बैंक तथा वित्तीय संस्था गाभ्न अर्थमन्त्री खतिवडको जोडबल
नेपालबहस संवाददाता
माघ १०, २०७६ शनिबार ०:४८:३३
१० माघ, काठमाडौं । बैंक तथा वित्तीय संस्थालाई एकापसमा गाभिन दबाव दिँदै आएको नेपाल राष्ट्र बैंक, अर्थ मन्त्रालयले पुनः एकपटक त्यतातिर ध्यान केन्द्रित गर्ने तरखरमा रहेको सङ्केत गरेको छ ।
सरकारका एक वरिष्ठ मन्त्रीले नै आज बैंक तथा वित्तीय संस्थालाई एकापसमा गाभिन, मर्जर तथा प्राप्ति गर्ने प्रक्रिया अगाडि बढाउन सुझाएका छन् । वित्तीय स्थायित्व तथा सबलीकरणका लागिसमेत बलिया संस्था बन्नुपर्ने उनको भनाइ थियो ।
अर्थमन्त्री डा. युवराज खतिवडाले घराना मिल्ने तथा एकै प्रकृतिका कारोवार गर्ने बैंक तथा वित्तीय संस्थालाई एकापसमा गाभिन पुनः सुझाव दिए । बैंक तथा वित्तीय संस्थाको सङ्ख्या कम गर्दै गुणात्मक सेवा विस्तार गर्नु जरुरी रहेको भन्दै उनले सबल र समृद्ध बैंकिङका लागि एकापसमा मिल्न भनेका छन् । सरकारको जोडबलमा नै ग्लोबल आइएमई बैंक र जनता बैंक एकापसमा गाभिएर संयुक्त कारोवारसमेत शुरु गरिसके संकेत गर्दै अन्य केही बैंक तथा वित्तीय संस्थासमेत गाभिने प्रक्रियामा रहेको उनले बताएका छन्।
सरकारले बैंक तथा वित्तीय संस्थाको सङ्ख्या घटाउन प्रेरित गरिरहेको भन्दै उनले सरकारको आग्रहलाई स्वीकार गरेको खण्डमा थप सहुलियतसमेत दिलाउने नत्र भने त्यस्ता संस्थामाथि कडा कदाम चाल्ने तर्फ उनको भनाइ रहेको थियो । राष्ट्रिय वाणिज्य बैंकको ५५ औँ वार्षिकोत्सवको अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, “घराना मिल्ने र एकै प्रकृतिका कारोवार गर्ने बैंक तथा वित्तीय संस्था एकापसमा गाभिनुपर्छ, त्यसतर्फ नगई सुखै छैन ।” २७ वटै वाणिज्य बैंक चाहिन्छ भन्ने नरहेको उल्लेख गर्दै उनले नेपाल राष्ट्र बैंकले पनि संस्था एकापसमा गाभिन प्रोत्साहित गरिरहेको कुरा सो अवसरमा उल्लेख गरे ।
उनले गुणस्तरीय बैंकिङमा ध्यान दिन, सेवाको क्षेत्र विस्तार गर्नसमेत सरकारी लगानी भएकाले वाणिज्य बैंक अझै अब्बल हुनुपर्नेमा जोड दिए। अर्थमन्त्रीले उनले दीर्घकालीन प्रकृतिका कर्जामा ब्याजदर करिडोर बनाउनुपर्ने आवश्यकता औँल्याए । उनले भने, “कर्जाको आकार होइन, अब कर्जाको गुणस्तर वृद्धिमा लाग्नुपर्छ । आकार मात्रै वृद्धि गरेर हुँदैन कर्जाले उत्पादकत्व पनि बढाउनुपर्छ । त्यसमा भूमिका खेल्नुस् ।”
वाणिज्य बैंकको आइपिओ आउन सक्छ
कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको साधारण शेयरको प्राथमिक निष्काशन हुनसक्ने बताए । उनले साधारण शेयर बिक्री हुन सक्नेतर्फ सङ्केत गरे पनि त्यससम्बन्धी प्रक्रियाका बारे थप केही बोलेनन् ।
अर्थमन्त्रीले भने, “पूँजीका हिसाबले साधारण शेयर बिक्री गर्नुपर्ने अवस्था भने छैन तर कम्पनी ऐनअनुसार सबैलाई समान व्यवहार गर्नुपर्ने भएकाले वाणिज्य बैंक पनि त्यसमा आउनै पर्छ ।” उनले अन्य बैंक तथा वित्तीय संस्थालाई झै राष्ट्रिय वाणिज्य बैंकलाई पनि कम्पनी कानून र बैंक तथा वित्तीय संस्था ऐनमा भएको व्यवस्था लाग्ने स्पष्ट पारे ।
उनले भने, “बैंकको शेयर स्वामित्व संरचना कस्तो हुन्छ भनेर हामी छलफलमा नै छौँ । कानूनको सबैले पालना गर्नुपर्छ । त्यसो हुँदा सर्वसाधारणमा साधारण शेयर बिक्री गर्नुपर्छ ।” उनले सामाजिक सुरक्षा कोषमा दोहोरो कर नलाग्ने गरी नीतिगत व्यवस्था गरिन लागेको जानकारी दिए । अर्थमन्त्रीले बैंक तथा वित्तीय संस्थालाई आफ्नो निक्षेपकर्ताको चित्त दुखाउने गरी काम नगर्नसमेत आग्रह गरे ।
नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणि शिवाकोटीले सरकारी स्वामित्वको बैंक भएकाले पनि राष्ट्रिय वाणिज्य बैंकको भूमिका थप सबल हुनुपर्ने बताए । उनले बैंकलाई अझ थप सबल, सक्षम बनाएर लैजानुपर्ने तथा नीतिगतरुपमा स्पष्टता तथा प्रविधिको प्रयोगमा पनि उल्लेख्य सुधार गरेर जानुपर्नेमा जोड दिए ।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकको नाफा बढेर रु पाँच अर्ब चार करोड ६५ पुगेको जानकारी दिए । बैंकले रु एक खर्ब ४६ अर्ब ऋण प्रवाह गरेको छ । यस्तै बैंकले निक्षेपतर्फ रु एक खर्ब ९० अर्ब सङ्कलन गरेको छ ।
यसैगरी बैंकको खुद ब्याज आम्दानी रु ९९ करोड हुँदा शाखा सङ्ख्या २३८ रहेका छन् । यस्तै २०५ एटिएम रहेको बैंकले ३२ लाख ग्राहकलाई सेवा पु¥याएको छ । त्यस्तै ९५४ वटा सहुलियत कर्जा स्वीकृत गरी रु ७८ करोड ७८ लाख ८० हजार ऋण प्रवाह गरेको छ । त्यसमा महिलालाई मात्रै रु ५८ करोड तथा दलित समुदायलाई पनि रोजगारी अभिवृद्धिका लागि ऋण दिइएको प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बताए ।
लघुवित्तको गलत काम रोक्नुहोस्ः गभर्नर नेपाल
नेपाल राष्ट्र बैंका गर्भनर डा. चिरन्जीवी नेपालले आवश्यक प्रक्रिया मिचेर लघुवित्तबाट गलत काम भइरहेको बताएका छन् ।
नेपाल राष्ट्र बैंकको प्रवद्र्धनमा मिडिया इन्टरनेशनलद्वारा पाल्पामा आयोजित ‘वित्तीय जागरणः राष्ट्रिय अभियान’को उद्घाटन गर्दै उनले भने, “एउटै व्यक्तिलाई दश वटासम्म लुघवित्तले कर्जा प्रवाह गरी गलत काम भइरहेकाले यस्ता प्रकारका गल्तीलाई रोक्नुपर्छ ।”
गर्भनर नेपालले सानो गल्तीका कारण व्यक्ति, परिवार र समाजलाई बेफाइदा भइरहेकाले आर्थिक कारोवार गर्दा खेलबाड गर्न नहुने बताउँदै पैसालाई सहीरुपमा उपभोग गर्न सकेको अवस्थामा मानिस जीवनमा सफल हुने विश्वास व्यक्त गरे ।
“संसारमा धेरै व्यक्ति सानातिना व्यवसायबाट अहिले अर्बपति भएका छन्”, उनले भने, “गरिबको कोखमा जन्मेकोमा पछुतो मान्नु हुँदैन्, व्यवसाय गरेर सफल व्यक्ति बन्न सक्नुपर्छ ।”
नेपाल राष्ट्र बैंक भैरहवाका प्रमुख राजेन्द्र भट्टराईले सानापूँजीका बैंक एकीकरण गर्ने अभियान जारी रहेको बताए । जनउत्थान सामुदायिक लघुत्तिका अध्यक्ष बाबुराम विश्वकर्मा र साइन रेसुङ्गाका डिसी प्रकाश गुरुङले बैंक तथा वित्तीय संस्थाबाट स–साना कर्जा पाएका मानिसले व्यावसायिक रुपमा सफलता हासिल गरेको बताए ।
पाल्पा उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजु महर्जनले सरकारले सस्तो र सुलभरुपमा कर्जा प्रदान गर्ने भनिए पनि सहजरुपमा कर्जा पाउन नसकेको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविनिमय दर: डलर स्थिर रहँदा युराे र पाउण्ड घट्याे
बैशाख २०, २०८१ बिहिबार
विदेशी मुद्राको विनिमय दर : आज कतिमा हुँदैछ कारोबार ?
बैशाख १७, २०८१ सोमबार
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
बैशाख १३, २०८१ बिहिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
शनिबार शनिदेवको प्रिय दिन, आज शनि महाराजले कसलाई लाभ-हानी दिन्छन् ?
जेठ ५, २०८१ शनिबार
ठमेलमा खाना तथा हस्तकला मेला
जेठ ५, २०८१ शनिबार
स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
चोरीमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै
जेठ ५, २०८१ शनिबार
उमेर नपुग्दै गर्भपतनले स्वास्थ्य समस्या बढ्दै
जेठ ५, २०८१ शनिबार