तकला मेला
जेठ ५, २०८१ शनिबार