प्याकुरेललाई नैतिक संकट, राष्ट्रपतिको सल्लाहकारबाट गरे राजीनामा
नेपालबहस संवाददाता
माघ १०, २०७६ शुक्रबार २१:४३:४६
१० माघ, काठमाडौं । सभामुख पदमा अग्निप्रसाद सापकोटा चुनिने लगभग निश्चित भएपछि उनी विरुद्ध सर्वाेच्चमा कर्तव्य ज्यान सम्बन्धी उजुरी गर्ने अधिकारकर्मी सुशील प्याकुरेललाई एक साता ठूलै संकट प¥यो ।
आफू सम्वद्ध दल नेकपाले सापकोटालाई सभामुखको उमेदवार बनाएपछि प्याकुरेलले नैतिकताको प्रश्नमा धेरै घोत्लिनु प¥यो । अन्ततः आज शुक्रबार उनले राष्ट्रपति विद्यादेवी भण्डारीको विज्ञ सल्लाहकार पदबाट राजीनामा गरे ।
०७४ चैतमा विज्ञ सल्लाहकारका रुपमा नियुक्त प्याकुरेल राष्ट्रिय मानव अधिकार आयोगका सदस्य रहिसकेका छन् । उनले काभ्रेका अर्जुन लामाको अपहरण गरी हत्या गर्ने मुख्य अभियुक्तका रुपमा सापकोटा रहेको भन्दै सर्वाेच्च अदालतमा मुद्धा दायर गरेका थिए ।
अहिले तिनै सापकोटालाई नेकपाले सभामुखको उमेदवार बनाएको छ । साथै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले समेत सापकोटालाई चुनौती दिएन । जसले गर्दा सापकोटा सभामुख चयन हुनेमा कुनै शंका रहेन ।
पर्सि माघ १२ गते सभामुखको औपचारिक घोषणा हुने छ । यही मुद्धाले गर्दा प्याकुरेललाई नैतिक संकट परेको थियो । उनले आजैबाट विज्ञ सल्लाहकार पदबाट राजीनामा गरेपनि स्वीकृत भने भइसकेको छैन । राजीनामा पत्रमा प्याकुरेलले कानूनी सर्वाच्चताको सम्मानका लागि आफूले राजीनामा गरेको प्रसंग उल्लेख गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउमेर नपुग्दै गर्भपतनले स्वास्थ्य समस्या बढ्दै
जेठ ५, २०८१ शनिबार
ढाका बुनेर आत्मनिर्भर बन्दै तनहुँका उद्यमी
जेठ ५, २०८१ शनिबार
पिस कोर स्वयंसेवकको पहिलो समूहले लियाे शपथग्रहण
जेठ ५, २०८१ शनिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै
जेठ ५, २०८१ शनिबार
उमेर नपुग्दै गर्भपतनले स्वास्थ्य समस्या बढ्दै
जेठ ५, २०८१ शनिबार
सहकारी प्रकरणसम्बन्धी छानबिन समिति बनाउने सहमति, मोडालिटीबारे छलफल बाँकी
जेठ ५, २०८१ शनिबार
फोर्ब्सद्वारा प्रकाशित सु ब्रिजम्यानको ‘द सीक्यू एज’ नेपालमा सार्वजनिक
जेठ ५, २०८१ शनिबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार